दाङमा बस र स्कुटर ठोक्किदा एकको मृत्यु, एकजना गम्भीर घाईते



हाम्रो इकोनोमि

 

दाङमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाईते भएका छन् ।

सोमबार बिहन साढे ११ बजेतिर बस र स्कुटर एक आपसमा ठोक्किदा स्कुटर चालक घोराही १८ का २९ बषीय मेघराज पुनको घटना स्थलमै मृत्यु भएको छ, भने सोही ठाउँका २५ बर्षीय महेश बुढा गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घोराहीको तुलसीपुर चोकबाट बसपार्क जाँदै गरेको रा ३ प १९७४ नम्बरको स्कुटर र बसपार्कबाट तुलसीपुर चोकतर्फ आउँदै गरेको लु २ छ १६०२ नम्बरको बस घोराही १४ लखनपार्क (घोराही हस्पिटल नजिक) ठोक्किदा गम्भीर घाईते भएका बुढाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

गाडि चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

दुर्घटना पछि घोराही तनाब ग्रस्त भएको छ । आफन्तले बसमा तोडफोड गरेका छन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...