नेकपाको बैठकमा एकनाथ ढकालको सम्पत्ति सरकारीकरण गर्न माग



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा सबैभन्दा बढी पेचिलो रुपमा देखा परेको सरकार, संसद र माधव कुमार नेपालको युनिफिकेशन चर्च मातृ संस्था रहेको युनिफिकेशन पिस फेडेरेशनको सम्मेलनको संलग्नतालाई नेता माधव कुमार नेपालले सफाई दिएता पनि त्यसले विवादलाई साम्य गर्न नसकेको खुलेको छ ।

 

उनले युनिफिकेशन पिस फेडेरेशन नराम्रो संस्था नभएको, सम्मेलनले नेपाललाई कुनै नराम्रो नगरेको, आफू उसको कार्यक्रममा मात्र ६ पटक सहभागि भएको स्पष्टिकरण दिएका थिए ।

 

अघिकांश स्थायी सदस्यहरुले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनबारे टिप्पणी गर्ने क्रममा त्यसबारे प्रश्न तेर्साएपछि बैठकको आठौँ दिनमा नेताले सम्मेलनमा आफ्नो संलग्नताले मुलुकको शान बढाएको सफाई दिने कोशिस गरे ।

 

नेपालको त्यस्तो सफाई आएलगत्तै यसअघि नै यो मामिलालाई लिएर आक्रोशित बन्दै आएका नेता नारायणकाजी श्रेष्ठ, भीम रावल, योगेश भट्टराई, घनश्याम भुषाल, रघु पन्त, अग्नी सापकोटा लगायतले एकपछि अर्को गर्दै नेपालमाथि प्रश्नहरु वर्षाएका थिए। र उनीहरुले नेतृत्व र नेपाल दुवैले समिटमा आफ्नो संलग्नतालाई लिएर स्पष्टिकरण नै दिनु पर्ने माग समेत गरेका थिए ।

 

तर सरकार प्रमुख केपी शर्मा ओलीले समिटमा आफ्नो संलग्नताबारे उठेको प्रश्नको जवाफ नदिई अव यस मामिलालाई चर्काउन नहुने र केही कुरा गर्नु परेमा आगमी राजनीतिक प्रतिवेदनमा समावेश गरिने भन्दै तातिएको माहोलालाई शान्त बनाउने कोशिस गरेका थिए ।

 

स्रोतका अनुसार समिटको बचाउमा प्रधानमन्त्री ओली उत्रिएपछि प्रवक्ता श्रेष्ठले सन् २०१२ को प्रसंग उठाउँदै त्यतिबेला आफु परराष्ट्रमन्त्री भएका बेला एकनाथ ढकाललको यस्तै कार्यक्रम गर्ने प्रस्ताव आउँदा अस्वीकार गरेको र होटल र्याडिसनमा योजना बनेदेखिनै पछिल्लो समिटिको बिरोध गर्दा पनि नेतृत्वले गम्भीररुपमा नलिएको गुनासो गरेका थिए। ‘ मैले यस्तो कार्यक्रम नेपालका लागि उपयुक्त छैन भनेर नै सन् २०१२ मा अस्वीकार र विरोध गरेको थिएँ।

 

त्यसैको पृष्ठभूमिमा अहिले पनि यो कार्यक्रम गरेमा प्रधानमन्त्री फस्दै हुनुहुन्छ भनेर सचेत गराएको थिएँ तर बेवास्ता गरियो र यस्तो परिणाम आयो,’श्रेष्ठको भनाईलाई उद्धित गर्दै स्रोतले भन्यो।

 

श्रेष्ठपछि  भीम रावलले  समिटमा सरकार, संसद र शीर्ष नेताको संलग्नतालाई लिएर आत्मआलोचना नै गर्नु पर्ने माग गरेका थिए। सरकारले चर्चसँग आवद्ध संस्थाका नेतृत्वकर्ता एकनाथ ढलालको सम्पत्ति र त्यसको श्रोतको धानविनको माग समेत  रावलले उठाएका छन्।

 

नेता अग्नी सापकोटाले यसैप्रसंगलाई उठाउँदै नेपालले राष्ट्रियतासँग कुनै पनि सम्झौता गर्न नहुने र राष्ट्रियतालाई झुकाउने काम नेताहरुबाट हुन नहुने भन्दै आक्रोशित बनेका थिए। ‘हामीले शीर ठाडो हुने काम गर्नु पर्छ । गल्ती भयो यसलाई सच्याउनु पर्छ अर्थात आत्मालोचना गर्नै पर्छ,’ नेता सापकोटाको भनाईलाई उद्धित गर्दै स्रोतले भन्यो।

 

योगेश भट्टराई, घनश्याम भुषाल, रघु पन्तले पनि समिटमा सरकार, संसद र नेताहरुको संलग्नतालाई सामान्यरुपमा लिन नमिल्ने भन्दै नेतृत्व र नेता नेपालले स्पष्टीकरण दिनु पर्ने बताएका थिए।

 

उनहरुले समिटको जति बचाउ गरेपनि यसले समग्र मुलुकलाई अफ्ठेरोमा पारेको भन्दै यसबाट पन्छिन नमिल्ने र यसै बैठकबाट उपयुक्त निर्णय लिनु पर्ने बताएका थिए।

 

स्रोतका अनुसार त्यसपछि नेपाल मौन रहे। तर प्रधानमन्त्री ओलीले जे भयो ठिकै भयो, के गल्ती गरेका छौँ र ? अव यसलाई नउचाल्दा राम्रो भन्ने प्रतिक्रिया दिएका थिए।

 

करिव डेढ घण्टा यसै विषयमा केन्द्र भएको आइतबारको स्थायी समिति बैठकमा नेताहरुको आरोपप्रत्यारोप नसकिएपछि फेरी साँझ चार बजे बस्नेगरी उनीहरु छुटिएका छन्।

 

बैठकमा सदस्यहरुका अनगिन्ति असन्तुष्टीहरु आएपछि अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन कसरी परिमार्जित गर्ने भन्ने भन्ने विषयलाई लिएर अन्यौलमा परेको छ। त्यसकारण पनि स्थायी समिति बैठ अझै लम्बिने संभावना बढेको हो।

प्रतिक्रिया दिनुहोस
एमालेबाट कीर्तिपुरको मेयरमा मानन्धर सिफारिस

    नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार

चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला

    नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी

एमालेबाट उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन

    नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी

माओवादीको केन्द्रीय कमिटी बैठक नबस्ने

    नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ