तातोपानी सरसफाइले तातोपानीमा नुहाउनेकाे आकर्षण बढ्दाे



हाम्रो इकोनोमि

 

तातोपानी नुहाउने क्रममा मानिसबाट निस्किएको तथा अन्य फोहर सङ्कलन गर्ने कार्य शनिबार टिमुरेमा सम्पन्न भएको छ ।

गोसाइँकुण्ड गाउँपालिकाका–२ टिमुरेका वडाध्यक्ष दावा दिण्डुप तामाङको पहलमा टिमुरे क्षेत्रको प्राकृतिक तातोपानी क्षेत्रमा सरसफाइ गर्ने काम तेस्रो पटक सम्पन्न गरिएको हो ।

समय–समयमा भएको सरसफाइले तातोपानीको आकर्षण बढेको त्यहाँ नुहाउन गएका व्यक्तिहरुले बताएका छन् ।

विसं २०७२ को विनाशकारी भूकम्पले चिलिमेको तातोपानी पुरै सुकाएपछि बाथ, चर्मरोग, गानुगोला र स्त्रीरोग भएका बिरामी परम्परागत उपचार विधि खोज्ने क्रममा टिमुरे गाउँबाट एक किमी दक्षिण भोटेकोसी सङ्गममा रहेको यस तातोपानी नुहाउन बिरामीको भीडभाड बढ्न थालेपछि तातोपानीको संरक्षण तथा सरसफाइमा विषेश ध्यान दिन थालिएको बताइएको छ ।

सरसफाइ कार्यमा सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म, सीमा प्रहरीचौकी टिमुरे, स्थानीय समाजसेवी, शिक्षक/विद्यार्थीलगायतले सहयोग पु¥याइरहेको तातोपानी संरक्षण समितिका अध्यक्ष न्हिमा दोर्जे घलेले बताउनुभयो ।

पछिल्लो पटक गरिएको सरसफाइबाट एक क्विन्टल फोहर सङ्कलन गरिएको छ ।

बाह्य यात्रुका लागि बास बस्न दुई कोठाको पक्की भवन तथा पानीपोखरीसमेत दुई वटा निर्माण भई अन्य संरचना निर्माणाधीन अवस्थामा रहेको बताइएको छ ।

पहिला–पहिला खाल्डो खनेर पानी जमाई नुहाउने स्थानमा अहिले निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाले संरचना निर्माणको साथै बत्तीको समेत व्यवस्था गरिसकेकाले भावी दिनमा छ कोठाको पाहुना कोठासमेत निर्माण गरी नुहाउन आउने बिरामी तथा पर्यटकलाई थप सुविधा दिने तातोपानी संरक्षण समितिका अध्यक्ष न्हिमा दोर्जे घलेले जानकारी दिनुभयो ।

तातोपानीमा सल्फर (गन्धक), अभ्रकजस्ता खनिज तत्वको प्रचुरताका कारण छालाका रोग निको हुनुको साथै तातोपानीले बाथसम्बन्धी रोगहरुमा कमी ल्याउने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रसुवाका प्रमुख डा रामबाबु साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...