पीडामा डूवेका रविलाइ एक नेपाली चेलिले लेखिन मार्मिक पत्र



हाम्रो इकोनोमि

 

प्यारो भाई रवि,
नेपाल आईडल सिजन २ विजेता

आज मैले यो पत्र लेख्ने रहर होइन, तर रविलाई दैवले दिएको चोट र रविको खुशिमा आएको वज्रपातको परिस्थितिले मलाई यो पत्र लेख्न वाध्य बनाईएको छ ।

रवि भनेर आमाले बोलाउने स्वर उनको वाल्यकालमा दैवले लुटेको थियो ।

फेरि जन्म दिने आमा गुमाएपनि रविलाइ माया गर्ने आमा भनेर बोलाउने संज्ञा पाएका रविलाई आज फेरि आमाले रवि भनेर बोलाउने आमाको स्वर फेरि दैवले रविबाट टाढा बनाएको छ ।

रवि तिमिले फेसबुकमा धेरै भावुक हुदै लेखेका शब्दहरुले मेरो मन मात्र कहाँ होर तिम्रा सबै शुभचिन्तकहरुको आँखा रसाएको छ ।

अनि सबैले तिम्रो पिडामा पिडाबोध गर्दै कसैले कविता त कसैले आफ्ना भनाईहरु राखेका छन ।

हेर त तिमिलाई माया गर्ने तिम्रा शुभचिन्तकहरु कति छन एकपटक त्यो पिडालाई शक्तिमा परिवर्तन गर्दै शुभचिन्तकहरुलाई पनि बलियो मन बनाएर सम्झाउन सक्नुपर्छ त्यो पिडा केवल तिमिलाई मात्र कहाँ हो र हर कोहि मानिसलाई दैवले दिने चोट हो त्यसमा तिमिले आफुलाई कमजोर बनाएर आफ्ना सपनासंगै कुद्ने पाईलाहरुलाई बन्धक बनाएर राख्नु हुदैन किन भने एक पटक फर्कि हेर त जिबन कति काहालि लाग्दो परिस्थिति बाट अघि बढेका पाईलाहरु कति पिडा र चुनौतिको संघारमा छन ।

दैवले पनि त्यसै कमजोर मनहरुलाई चोट दिन्छ र छानि छानि त्यहि महान व्यक्तिलाई उसले गरेको संघर्ष र चालेका पाईलाहरुमा मानिसको परिक्षा पिडा दिदै लिएको हुन्छ ।

जस भित्र तिमि पनि एक महान व्यक्ति भएकै कारण तिम्रो खुशिमा पिडा दिदै धैर्यता र चोट सहन सक्ने क्षमताको परिक्षा फेरि पापि दैवले लिएको छ ।

त्यसैले यस पिडामा एक थोपा आँशु नझार्नु रवि ।

किनकि तिम्रो आँशुको मुल्यांकन दैवलाई गर्न नदेउ ।

किनकि त्यो भगवान तिम्रो भगवान होईन जो तिमि हामिले दु:ख पर्दा हे भगवान भन्ने गर्छौ ।

भगवान त तिनिहरु हुन जसले तिमिलाई माया गर्ने आमा र तिम्रा स्रोताहरु ले माया दिएर नेपाल आाईडल बनाएका छन ।

एकपटक सोच त तिमिले नेपाल आईडलमा जित्दा मर्ने मान्छे थिए भने त्यो भन्दा

धेरै तिम्रो यस पिडामा कमजोर भएर रुदा पनि त मर्ने मान्छेहरु पनि त छन ।

त्यसैले तिमिले आफ्ना स्रोतालाई एकपटक बलियो मन गरेर सम्झाउन सक्नुपर्छ ।

तिमिलाई थाहा नै छ झमक घिमिरे द्धारा लेखिएको नोवल “ जिबन काँडा कि फूल” त्यसै जिबनसंग तुलना गरि कहाँ लेखिएको हो र अनि अब्राहम लिङ्कनको जिबनिलाई हेर त त्यस्ता पिडा केहि बन्ने हरुका लागि भन्दा केहि गर्ने महान व्यक्तिहरुका लागि मात्र आउछन जस भित्र तिमि पनि एक महान व्यक्ति हौँ ।

जहा रवि ओड भनेर हामी सबैले गौरव र सम्मान गर्ने ठाउ तिमिले दिएका छौँ । त्यसैले तिमि यस पिडा भन्दा माथि उठ्नुपर्छ र तिम्रा स्रोताहरुको मायालाइ निरन्तरता दिनुपर्छ ।

अब तिमिले यो कुरा बुझ्नुपर्छ आमाले रवि भनेर बोलाउनु हुन्थ्यो तर अरुको लागि रविलाई नेपाल आईडल बनाएर चिनाउनु भाको छ । जहाँ हजारौँ आमाले जन्माउने छोरा रवि जस्तै र आमा रविकै जस्तेा हुनपर्छ भनेर आमा छोराको सम्बन्ध तिम्रो प्रगति र आमाको त्यागले ईतिहास रचेको छ ।

तिमि धेरै रुदै छौँ रे भाई त्यो तिम्रो अहिलेको मात्र पिडा कहा होर जुन दिन तिमिलाई जन्म दिने आमाबाट दैवले टाढा बनायो अहिले त्यो घाउ बल्झिएको मात्र हो जुन पिडा देश विदेशमा रहनु भएका तिम्रा शुभचिन्तकहरुले पिडा हिजो पनि र आज पनि बोध गर्दै आएका छन ।

त्यो पिडा नत सोच्न सकिन्छ र नत सोचेर नै काम छ नत कुनै सामना गर्ने उपाय नै छ ।

त्यसैले त रवि कडाँमा फूल, चट्टान फोरेर उम्रिएको रुख बन्, जमिन फोरेर फुटेको मुल बन रवि अब सबैको मन जित्ने कवि बन रवि ।

।रवि तिमिलाई जन्म दिने र कर्मं दिने आमाले तिम्रो खुशिमा साथ दिन नसके पनि तर तिम्रो खुशि र प्रगतिको लागि हजारौँ नेपाली आमाहरुको आशिर्बाद तिम्रो शिर माथि रहिरहने छ ।

उहा जस्तो महान आमाको यो दु:खद निधनले आज सम्पुर्ण नेपाली मनहरुलाई भावुक बनाएको छ ।

तपाई नरहेता पनि रवि जस्तो महान छोरोलाई हाम्रा माझमा चिनाएर छोड्नुभएको छ ।

हजुरको आत्माको चिर शान्तिको कामना साथै स्वर्गमा बासहोस आमा

लेखक

दिपा नेपाली
(त्रि.वि.वि.किर्तिपुर,काठमााण्डौ एम.एड दोस्रो सेमेस्टर)

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...