हात खुट्टामा ६–६ वटा औंलासहित जन्मिइन् छोरी, आमाले हँसियाले एउटा–एउटा काटेपछि ६ घण्टाभित्रै मृत्यु



हाम्रो इकोनोमि

 

हात खुट्टामा ६–६ वटा औंलासहित भारतको मध्यप्रदेशमा जन्मिएकी बालिकाको आमाको कुकृत्यका कारण मृत्यु भएको छ ।

६ औंलालाई अशुभ मान्दै आमाले छोरीको हात–खुट्टाको एउटा–एउटा औंला काटिदिएकी थिइन् ।

संक्रमणका कारण नवजातको ६ घण्टामा नै मृत्यु भयो ।

महिलाले शनिबार राती छोरीलाई जन्म दिएकी थिइन्ः

घटना आदिवासी ब्लक खालवाको ग्राम सुन्दरदेवको हो । रामदेवीकी श्रीमतीले शनिबार राती छोरीलाई जन्म दिइन् ।

उनको हात र खुट्टामा ६–६ वटा औंला देखेपछि सुत्केरीलाई केही अशुभ हुने हो कि भन्ने डर भयो ।

उनले कसैलाई केही नभनी हँसियाले हात–खुट्टाको एउटा एउटा औंला काटिदिइन् । आइतबार बिहान बालिकाको मृत्यु भयो ।

यसबारे सोमबार स्वास्थ्य प्रशासनलाई थाहा भएपछि त्यहाँका एक अधिकारीले रामदेवकी श्रीमतीसँग यसबारे कुरा गरे ।

उनले छैटौं औंला अशुभ हुने भएकाले काटिदिएको स्विकार गरिन् ।

अन्धविश्वासका कारण अस्पतालमा प्रसव गराउँदैनन् गाउँलेः

खालवा ब्लकका थुप्रै गाउँ जंगलमा बसेको छ ।

यहाँ मोबाइल नेटवर्कको सुविधा छैन । अन्धविश्वासका कारण आदिवासी अस्पतालमा प्रसव गराउन पनि मान्दैनन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...