७ महिनाअघि पोखराको भीरमा मृतक भेटिएकी महिला अहिलेसम्म अनलाइन, जाँचमा प्रहरीकै होस उड्यो



हाम्रो इकोनोमि

 

७ महिनाअघि पोखरामा शव भेटिएकी एक महिलाको हत्याको सनसनीपूर्ण खुलासा भारतीय प्रहरीले गरेको छ ।

उत्तर प्रदेशको गोरखपुर प्रहरीले यहाँका चर्चित डाक्टर डीपी सिंहलाई उनकी पूर्वपत्नी राखी श्रीवास्तवको हत्याको आरोपमा पक्राउ गरेको छ ।

पोखरामा ७ महिनाअघि शव भेटिएकी महिला उनै राखी भएको खुलेको छ ।

सोधपुछमा ती डाक्टरले ७ महिनाअघि राखीलाई नेपालमा पोखरा ल्याएर पहाडभाट भीरबाट धकेलिदिएर मारेको स्वीकार गरेका छन् ।

यतिमात्र होइन उनले पुलिसलाई भ्रममा पार्नको लागि ७ महिनादेखि उनको सामाजिक संजाललाई निरन्तर अपडेट गरिरहेका थिए ।

आरोपी डा. सिंहका अनुसार उनले यसअघि पनि राखीलाई मार्ने प्रयास गरेका थिए ।

यसअघि ५ पटक उनलाई मार्न असफल भएका डा. सिंहले छैटौं पटकको प्रयासमा मारेका थिए ।

डा. सिंहका अनुसार राखी उनलाई ब्ल्याकमेल गरिरहन्थिन् जसबाट उनी हैरान भइसकेका थिए ।

उनले हत्यापछि लामो समयसम्म राखीका परिवारलाई भ्रममा पारेका थिए ।

उनीहरुले राखीको बारेमा सोध्दा डा. सिंहले उनीहरुको कुरा टार्थे ।

राखी बेपत्ता भएको उजुरी परेपछि मात्र घटनाको खुलासा भएको हो ।

सुरुवातमा गोरखपुर पुलिसले राखीका अर्का पति मनीष सिन्हालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

तर, पुलिसले केही पत्ता लगाउन नसकेपछि यो केस एसटिएफलाई दिइएको थियो ।

एसटिएफले राखीका अर्का पति डीपी सिंहलाई पक्राउ गरेपछि रहस्य खुलेको हो ।

एसटिएफका अनुसार राखी हराएको बेला उनको मोवाइलको लोकेशन नेपालमा थियो ।

एसटिएफले नेपाल प्रहरीसँग जानकारी माग्दा ८ जूनमा यहाँ एक युवतीको लाश भेटिएको खुल्यो ।

युवतीको शवबारे थप जानकारी खोज्दै जाँदा उनी राखी भएको पुष्टि भएको थियो ।

राखी त्यतिबेला आफ्ना पति मनिष सिन्हासँग विमानमा नेपाल आएकी थिइन् ।

त्यसपछि उनी नेपालमै बसिन् र मनिष फर्किए ।

त्यही क्रममा राखीसँग कुराकानीपछि डा. डीपी सिंह पनि आफ्ना २ कर्मचारीसँग नेपाल आए । राखीलाई लिएर यी तीनैजना पोखरा गए ।

जहाँ उनीहरुले मदिरामा नशाको औषधी मिलाएर पहाडमा लिएर गइ भीरबाट धकेलेर हत्या गरे ।

अनुसन्धानमा खुलेअनुसार डा. सिंह पहिल्यै विवाहित थिए ।

उनले आफ्नी पत्नी उषालाई नभनी राखीसँग दोस्रो विवाह गरेका थिए ।

पछि पहिली पत्नी उषाले यसबारे थाहा पाइन् ।

विवाद भएपछि डाक्टरले राखीसँग सम्बन्ध तोडे र टाढा हुन थाले ।

राखीले पनि २०१६ मा मनीष सिन्हासँग दोस्रो विवाह गरिन् ।

तर, त्यसपछि फेरि डाक्टर राखीसँग नजिकिन खोजेपछि राखीले डाक्टरलाई ब्ल्याकमेल गर्न थालिन् ।

यही ब्ल्याकमेलका कारण डाक्टरले उनको हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...

मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

    तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह...

९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...

कांग्रेस असन्तुष्ट समूहले देउवासहितको राष्ट्रिय भेला गर्ने

    सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर...