कात्रो सँगै बेरिए सपनाहरु: पढाई सुरु भएको एक महिना नहुँदै रित्तियो शिक्षालय !



हाम्रो इकोनोमि

 

दाङको तुलसीपुर उपमहानगरपालिका– ३ को राम्रीमा दुर्घटनामा परी मृत्यु भएका जुम्लाका ६, र डोल्पाका १ जना गरी आज ७ जना विद्यार्थीलाई शनिबार दाङबाट नेपाली सेनाको हेलिकोप्टबाट जुम्ला पठाउनका लागि शव टरिगाउँ विमान स्थलमा । तस्वीर : नारायणी रजौरे, दाङ

दाङ – तुलसीपुर–३ मा शुक्रबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने २३ जनाकै सनाखत भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्वका एक-एकजनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।

रित्तियो शिक्षालय

दुर्घटनामा परेका विद्यार्थीले अध्ययन गर्ने घोराही १७ स्थित सहिद कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय सुनसान भएको छ । जिल्लामै पहिलोपटक वनविज्ञान अध्यापनका लागि शिक्षालयले अनुमति पाएको थियो । करिब एक महिनाअघिबाट मात्र शिक्षालयमा पढाइ सुरुभएको थियो ।

४० जना विद्यार्थी अध्ययनरत शिक्षालयबाट शुक्रबार ‘बोटनी’ र ‘जुलोजी’तर्फका ३२ जना विद्यार्थी र दुईजना शिक्षक अध्ययन भ्रमणका लागि सल्यानको कपुरकोट पुगेका थिए । शिक्षालयका १९ जना विद्यार्थी र दुईजना शिक्षकको दुर्घटनामा मृत्यु भएको शिक्षालयका प्रिन्सिपल यादव सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...