मेलम्चीमा अर्बौको घोटला भएको पर्दाफाँस, खानेपानी मन्त्रीमाथि शंका



हाम्रो इकोनोमि

 

खानेपानी सचिव र कार्यकारी निर्देशकले मेलम्ची आयोजनालाई अल्मल्याउन खोजेको आरोप लागेको छ । साथै खानेपानी मन्त्री वीना मगर पनि सचिवको योजनामा चलेकाले मेलम्ची आयोजना संंकटमा परेको कतिपय विज्ञहरु बताउँछन् ।

 

खानेपानी मन्त्री बनिा मगरले इटालियन कम्पनीसँग सचिव मार्फत चार अर्ब मागेपछि मेलम्चीमा खानेपानी आयोजनामा गोलमाल सुरु भयको स्रोतको दाबी छ ।  इटालियन कम्पनीले मागेजति रकम नदिएपछि सीएमसीले आफ्ना कामदारहरु नयाँ वर्ष मनाउन बाहिर जान लागेको भन्दा भन्दै समातेर थुनेको दाबी कम्पनीले गरेको छ । अब कमिसन रकममा कुरा मिलेकोले फेरी इटालियन कम्पनीले नै काम गर्ने भएको छ ।

 

ठेकदार कम्पनीका मानिसहरुलाई गिरफ्तार गरिएकोमा सरकारले कच्चा खेल खेलेको बताउनेहरु पनि छन् । खानेपानी मन्त्रालयका सचिवले म्याद थपका लागि कमिसन मागेको र काम सक्ने बेलामा कम्पनीलाई दुःख दिएको चर्चा पनि यसवीचमा चलेको छ ।

 

उपत्यकाबासीको दुई दशकदेखिको सपना मेलम्ची खानेपानी आयोजना कमिसनको जालोमा अल्झिएको छ । खानेपानी मन्त्रालय र आयोजनाका कर्मचारीले कमिसन पाउन नसक्दा इटालियन ठेकदारलाई भगाउने खेल सुरु भएको छ ।  यससम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो दिएका छन् ।

 

प्रधानमन्त्रीको चासोपछि बिहीबार संसदको अर्थ समितिले यससम्बन्धि छलफल गर्न बैठक बोलाएको छ ।  खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजनाका प्रमुख सुर्यप्रकाश कँडेलका कारण मेलम्ची आयोजना अन्योलमा परेको हो ।

 

उनीहरुले प्रधानमन्त्री ओलीलाई असफल बनाउन इटालियन ठेकेदार कम्पनीलाई विभिन्न बहाना बनाएर दुःख दिन थालेका छन् । यदि इटालियन कम्पनी सिएमसीसँग भएको सम्झौता पालना गर्ने हो भने मेलम्चीको पानी फागुन महिना भित्र काठमाडौं आउने छ । काठमाडौंबासीले सरकारको जयजयकार गर्नेछन् । मेलम्ची खानेपानी आयोजनाका अनुसार टर्नेल २७ किलोमिटर बनिसकेको छ ।

 

अब ९ सय मिटर मात्र लाइनिङ गर्ने काम बाँकी छ । नौ सय मिटर टर्नेल लाइनिङ काम सम्पन्न गर्ना साथ पानी काठमाडौं पठाउन मिल्छ । तर, मन्त्रालयका सचिव ठाकुर र आयोजना प्रमुख कँडेलले ठेकेदार कम्पनीलाई दिनुपर्ने भुक्तानी समेत नदिएकाले ठेकेदार कम्पनीले भुक्तानीका लागि दबाव दिन काम रोक्न बाध्य भएको छ ।

 

ठेकेदार कम्पनीले भूकम्प र नाकाबन्दीका कारण समयमा काम सम्पन्न हुन नसकेको र निर्माण सामग्री, ज्याला आदीको भाउ बृद्धि भएकाले ६० करोड रुपैयाँ ‘भेरिएशन’ माग गरेको छ । त्यो रकम भुक्तानी नहँुदा ठेकेदार कम्पनीले बजारबाट उठाएका निर्माण सामग्री र बैंकको ब्याज समेत तिर्न सकेको छैन । सिमेन्ट, छड र निर्माण सामग्री सप्लार्य गर्नेहरुले भुक्तानीका लागि चेक बुझिसकेका छन् ।

 

ती चेकको मिति पनि गुज्रिसकेको छ । तर, पनि आयोजना समयमै सम्पन्न गर्ने्तिर खानेपानीमन्त्री विना मगर, सचिव ठाकुर र आयोजना प्रमुख कँडेल गम्भीर नहुनुले उनीहरुको नियत ठीक देखिँदैन । भेरिएशन र डिव्युट वोर्डले गरेको निर्णया समेत उनीहरुले रोकेर राखेका कारण ठेकेदार कम्पनी ठूलो समस्यामा परेको छ ।

 

मन्त्रालय र आयोजनाका भंष्ट मानसिकताका कारण आयोजना अनिश्चित बन्दै गएका बेला आफ्नो कमजोरी लुकाउन  क्रिशमस मनाउन घर जाँदै गर्दा एकजना फिलिपिनो नागरिकलाई सचिव ठाकुर आफैँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर फर्काएको छ । कम्पनीका अर्का कर्मचारीलाई ठमेलबाट भाग्न खोजेको आरोपमा उनको पासपोर्ट खोसाएको छ ।

 

इटालियन कम्पनीमा विभिन्न देशका नागरिकहरुले काम गर्दै आएका छन् । तिनीहरु क्रिसमस मनाउन विदामा आ–आफ्नो देश फकँदैछन् । तर, नेपाल सरकारकै बेइज्जत हुने गरी इटलियन कम्पनी भाग्न खोजेको आरोप सचिव ठाकुरले लगाउनु मेलम्चीको पानी समयमा काठमाडौं ल्याउनुबाट रोक्नु हो ।

 

यसले ओली सरकार अझ आलोचित हुने पक्का छ ।   सचिव ठाकुर र आयोजना प्रमुख कँडेल प्रधानमन्त्री ओलीले भने झैँ ‘ठाउँका ठाउँ कारबाही गर्नु पर्ने’ कर्मचारीमा पर्छन् ।

 

मेलम्ची आयोजनाबाटै यिनीहरुले अकुत सम्पति जोडेका छन् । अहिले पनि ‘भेरिएशन’ र डिब्युट बोर्डबाट आउने करोडौँ रकममा ‘बार्गे्निङ’ नमिलेको कारण नियतवस ठेकेदार कम्पनीलाई दोषरोपण गरिएको मेलम्ची आयोजनाकै कर्मचारीहरु बताउँछन् ।

 

मेलम्ची जस्तो महत्वपूर्ण आयोजनालाई अन्तिममा आएर असफल बनाउन खोजेको आरोपमा प्रधानमन्त्री कार्यालयले सचिव ठाकुर र आयोजना प्रमुख कँडेलमाथि कारबाही गर्ला भनेर हतार हतार गएको राति ठेकेदार कम्पनीसँग सचिवले वार्ताको नाटक गरेका छन् ।

 

यो विषयमा खानेपानी सचिव र आयोजना प्रमुख कँडेललाई प्रधानमन्त्री कार्यालयले  छानबिन अघि बढाउने तयारी गरेको छ । संसदको अर्थ समितिले पनि वास्तविकता बाहिर ल्याउने अपेक्षा गरिएको छ ।

 

मेलम्चीमा फर्कन इटालियन कम्पनी तयार, दूतावासले जिम्मा लियो सीएमसीका कामदार

मेलम्ची खानेपानी आयोजनाको काम छाडेको इटालियन ठेकदार कम्पनी सीएमसी काममा फर्किन तयार भएको छ । सीएमसीले यसअघि १७ डिसेम्बरमा एकतर्फी ठेक्का तोडेको जानकारीसहितको पत्र (लेटर अफ टर्मिनेसन) सरकारलाई बुझाएको थियो ।

 

मेलम्ची खानेपानी बोर्डमा शुक्रबार अर्को पत्र पठाउँदै सीएमसीले आफ्ना कामदारहरु नयाँ वर्ष मनाउन बाहिर जान लागेको दाबी गर्दै अंग्रेजी नयाँ वर्षपछि पुनः काममा फर्किने बताएको छ ।

 

‘उसले काममा फर्किन्छु भनेर पत्र दिएको छ, अब यसैका अधारमा अघि बढ्ने कि नबढ्ने भन्ने निर्णय खानेपानी मन्त्रालयले नै गर्छ,’ आयोजना स्रोतले भन्यो, ‘उसको पत्र मन्त्रालयस्तरमा भएको सहमतिका आधारमा आएको हुन सक्छ ।’

 

सीएमसीले काम छाडेपछि सरकारले उसको २ अर्ब धरौटी रकम रोक्का गरेको थियो । तर, उच्च अदालत पाटनले सरकारको त्यो निर्णय खारेज गर्दै दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो ।

 

तर, यो मुद्दामाथिको बहस फेरि आगामी शुक्रबारलाई सारिएको छ । अब यहीबीचमा सीएमसीले पनि ‘लेटर अफ टर्मिनेसन’ फिर्ता लिँदै काममा फर्किने जानकारी दिएको हो ।

 

इटालियन कम्पनी सीएमसीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापालगायतको टोली र नेपाल सरकारको तर्फबाट पूर्वन्यायाधीवक्ता रमण श्रेष्ठलगायतको टोलीले बहस गर्दै आएका छन् ।

 

दूतावासको रोहबरमा सीएमसीका कामदार छुटे

मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवर्क्सको जिम्मा पाएको सीएमसीले सुरुङमार्ग खनेर फिनिसिङको काम पनि अन्तिम चरणमा पुर्‍याएको अवस्थामा ठेक्का छाडेको जानकारीसहितको पत्र आयोजनालाई दिएको थियो ।

 

पत्र बुझाउनुभन्दा अघिल्लो दिनमा नै विदेश उड्न लागेका ठेकेदार कम्पनीका प्रतिनिधिलाई दरबारमार्ग प्रहरीले ठमेलबाट नियन्त्रणमा लिएर सरकारलाई बुझाएको थियो ।

 

उनीहरुको पासपोर्टसमेत जफत गरेर खानेपानी मन्त्रालयका अधिकारीहरुलाई प्रहरीले जिम्मा लगाएको थियो । तर, दूतावासको एउटा पत्रपछि सीएमसीका प्रतिनिधिहरु छुटेका छन् ।

 

मन्त्रालय स्रोतका अनुसार, दूतावासले खानेपानी मन्त्रालयलाई पत्र लेखेर सीएमसीका कामदारहरुलाई अंग्रेजी नयाँ वर्षपछि फर्काउने बताएको छ । सोही लिखित वचनको आधारमा मन्त्रालयले कामदारहरुको राहदानीसमेत फिर्ता दिएको छ ।

 

‘दूतावासका मान्छेले जनवरीमा सीएमसीका कामदारलाई फर्काउँछौं, उनीहरु काम गर्न आउँछन्, त्यसको जिम्मा हामी लिन्छौं भनेर पत्र नै पठाएपछि छाडियो,’ मन्त्रालय स्रोतले  भन्यो ।

 

तर, ढुक्क छैनन् मन्त्रालयका अधिकारी

दूतावासले सीएमसीका कामदारलाई नयाँ वर्षपछि नेपाल फर्काउने पत्र र सीएमसी स्वयंले पनि काम सुरु गर्ने बाचा गरे पनि खानेपानी मन्त्रालय भने पूर्णविश्वस्त हुन सकेको छैन ।

 

सीएमसीको पछिल्लोपटक थपिएको म्याद यही डिसेम्बर महिनामा सकिँदैछ । अब ठेक्काको म्याद सकिन ८ दिनमात्र बाँकी छ । यो ८ दिनभित्र नवीकरण नभए धरौटी रकम जफत गर्न कानुनी अड्चन पर्छ ।

 

यसबारे अदालतमा पनि कानुनी लडाइँ जारी छ । पाटन उच्च अदालतले मेलम्ची मुद्दाको अर्को सुनुवाई आगामी शुक्रबारलाई तोकेको अवस्था छ ।

 

‘यता अदालतको फैसला ढिला आउने र उता ठेक्काको म्याद पनि सकिने भएमा धरौटीवापतको दुई करोड रकम स्वतः उनीहरुको खातामा जान्छ,’ मेलम्ची खानेपानी आयोजनाका एक अधिकारीले भने, ‘क्रिसमस मनाएर फर्किने भन्ने बाहानामात्रै हो कि साँच्चै हो, अझै विश्वस्त हुन सकिरहेका छैनौं ।’

 

यसअघि मन्त्रालयका अधिकारीहरुसँगको छलफलमा मेलम्चीको ठेकेदारका प्रतिनिधिहरुले आफूहरुको कम्पनी सीएमसी टाट पल्टिएको भन्दै कम्पनीबाट थप रकम अब नआउने, तर नेपाल सरकारले दिनुपर्ने रकम दिएमा काम सम्पन्न गर्ने बताएका थिए । यो विवादपछि आगामी वैशाखभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने योजनासहित काम गरिरहेको सरकारलाई सीएमसीमा उत्पन्न समस्याले चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस
ओली पक्राउको विरोधमा एमाले सडकमा

    एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन...

सरकारले प्रतिशोधी निर्णय गर्‍यो : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको...

स्वास्थ्य परीक्षण गर्न ओलीलाई टिचिङ अस्पताल लगियो

     नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न...