सार्वजनिक हुँदै पल्सर-220F, यस्ता छन् विशेषता



हाम्रो इकोनोमि

 

बजाजले आफ्नो सर्वाधिक बिक्री हुनेमध्येको एक मोडल ‘पल्सर–२२० एफ’को २०१९ संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले नयाँ इन्जिनकासाथ ल्याउन लागेको पल्सर–२०० एफमा नयाँ ग्राफिक्सकासाथमा इन्जिनलाई वेली–कभर दिएको छ ।

यू–टुबमार्फत् सार्वजनिक भएको भिडियोमा नयाँ पल्सरमा एबीएस सिस्टम दिइएको नदेखिए पनि सुरक्षा मापदन्डलाई मध्यनजर गर्दै सिङ्गल च्यानल एबीएस दिइने अनुमान गरिएको छ ।

कम्पनीले २०१९ को पहिलो महिनामा नै नयाँ बाइक सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

२२० सीसी सिङ्गल सिलिन्डर इन्जिनमा आउने नयाँ बाइकको इन्जिन कार्बोरेटर सिस्टमसहित आउनेछ ।

यसले २१ बीएचपी पावर र १९ एनएम–टर्क उत्पादन गर्ने क्षमता राख्छ ।

अघिल्लो चक्कामा २६० एमएमको डिस–ब्रेक र पछाडिको चक्कामा २३० एमएम डिस–ब्रेक दिने बाइकमा १७ इन्चको ह्वील दिइनेछ ।

साथै, नयाँ मोडलको ह्वील–ब्ल्याक ग्राफिक्सकासाथ आउनेछ, जसले बाइकलाई निकै स्पोर्टी बनाउनेछ ।

१५ लिटर क्षमताको इन्धन ट्याङ्की दिइने उक्त बाइक ३.२ लिटर पेट्रोल बाँकी रहँदा रिजर्भमा लाग्नेछ ।

उक्त बाइकले ३८ किलोमिटर माइलेज दिने अनुमान गरिएको छ ।

नयाँ पल्सर–२२० एफको टप–स्पीड क्षमता १३४ किलोमिटर प्रतिघन्टा रहेको छ भने बाइकले ०–६० किलोमिटरको स्पीड भेट्टाउनमात्र ३.६ सेकेन्ड लगाउनेछ ।

यसलाई कम्पनीले फोर–कलर भेरियन्टमा बजारमा सार्वजनिक गर्नेछ, जसमा लेजर–ब्ल्याक, डिनो–रेड, क्रोम–ब्ल्याक र न्यूक्लियर–ब्ल्यू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...

तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...

मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

    तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह...