पानीजहाज, रेल सबै आउने क्रममा छन्, यो सरकारबाट निराश हुनु पर्दैन : काेमल ओली भिडियाे हेर्नुहाेस्



हाम्रो इकोनोमि

 

राजावादी केही पार्टीमा जाने हल्ला हुँदाहुँदै तत्कालीन नेकपा एमालेमा प्रवेश गरेकी नेकपाकी नेतृ काेमल ओलीले आमजनताले महसुस गर्ने गरी परिवर्तन आउने बताएकी छन् ।

न्यूज २४ टेलिभिजनसँगकाे अन्तर्वार्तामा उनले नेकपाले पाएको बहुमतको सही सदुपयोग गर्ने प्रयास भइरहेकाे बताइन् ।

उनले भनिन्, ‘नेकपाले जनताको बहुमतको सही सदुपयोग गर्नेछ, जनता निराश हुनु पर्ने कुरै छैन ।

सरकार सफलताको बाटोमा छ, परिणाम आउन मात्रै बाँकी छ ।’

प्रतिनिधि सभाकी सांसदसमेत रहेकी ओलीले जनताले अनुभूत गर्न सक्ने गरी परिवर्तन आउने दाबी गरिन् । उनले भनिन् ‘परिवर्तनका आमजनताले महसुस गर्ने छन् । कोही-कोहीले पानीजहाज किन नआएको, रेल किन नआएको भन्दै प्रश्न गर्छन्, यी सबै आउने क्रममा छन् ।’ वर्तमान सरकारले काम गर्न नसके जनताको कठघरामा उभिने ठाउँ भएको समेत बताइन् ।

राजनीतिमा आउनुभन्दा पहिले नै बेग्लै छवि बनाइसकेकी ओलीले राजनीति देशको मूल नीति बनाउने र देशलाई मार्ग निर्देश गर्ने नीति भएको बताइन् ।

उनले भनिन्, ‘राजनीति भनेको सेवा हो, भावनाले अभिप्रेरित हुनुपर्छ ।

सानैबाट देशको सेवा गर्ने इच्छा भएको हुनाले देशलाई गति दिनको लागि, दिशा निर्देश गर्नको लागि राजनीतिमा लागेकी हुँ ।’

राजनीति संवेदनशील र चुनौतीपूर्ण कर्म भएको समेत उनले बताइन् ।

राजनीति पेसा नभएको बताउँदै उनले राजनीतिलाई ‘पेसा’ बनाउन नहुने धारणा राखिन् ।

उनले भनिन्, ‘राजनीति भनेको जो योग्य छ, जसले गर्न सक्छ, उसको योग्यता-क्षमता हेरेर छोटो समयका लागि गर्ने हो, त्यसपछि छाड्ने हो ।

त्यसैले राजनीतिलाई पेसा बनाउनु हुँदैन ।

राजनीतिलाई पेसा बनाएर पनि हामी धेरै बिग्रिएका छौँ ।’

बाँकी भिडियाेमा हेर्नुहाेस्-

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...