आर्थिक अभावका कारण म्यादी प्रहरी बनेका रवि बन्लान् त नेपाल आइडल ?



हाम्रो इकोनोमि

 

नेपाल आइडलको ग्रान्ड फिनालेमा चार जना प्रतिस्पर्धीबीच शुक्रबार साँझ भिडन्त हुँदैछ । नेपाल आइडलको फाइनलमा पुगेका रवि ओडको पृष्ठभूमी धेरैलाई थाहा छ । अझ जिवनमा उनले गरेका संघर्षको बारेमा भने कमैलाई थाहा होला

रविले भोगेको दुख र उनको संघर्षले बताउँछ कि उनि एकदिन सफलाताको शिखरमा अवश्य पुग्नेछन् ।

परिवारमा केही आर्थिक सहायता हुन्छ भनेर २०७० सालमा भएको निर्वाचनमा रवि म्यादी प्रहरीमा भर्ना भएका थिए । अर्थिक अवस्था कमजोर रहेका रविका बाबु रोजगारीको सिलसिलामा भारतमा छन् । रवि पनि केही बर्ष पहिले बाबुसँगै भारत गएका थिए । तर उनी धेरै समय भारत बसेनन् र नेपाल फर्किए ।

नेपाल आईडलको फाईनलमा पुगेर प्रतिस्पर्धा गरिरहेका रवि नेपाल आइडलका मुख्य दाबेदार हुन् । नेपाल आइडलको डेन्जर जोनमा नपरेका रवि देश विदेशबाट धेरै दर्शकको माया, साथ र सहयोग प्राप्त गर्न सफल भएका छन् ।

यसैबीच, सुदूरपश्चिम धनगढीबाट रवि ओड सहित पोखराका बिक्रम बराल र झापाबाट अश्मिता अधिकारी र सुमित पाठक नेपाल आइडलको फिनालेमा पुग्न सफल भएका छन् ।

फिनालेमा पुगेका ४ जनाबाटै शुक्रबार साँझ नेपाल आइडल २ को टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...