४४ सेकेण्डसम्म टाउकोमाथि दौडिरह्यो ट्रेन, तर साथीले छाडेनन् हात (भिडियो)



हाम्रो इकोनोमि

 

मुम्बइदेखि केही किलोमिटर टाढा खापोली रेलवे स्टेशनको एउटा मुटु कमाउने भिडियो सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।

भिडियामा एक युवक प्लेटफार्म र पटरीको बीचमा फसेका छन् ।

उनका एक साथीले उनको हात समातिराखेका छन् ।

युवकको ठिक छेउबाट तीव्र गतिको ट्रेन गइरहेको छ ।

बाहिरबाट समात्ने साथीले तल खसेका साथीसँग हात नछोड्न पटक पटक भरिहेका छन् ।

करिब ४४ सेकेण्डपछि ती तल खसेका युवकलाई ट्रेन गइसकेपछि बाहिर निकालियो।

भारतीय मिडियामा आएका समाचारअनुसार यो भिडियो २३ डिसेम्बरको हो ।

अमित शेंडगे नामका युवक खापोली स्टेशनमा ५ साथीहरुसँग ट्रेनमा चढ्ने समयमा चिप्लिएर खसेका थिए ।

खस्नासाथ उनी प्लेटफार्म र पटरीको बीचमा फसे । उननी खस्नासाथ ट्रेन हिँड्न थाल्यो ।

अमितलाई बचाउनलाई उनका एक साथीले छिटोछिटो उनको हात समात्छन् र ट्रेन त्यहाँबाट नजाँदासम्म छोड्दैनन् ।

एक इन्च मात्र सरेपनि ट्रेनले टुक्रा टुक्रा पार्ने अवस्थामा अमितलाई साथीले हिम्मत गरेर बचाउँछन् ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...