५ महिनामै १० लाख बढी भ्रमणभत्ता, सबैभन्दा धेरै लिने मुख्यमन्त्री पौडेल



हाम्रो इकोनोमि

 

प्रदेशम नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ५ महिनाको अवधिमै भ्रमण भत्ता वापत एक लाख ४३ हजार दुई सय रुपैयाँ सुविधा लिएका छन् ।

 

राजधानी हेटौंडा बाहिर जाँदा भ्रमण भत्ता लिनेमा मुख्यमन्त्री डोरमणि पौडेल छोटो समयमै आफ्नो सरकारको सबैभन्दा धेरै रकम लिने मन्त्री हुन् । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिरसम्म उनले एक लाख ४३ हजार दुईसय रुपैयाँ अनुगमन तथा मूल्याङ्कन शिर्षकमा भ्रमण भत्ता लिएका थिए ।

 

मुख्यमन्त्री पछि सामाजिक विकास मन्त्री युवराज दुलालले भ्रमण भत्ता ८५ हजार छ सय २० रुपैयाँ, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेले ५७ हजार पाँचसय रुपैयाँ बुझेका छन् ।

 

साथै भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले ४५ हजार, उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले ५० हजार रुपैयाँ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले ३७ हजार तीनसय ७५ रुपैयाँ बुझेको मुख्यमन्त्री कार्यालयको तथ्याङ्क छ ।

 

यस अवधिमा भ्रमण भत्ता वापत मुख्यमन्त्री, मन्त्रीहरु र उनीहरुको सचिवालयका सहयोगीहरुले दश लाख १७ हजार तीनसय ४४ रुपैयाँ बुझेका छन् । मकवानपुर बाहेक प्रदेशका अन्य १२ जिल्ला जाँदा भ्रमण भत्ता पाउने ब्यवस्था छ । देश बाहिर जाँदा भने संघीय सरकारको अनुमति अनिवार्य छ ।

 

सुत्केरीलाई घ्यू र अण्डा

मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि पुर्चाैडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत ‘उपप्रमुखको कोसली’ कार्यक्रम सञ्चालन गरेको छ ।

सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले जानकारी दिनुभयो । सो कार्यक्रमअन्तर्गत सुत्केरी भएका महिलाले उपप्रमुखको तर्फबाट पोषण तथा सरसफाइ प्रवद्र्धन किट प्राप्त गर्ने छन् । बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत उक्त कार्यक्रम लागू भएको हो ।

चार पटक गर्भवती जाँच गरेको, स्वास्थ्य संस्थामै सुत्केरी भएको र सुत्केरी भएपश्चात सात दिनसम्म कम्तीमा तीन पटक सुत्केरी जाँच गराएको हुनुपर्ने लगायतका मापदण्ड पूरा गरेका महिलालाई उपप्रमुखको कोसेली प्रदान गरिनेछ ।

 

सुत्केरी भएका महिलाले उक्त मापदण्ड पूरा गरे नगरेको सम्बन्धित स्वास्थ्य संस्थामा अभिलेख रहने बताइएको छ । मातृ मृत्युदर र शिशु मृत्युदरलाई कम गर्नका लागि पोषण तथा सरसफाइ सामग्रीसहितको झोला उपप्रमुखको तर्फ सुत्केरी महिलालाई प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाका सुत्केरी महिलालाई आफूले पोषणसँगै सरसफाइ किट वितरण गर्ने नगर उपप्रमुख जानकी बमले बताउनुभयो । संस्थागत सुत्केरी कायम गर्नमा सहयोग र सुत्केरी पश्चात हुने आमा शिशुको स्वास्थ्यमा समेत कुनै असर नपर्ने लगायतको उपलब्धि हासिल गर्न यस कार्यक्रमले सहयोग पुग्ने उहाँ बताउनुहुन्छ ।

 

पोषणमा सुत्केरी महिलालाई घ्यू र अण्डा दिइने छ भने सरसफाइ किटमा साबुन, तेल, ब्रसलगायत सरसफाइका सामग्री दिइनेछ । सुत्केरी भएको सातौं दिनमा उपप्रमुखले उक्त कोसेली वितरण गर्ने बताइएको छ । सो कार्यक्रमका लागि नगरपालिकाले रु सात लाख छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...