२ छोरि र एक छोरालाई चाडै फर्कने बाचा गरेर कुवेत पुगेका एक नेपाली युवाको सडक दुर्घटनामा निधन !



हाम्रो इकोनोमि

 

रोजागारीको सिलसिलामा तीन बर्ष अगाडी कुवेत पुगेका एक नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ ।

नुवाकोट बेलकोट गढी नगरपालिका -१३ घर भई हाल कुवेतमा सवारी चालकको रुपमा कार्यरत सन्त बहादुर तामाङको सडक दुर्घटनामा गत शनिबार मृत्यु भएको हो ।

कल्याणकारी नेपाली यूबा समाज कुवेतका उपाध्यक्ष प्रदिप कार्कीका अनुसार आफैंले चलाएको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

विगत ३ वर्षदेखि कुवेतको (ACICO) कम्पनीमा कार्यरत तामाङको शव छिटै नेपाल पठाई परिवारको मन्जुरीनामा लिएर सडक बिमाको प्रकृया अगाडी बढाउने तयारी रहेको नेपाली दुताबास कुवेतका दितिय सचिव ज्ञान बहादुर मगरले जानकरी दिए ।

मृतक तामाङको श्रीमतीसहित २ छोरि र एक छोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...