प्रेम प्रस्ताव अस्वीकार गरेको झोकमा किशोरीमाथि छुरा प्रहार



हाम्रो इकोनोमि

 

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ पिप्रोधमा एक युवकले प्रेम प्रस्ताव अस्वीकार गरेको झोकमा किशोरीमाथि छुरा प्रहार गरेका छन्।

 

पर्सागढी नगरपालिका वडा नम्बर २ बढ्निहारमा रहेको जनता उच्च मावि कक्षा ११ मा अध्ययनरत पर्सागढी नगरपालिका वडा नम्बर १ मनवाकी १८ वर्षकी शकुन्तला कुमारीलाई छिमेकी गाउँ भटेनीका वर्ष १८ कै जयकिशोर चौधरीले छुरा प्रहार गरेका हुन्।

 

छुरा प्रहारबाट शकुन्तला गम्भीर घाइते छन्। छुरा प्रहारबाट उनको तिघ्रामा सात इन्च गहिरो घाउ हुनुका साथै नाक र ओठमा पनि चोट लागेको छ।

 

घाउबाट अत्याधिक रक्तश्राव भएर गम्भीर घाइते शकुन्तालाको वीरगन्जस्थित नेसनल मेडिकल कलेजको सघन कक्षमा उपचार भइरहेको छ।

 

घाइते शकुन्तालाको अवस्था चिन्ताजक छ। सोमबार अपरान्ह अस्पतालमा पुगेर सकुन्तलालाई भेटेका पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले भने, ‘छुराले तिघ्रामा काटिएको गहिरो घाउबाट भइरहेको रक्तश्राव रोकिएको छैन। डाक्टरहरुले तीन पोका रगत चढाइसकेका छन्। चौथो पोका पनि अहिले चढिरहेको छ।’

 

छुरा प्रहार गर्ने चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको पर्सा प्रहरी नायव उपरीक्षक मानबहादुर राइले जानकारी दिए।

 

सोमबार बिहान साढे सात बजेतिर विद्यालय जाँदै गर्दा बाटोमा शकुन्तलालाई चौधरीले बाटो छेकेर अन्धाधुन्द छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।

 

चौधरी हाल शकुन्तला पढ्दै गरेको विद्यालयमा ८ कक्षा पढ्दै गर्दा पढाई छाडेका थिए। विद्यालयमा सँगै पढ्दादेखि नै चौधरीले शकुन्तला समक्ष प्रेम प्रस्ताव राख्दै आएका थिए। तर चौधरीको प्रेम प्रस्ताव शकुन्तलाले पटक पटक अस्वीकार गरिदिएपछि त्यसकै रिसमा सोमबार उनले शकुन्तलामाथि छुरा प्रहार गरेको स्थानीयको दावी छ।

 

यसैबीच छुरा प्रहारको घटनामा संलग्न चौधरीलाई हदैसम्मको कारवाहीको माग गर्दै स्थानीय महिलाहरूले घटनापछि सोमबार मनवा प्रहरी चौकी अगाडि प्रदर्शन गरेका छन्।

 

आक्रोशित महिलाहरूले प्रहरी चौकी मनवाको कम्पाउन्ड वाल समेत भत्काइदिएका छन्। प्रदर्शनमा उत्रिएका महिलाहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जनप्रतिनिधिहरूले सम्झाई बुझाई गरेर घर फर्काएको स्थानीय प्रमोद यादवले जानकारी दिए।

 

दुर्घटनामा एकजनाको मृत्युपछि घोराहीमा आन्दोलन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

: दाङको घोराहीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि आक्रोशित हुँदै आफन्त र स्थानीयले आन्दोलन चर्काएका छन् । आन्दोलित समूहले बस तोडफोड गरेको छ भने नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

 

दुर्घटनापछि घोराही तनाबग्रस्त छ । स्थानीयले प्रहरीले दमन गरेको भन्दै आन्दोलन जारी राखेका छन् । प्रहरीले भने सवारीसाधनमा क्षति पु¥याउने गरी गतिविधि गरेको र त्यसलाई नियन्त्रणमा लिन र भीड हटाउन अश्रु ग्यास प्रयोग गरेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । असर नपुग्ने गरी यस्तो कारवाही गरिएको उनले बताएका छन् ।

 

स्थानीय र मृतकका आफन्त आन्दोलन सँगै घोराहीको तुलसीपुर चोकमा धर्नामा बसेका छन् । सोमबार मध्यान्ह बस र स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालक घोराही १८ का २९ वर्षीय  मेघराज पुनको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा सोही ठाउँका २५ वर्षीय महेश बुढा गम्भीर घाइते भएका छन् ।

 

घोराहीको तुलसीपुर चोकबाट बसपार्क जाँदै गरेको रा ३ प १९७४ नम्बरको स्कुटर र बसपार्कबाट तुलसीपुर चोकतर्फ आउँदै गरेको लु २ ख १६०२ नम्बरको बस घोराही–१४ लखनपार्क (घोराही हस्पिटल नजिक) ठोक्किएको थियो । घाइते बुढाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...