रवि ओडकी आमाको मृत्यूको खबर पछी सुमित पाठकले लेखे यस्तो मनछुने स्ट्याटस !



हाम्रो इकोनोमि

 

कहिले काही जिन्दगीमा यस्तो मोड आउँछ जुन खुसी र दुःख एकै पटक पर्छ । हो, त्यस्तै भएको छ, नेपाल आईडल सिजन २ का बिजेता रबि ओडलाई ।

रवि ओडलाई मातृशोक परेको प्रति नेपाल आइडलका फाइनलिष्ट सुमित पाठकले पनि दुख व्यक्त गरेका छन्।

सुमित पाठकले भनेका छन् – “आमा,हार्दिक श्रद्धाञ्जलिहजुरको बैकुण्ठ बास होस् हजुरको सपना हामि मिलेर पुरा गर्ने छौँ,रवि, बुबा,भाईबहिनीहरु,परिवार,आफन्तजन सम्पूर्णमा धैर्यधारण गर्न शत्ति प्राप्त होस् ।”

बुधबार बिहान पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएकी विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल लगिएको थियो, अस्पताल पुर्याउनु अघिनै उनको मृत्यु भइसकेको थियो ।विष्णा रविकी कान्छी आमा हुन् ।

विष्णाले आमाको मायामा कुनै कमी दिएकी थिइनन् ।

जन्मदिने आमाको सानैमा मृत्यु भएपछि विष्णाले आफ्नै छोरा जस्तो गरेर हुर्काएकी थिइन् ।

कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् ।

कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...