रक्सीको नसामा लागेर प्रचण्डले पुस्तक पढ्न छाडे : नेता विश्वकर्मा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले ओली सरकार अब ६ महिना पनि नटिक्ने दावी गरेका छन् ।
क्रान्तिकारी पत्रकार संगठनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेनलमा बोल्दै ओली सरकारलाई गिराउनको लागि पार्टी भित्रैबाट चलखेल शुरु भएको बताए । उनले भनेर्, अरु कसैका कारणले नभई आफ्नै पार्टीका नेताहरुका कारण प्रधानमन्त्री ओलीलाई ५–६ महिना पनि टिक्न ग्राहै छ, त्यसै प्रचण्ड २ पटक भारत पुगेका छन् ।’
प्रचण्ड दुई पटकसम्म भारत गएको पत्नी सिताको उपचारका लागि नभइ आफू प्रधानमन्त्री बन्न सहयोग माग्न गएको उनले दावी गरे ।
सरकारमा नजाँदासम्म ओली राष्ट्रवादी देखिए पनि सरकारमा गएपछि भारतसँगका असमान सन्धि (सम्झौताबिरुद्ध) बोल्नुको साटो तिनलाई कार्यान्वयन गर्ने कुरा गरेको विश्वकर्माले आरोप लगाए ।
उनले इतिहासकै बलियो जनसमर्थनको सरकार बनियो भनियो तर आफ्नै पार्टी भित्रका नेताहरुका कारण ओलीलाई यो सरकार ५–६ महिना पनि टिकाउन हैरानी भएको छ । प्रकाण्डले अहिलेको सरकार र सरकारका मन्त्रीहरु विगतको भन्दा झनै बढी भ्रष्टाचारी भएको बताए ।
उनले भने, ‘विगतमा काँग्रेसका मन्त्रीहरुले लाख करोडमा भ्रष्टाचार गर्थे अहिले कम्युनिष्ट पार्टीका मन्त्रीहरुले अरबौमा भ्रष्टाचार गरिरहेका छन्, यसले कम्युनिष्ट पार्टीकै वितृष्णा जगाएको छ ।’
शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्ड बिग्रिएको आरोप लगाउँदै उनले दिनभरी मान्छेसँग भेट गर्ने र साँझ परेपछि राति अबेलासम्म रक्सी खाँदै बस्ने गरेको आरोप लगाए । रक्सीको नसामा लागेर प्रचण्डले पुस्तक पढ्न छाडेको समेत उनले आरोप लगाए । प्रचण्डका यस्तै बानीका कारण पनि पार्टी विभाजन भएको उनको तर्क थियो ।
विश्वकर्माले वार्ताको लागि सरकारले औपचारिक रुपमा आव्हान नगरेको समेत बताए ।
सरकारले विभिन्न समूहहरुसँग वार्ता गर्ने भनी वार्ता टोली गठन गरेको मिडियामा थाहा पाएपनि आफ्नो दल कुनै समूह नभएको र आफ्नो दलसँग सरकारले वार्ता गर्न चाहेको हो या होइन भन्ने प्रष्ट नभएको उनले बताए ।
पूर्वमन्त्री समेत रहेका विश्वकर्माले भने, ‘हामी वार्ता विरोधी त हैनौं तर सरकारले अफिसियल्ली हामीसँग वार्ताका लागि केही गरेको छैन ।’ सरकारले गठन गरेको वार्ता टोली अधिकारसम्पन्न नभएको पनि उनले टिप्पणी गरे ।
रक्सी खाएर मनपरी बोल्थे प्रचण्ड, यसरी बन्दी बनाए बाबुरामलाई
कारबाही गरेर बन्दी बनाइएपछि पनि बाबुराम भाग्न सक्छ अथवा दुस्मनले हेलिकोप्टर लिएर लैजान सक्छ जस्ता उटपट्याङ हल्ला चलाईयो । जनसेनालाई थप सतर्क बनाइयो । ठाउँ ठाउँमा पुरै चेक गर्न लगाइयो । बाबुरामलाई पीएलए भित्र माया गर्ने पनि थिए, उनीहरुले यस्ता सूचना दिन्थे ।
कारबाही गरेपछि बैठकबाट निस्केका बाबुरामलाई मिरुल पुर्याइएको थियो । बैठक सकेर प्रचण्डहरु आएपछि बाबुराम, हिसिलालगायतलाई दुम्लानजिकै पुर्याइयो ।
बाबुराम भट्टराई आफ्नै पार्टीको बन्दी बनिसकेका थिए । जुन पार्टीमा उनले २० वर्षभन्दा बढी लगानी गरेका थिए, जीवन अर्पेका थिए, अन्ततः त्यहि पार्टीले उनलाई थुन्यो । दीनानथ शर्मा र हिसिला यमीको हालत पनि उस्तै थियो ।
एउटा कुर्सी र एक बाकस किताब साथमा लिएर हिँडेका बाबुरामलाई हिउँले ढाकेका पहाडहरु छिचोल्दै २०६१ माघ २५ गते रोल्पाको मिरुल गाउँ पुर्याइयो ।
प्रचण्डले बाबुरामलाई कहिल्यै कटु शव्द बोलेनन् । प्रचण्डको आफैँले केही नभन्ने तर अरुलाई उचाल्ने शैली थियो । यसबारेमा प्रचण्डको भनाई फरक रहेको छ । साँचोचाहिँ त्यति धेरै होइन । उहाँसँग वैचारिक मतभेद सुरुदेखि नै भयो । तर, फेरि उहाँ चाहिन्छ आन्दोलनमा भनेर बढी सोच्ने म नैं थिएँ ।
बाबुरामलाई जसरी पनि लिएर जानुपर्छ भन्ने मैले हो । मैले नैं उहाँलाई र्ढीभन्दा बढी संरक्षण गर्न बल गर्थेँ । प्रचण्ड भन्छन्,– मैले ननिजकका साथीहरुसँग अलिकति वैचारिक कुरा गर्दा कलिकति हुने त सामान्य भयो होला तर त्यही कारणले उहाँलाई प्रताडित गरियो भन्ने सत्य होइन ।
एउटा सिनियर लिडरलाई त्यसरी काराबाही गरिने होइन, पहिले त त्यो गलत हो, दोस्रो कुरा युद्धमा दुस्मनको घेराबन्दीमा छौँ, मलाई त प्रचण्डकै हाराहारीमा मान्थे मान्छेहरुले, अझै कैयाँैले त मलाई बढी चिन्थे, मलाई ठूलो खतरा थियो ।
मलाई त प्रचण्डकै हाराहारीको सुरक्षा दिनुपथ्र्यो । त्यसै पनि उनको भन्दा कम सुरक्षा दिइएको थियो, त्यो पनि झिकियो, बाबुराम भन्छन्,–कुनै पनि मान्छेले मारिदिन सक्थे मलाई, त्यो त चरम लापरबाही थियो ।
बाबुरामलाई कारबाही गरेपछि राष्ट्रिय÷अन्तराष्ट्रिय सञ्चारमाध्यममा खबर फैलियो । त्यसैबेला माओवादीले खारा आक्रमणको तयारी गरिरहेको थियो । आक्रमणको तयारिका लागि दुम्लावरिपरि अभ्यास भइरहेको थियो ।
त्यसैबेला बाबुरामलाई बन्दी बनाएको खबर बाहिर आएपछि प्रचण्डले होइन भनेर समाचारको खण्डन गर्न बाबुरामलाई दबाब दिए । बाबुराम भन्छन्, होइन भनौँ, त्यत्रो अपमान गरेको छ, बन्दी बनाएको छ, हो भन्दा पनि उपयुक्त नहोला भनेर बीचको बाटो अपनाएर वक्तव्य निकालेँ । अश्वत्थामा हतोहतः शैलीको वक्तव्य दिन बाध्य भएँ ।
म सुरक्षित छु, खतरा छैन भनेर वक्तव्य निकाल्न प्रचण्ड र उनी नजिकका नेताहरुले दबाब दिइरहेका थिए । यत्रो आक्रमण गर्न गइरहेका छौँ, जनसेनाको मनोबल उठाउनुपर्छ, समाचारको खण्डन गर्नुपर्यो भन्ने निर्देशन थियो ।
आन्दोलनलाई घाटा पार्न म पनि चाहँदैनथेँ । प्रचण्डले मूर्खता गरेका छन्, धैर्य गर्नुपर्छ, बेलामा चेत्छन भन्ने मेरो बुझाई भएकाले बीचको भाषामा म आफैँले लेखेर वक्तव्य दिएको हुँ , बाबुरामले पुराना दिन सम्झिए ।
जनमुक्ति सेनको भरपर्दो सुरक्षा घेराभित्र रहन पाउँदा हामीलाई कुनै प्रकारको ग्लानि होइन, गौरव र आनन्दको अनुभूति भइरहेछ, भन्दै बाबुरामले घुमाउरो शैलीमा आफूलाई बन्दी बनाइएको सन्देश पनि दबाबमा निकालिएको वक्तव्यमार्फत दिएका थिए ।
कारबाहीमा परेका बाबुरामलाई कुनै सुरक्षा दिइएको थिएन । केही दिनपछि प्रचण्डसँग कुरा भएपछि केही लडाकू खटाइएको भए पनि बाबुरामलाई जनसेनाको घेरामा राखिएको थिएन । सरकारी सुरक्षाकर्मी छिरेको भए बाबुरामलाई सजिलै पक्रिन वा हत्या गर्न सक्थे ।
बाबुरामले ‘जनमुक्ति सेनाको भरपर्दो सुरक्षा घेराभित्र रहन पाउँदा’ भन्दै वक्तव्य दिएपछि प्रचण्ड दबाबमा परे । सरकारी सुरक्षाकर्मी पसेर बाबुरामको हत्या गरे पनि वा जो कसैले बाबुरामको हत्या गरे पनि प्रचण्डले मारेको सन्देश जाने स्थिति उत्पन्न हुन्थ्यो । त्यसपछि प्रचण्डले बाबुरामको सुरक्षामा ध्यान दिए ।
युद्धकालमा बाबुराम नजिकका जनमुक्ति सेनालई टुथपेष्ट, ब्रसका लागि दिइने मासिक १ सय ५० रुपैयाँ दिन पनि रोक लगाइयो । यस्तै भूगोलमा काम गर्ने बाबुराम पक्षका नेता–कार्यकर्तालाई दैनिक खर्च दिन रोक लगाइयो ।
बाबुरामलाई समर्थन गरेको आरोपमा प्रताडित भए नेता देवेन्द्र पराजुली पनि । निलम्बन गरिएका पराजुलीलाई शारीरिक र मानसिक यातना दियो आफ्नै पार्टीले । पराजुली भन्छन्,– मलाई जे प्रश्न सोधे, ती सबै बाबुराममाथि लगाइएका आरोप रहेछन्, यो कुरा पछि थाहा पाएँ ।
बौद्धिक दम्भ पालेको भन्दै उनलाई कुटपिट पनि गरिएको थियो । जराजुलीको बयान लिए एक नेताले । उनले आफ्नो पृष्ठभूमि हेर्न आग्रह गरे । त्यसपछि हितमान शाक्यले बयान लिए । शाक्यले शङ्काको तीर तपाईंतिर सोझिएको छ भनेपछि उनले आँखा तरेर हेर्दै बेकारका कुरा नगर्न आग्रह गरे ।
उदयपुरमा उनलाई यति बयान लिएपछि रामेछाप÷सोलुखुम्बुको सिमानामा पुर्याइएको थियो । पुर्वाञ्चलको केन्द्रीकरण नभएकाले रामबहादुर थापा लगायत नेताहरु थिए । त्यहाँ पुर्याएपछि पराजुलीको आँखामा पट्टी बाँधियो ।
ठमेलका ट्रेकिङ व्यवसायी उनको जेठान दीपक धमला मुलुकमा संकटकाल लागेपछि न्युजिल्याण्ड गएको कुरा झिक्दै तेरो जेठान सीआईएको एजेण्ट हो, तैले नैं नेताहरु पक्राएको होस् भने । प्रश्न सोध्न क्रममा ‘गद्दार’ भनेपछि उनलाई असैह्य भयो । उनले आँैला उठाएर भने,– अरु भने पनि गद्दर नभन ।
शाक्यलाई औँला उठाएपछि पराजुलीका हातमा हान्दै हात पछाडी बाँधिदिएका थिए । त्यो बेलासम्म सँगै रहेकी श्रीमती कल्पना धमला र उनलाई अलग –अलग पारियो । र पुनः उदयपुर पुर्याएर बयान लिइयो ।
माथिको आदेश छ भन्दै उनको कञ्चटमा पेस्तोल सोझ्याइयो, हात पछाडि बाँधिएको थियो । आँखामा पट्टी थियो, खुट्टामा डोरीको सुर्किन गाँठो पारेर तान्दै लडाइयो । पराजुली विगत सम्झिन्छन्,–त्यसपछि मरेको बस्तुभाउ घिसारेजसरी घिसारे । ५० मिटरजति घिसारेपछि घाउ नैं घाउ भएको शरीरमा लाठीले पिट्न थाले । सहन नसकेर चिच्याएका पराजुलीको मुखमा टालो कोचिदिए र बुटले कुल्चिँदै हिँडे ।
‘माथिबाट फाँसी दिने आदेश आएको छ’ भन्दै कमाण्डरले पराजुलीको अन्तिम इच्छासमेत सोधेका थिए । नेताहरु पक्राउने काम बाबुरामले गरेको हो भन्ने मबाट कबुल गराएर उता बाबुरामलाई सिध्याउने योजना अनुसार मलाई यातना दिएका रहेछन् । त्यतिबेलाको चोट देखाउँदै पराजुलीले भने,–आफ्नै साथीले आफुले सपनामा पनि नचिताएको विषयमा आरोप लगाएर यातना दिने गर्दा मानसिक रुपले ठूलो आघाथत पर्दो रहेछ ।
मोहनबिक्रम सिंहदेखि प्रचण्डसम्मले बाबुराममाथि अनुशासनको प्रश्न उठाए । अनुशासनसम्बन्धी कम्युनिष्ट पार्टीको बुझाई नैँ बेठीक छ । बाबुराम भन्छन्,–पार्टीको आलोचना गर्ने, भिन्न मत राख्नेलाई प्रताडित गर्ने चलन छ । काम गर्न र पार्टी कमिटी मैले कहिल्यै छोडिनँ, दिएको जिम्मेवारी पूरा नगरेको कुनै छैन ।
खालि मैँले नेतृत्वको आलोचना गर्दा अनुशासन तोडेको आरोप लगाउँछन्, बाबुरामको ठम्याई छ, नोकरशाही केन्द्रियतावादी जुन सोच हो, मोहनविक्रमदेखि प्रचण्डसम्म त्यो हावी छ । स्कुलिङ त दुवैको एउटै हो, स्टालिनवादी स्कुल ।
बाबुराम भन्छन्, मैँले न कुनैमाथि कहिल्यै षड्यन्त्र गरेँ, न अनैतिक काम गरेँ । फरक विचार राखकै भरमा अनुशासनको प्रश्न उठ्छ । काम नगरेको भए, भागेको भए, धोका दिएको भए हो यस्तो आरोप । नेतृत्व र पार्टीको गलत लाइन आलोचना गरेकै भरमा विभिन्न आरोप खेप्दै आए बाबुरामले ।
(पत्रकार अनिल थापाद्वारा लिखित पुस्तक ‘अविराम बाबुराम’ को एक अंश)