डा. गोविन्द केसीका माग पूरा हुँदै, यस्तो बन्ने भो चिकित्सा विधेयक



हाम्रो इकोनोमि

 

चिकित्सा शिक्षा विधेयकका विवादित विषयमा सहमति जुटाउन गठित संसदको शिक्षा स्वास्थ्य उपसमितिले सोमबार मूल समितिलाई प्रतिवेदन बुझाउँदैछ ।

डा.गोविन्द केसीसँग सरकारले गरेको सहमति र चिकित्सा शिक्षा विधेयकबारे सांसदहरुले गरेको संशोधन प्रस्तावलाई मुख्य आधार मानेर यो प्रतिवेदन तयार पारिएको हो ।

उपसमितिले तयार पारेको प्रतिवेदन अनुसार विधेयक तयार भएमा डा. गोविन्द केसीका मागहरु पूरा हुने सरकारी अधिकारीहरुको तर्क छ ।

संसदको हिउँदे अधिवेशन बुधबारबाट सुरु हुँदैछ । संसद सुरु हुनुअगावै चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गरिसक्ने समितिको तयारी छ ।

शिक्षामन्त्री पोखरेलसहितको उपस्थितिमा सोमबार शिक्षा स्वास्थ्य समितिको बैठक बस्दैछ ।

मेडिकल कलेज खोल्नेबारे के भयो ?

शिक्षा स्वास्थ्य उपसमितिले तयार पारेको प्रतिवेदनमा कुनै पनि सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएको प्रदेशमा नेपाल सरकारले आगामी ५ वर्षभित्र कम्तिमा एउटा सार्वजनिक मेडिकल कलेज सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

विधेयकको दफा ४५ मा शिक्षण संस्था आपसमा गाभिन सक्ने (शिक्षण संस्था तोकिए बमोजिम एक आपसमा गाभिन सक्ने) व्यवस्था छ ।

उक्त विधेयकको दफा पछि ४५ पछि दफा ४६ थप गरी नेपाल सरकारले शिक्षण संस्था सञ्चालन गर्न सक्ने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ओली पक्राउको विरोधमा एमाले सडकमा

    एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन...

सरकारले प्रतिशोधी निर्णय गर्‍यो : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको...

स्वास्थ्य परीक्षण गर्न ओलीलाई टिचिङ अस्पताल लगियो

     नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न...