मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएकी बहिनीको मलामी हिँडेका दाजुको बाटैमा मृत्यु



हाम्रो इकोनोमि

 

दमौली : शुक्लागण्डकी महोत्सव हेरेर फर्कंदै गरेकी ऋषिङ ७ दधिवनकी युवतीको मोटरसाईकलबाट खसेर म्याग्देको निर्मलबस्तीमा ज्यान गयो।

बहिनीको मृत्यु भएपछि मलामीका लागि आएका दाजुको बेहोस भएर ज्यान गएको छ।

ऋषिङ ७ कै ४४ वर्षका भक्तबहादुर थापा म्याग्देको निर्मलबस्ती नजिकै ग ११ प ५५०२ नम्बरको मोटरसाईकलबाट खसेर ज्यान गुमाएकी बहिनी प्रमिशा थापाको दाहसंस्कारको तयारीका लागि दमौली आएका थिए।

उनी दमौली अनशन चौतारा नजिकै आइपुगेका थिए।

जिल्ला प्रहरी कार्यालय अगाडि एक्कासी बेहोस भएर लडेका थिए।

उनलाई उपचारका लागि दमौली अस्पताल लगिएको थियो।

दमौली अस्पतालमा चिकित्सकले मृतक घोषणा गरे।

मोटरसाइकलबाट खस्दा प्रमिशाको टाउकोमा गम्भीर चोट लागेको थियो।

उनलाई उपचारका लागि दमौलीको रत्नहरि अस्पताल ल्याइएको थियो।

थप उपचारका लागि पोखराको मणिपाल अस्पताल लगेपछि उपचारका क्रममा उनको ज्यान गएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले बताए।

उता महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ।

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...

तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...

मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

    तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह...