अभिभावकको गुनासोः क्रिसमस डे मा इसाइ पहिरन लगाउन स्कुलले उर्दी लगायो



हाम्रो इकोनोमि

 

ललितपुरको एउटा एनजिओले शिक्षकको जागिर खानका लागि क्रिस्चियन परिवारमै जन्मिएको हुनुपर्ने अचम्मको शर्त निकालेर सर्वत्र आलोचना खेपेको केही दिनमै इटहरीको विश्व आदर्श स्कुलले पनि विद्यार्थीहरूमा अनौठो र गैरकानुनी उर्दी लगाएको छ ।

स्कुलले विद्यार्थीलाई क्रिसमस डे को दिन अनिवार्य इसाइ पहिरनमा आउन अनौपचारिक रूपमा उर्दी जारी गरेको भन्दै अभिभावकहरूले गुनासो गरेका छन् ।

दिउँसो काम सकेर घर पुगेका मुकुल काफ्ले छोरीले क्रिसमसको टोपी किन्न पैसा मागेपछि छक्क परे । ’काम सकेर घर मात्र के पुगेको थिएँ, छोरीले क्रिसमसको टोपी किन्न पैसा मागेर हैरान पारी,’ काफ्ले भन्छन्, ‘नदिने विचार गरेको थिएँ तर रुन थालेपछि हामी बाउआमाको के लाग्छ र ?

क्रिसमसको टोपी किन्न अनिवार्य गरिएको मात्र होइन बाहिर किनेको टोपीसमेत स्कुलले लगाउन नदिने बताएको छ । स्कुलले नै बजारको मूल्यभन्दा बढी मूल्य राखेर टोपी समेत बेच्ने गरेको छ । स्कुलले बेच्ने गरेको टोपी पनि बजार मूल्य भन्दा ५० प्रतिशतसम्म बढी छ ।

‘सारै भएपछि किन्नलाई बजार लग्न खोजेको छोरीले हँुदैन पैसा नै चाहिन्छ भनी,’ काफ्लेले आक्रोश पोख्दै भने, ‘संस्कृतिको नाममा भिन्न कालोबजारी गर्दै पहिरन मात्र बेचेको होइन विद्यालयले धार्मिक रूपमा क्रिस्चियानिटी समेत लाद्न खोजेको छ ।’
यता विद्यालयका प्रधानाध्यापक गणेश दुलाल भने क्रिसमस ड्रेसमा आउन अनिवार्य उर्दी भने नगरेको बताउँछन् । हामीले क्रिसमस ड्रेसमा अनिवार्य आउनु भनेका छैनौँ लगाएर आउनेलाइ भने रोकतोक पनि छैन’, दुलालले भने, ‘सबै धर्ममा हामीले आफ्नो पहिरन लगाएर आउनेलाई सम्मान गर्ने गरेका छौँ ।’

दुलालको भनाइलाई अभिभावक भने स्वीकार्दैनन् । ‘कृष्ण अष्टमीको दिन कृष्णको जस्तो लुगा नमाग्ने साना विद्यार्थीले कसरी क्रिसमसमा मात्र टोपी र लुगाको माग गर्छन्’, नाम नखुलाउने शर्तमा एक अभिभावकले भने, ‘विश्व आदर्श स्कुलका प्रधानाध्यापक गणेश दुलाल क्रिस्चियन मिसिनरी संस्था युनिभर्सल पिस फेडेरेसन नेपालको शान्तिदूत समेत भएकाले विद्यार्थी मार्फत् धर्म प्रचार गर्न खोज्ने गरेका छन् ।’

धर्म परिवर्तन गराउन उत्प्रेरित गर्नेलाई के हुन्छ सजाय

विद्यालयको उर्दी नै जारी गरेको र धर्म परिवर्तन गराउने उद्देश्य रहेको भए सम्बन्धितलाइ ५ वर्ष कैद र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ ले धर्म परिवर्तनसम्बन्धी कसुरमा ५ वर्ष जेल हुने व्यवस्था गरेको हो ।

अपराधसंहिताको दफा १५८ मा कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन नहुने व्यवस्था गरिएको छ । ‘कसैले कुनै जातजाति वा सम्प्रदायमा सनातनदेखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन,’ उपदफा २ मा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...