आईजीपी नातेदार हाे भन्दै ४२ लाख ठगी गर्ने ओझा कारागार चलान



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल आफ्नो नातेदार भन्दै नक्कली कम्पनी खडा गरेर ४२ लाख ठगी गरेको आरोपमा गुणराज ओझालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

 

मोरङको लेटाङ – ३ घर भइ विराटनगर बस्दै आएका ५१ वर्षीय ओझाले २४ जना व्यक्तिबाट ४२ लाख २४ हजार २ सय ८० रुपैयाँ ठगी गरेको खुलेपछि जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

 

‘तमोर मेवाखोला जलविद्युत्त आयोजना पब्लिक लिमिटेड र बिजनेस म्यानेजमेण्ट ग्रुप (बिएमजी)’ नामक नक्कली कम्पनी खोलेर ५० जनालाई विभिन्न मितिमा नियुक्ति दिएका ओझाले कर्मचारी, व्यपारी र घरबेटीबाट ४२ लाख रुपैयाँ ठगी गरेका हुन् ।

 

२०७४ सालमा कम्पनी स्थापना गरी कर्मचारीलाई नियुक्ति दिएका ओझाले कर्मचारीलाई तलब दिएका थिएनन् । जलविद्युत कम्पनीमा सेयर दिलाउने आश्वासन दिदै ओझाले कर्मचारीहरुबाट ५ हजारदेखि २ लाख ५० हजार रुपैया सम्म ठगी गरेका थिए ।

 

तलब माग्दा नदिएका ओझाले आइजिपी आफ्नो भान्जे ज्वाई भएकाले कतै उजुरी गरे ठीक नहुने बताउदै आएका थिए । सरकारी स्तर अनुसार सेवा सुविधा पाउने गरी नियुक्ति पाएका कर्मचारीले तलब नपाएपछि श्रम कार्यालय विराटनगरमा उजुरी गरेका थिए ।

 

उजुरी पछि पक्राउ परेका ओझा विभिन्न मितिमा कर्मचारी र अन्य व्यक्तीलाई ठगी गरेको खुलेको थियो ।

 

ओझाले सुनकोशी फर्चिनरको बढी रकम ठगी गरेको भेटिएको छ । जलविद्युत आयोजना प्रालि नाममा एकनाथ ढकाल सञ्चालक रहेको फर्निचर पसलबाट ५ लाख ८५ हजार ६ सय ५६ रुपैयाँ बराबरको सामान लगेका थिए ।

 

त्यस्तै राजेन्द्रप्रसाद अधिकारीको ४ लाख, मालता काफ्ले अधिकारीको ३ लाख ५१ हजार २०, इन्दिरा काफ्ले ढकालको २ लाख ३९ हजार, नितेश खतिवडा १ लाख ९८ हजार ७ सय ५० रुपैयाँ ओझाले ठगी गरेको देखिएको छ । ओझाले कर्मचारीहरुबाट पनि ५ हजार देखि ३ लाख रुपैयाँसम्म ठगी गरेका थिए ।

 

२०७४ चैतदेखि यता विभिन्न मितिमा कर्मचारी नियुक्ति गरी उल्टो ऋण लिएर सम्पर्कविहीन भएका ओझा महिनौंसम्म तलब नदिई सम्पर्कविहीन भएपछि खोजी गर्दा कम्पनी नै फर्जी भएको खुलेको थियो । उनले कम्पनी रजिष्ट्ररको कार्यालयमा समेत दर्ता नभएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...