भारतलाई ठुलो झड्का : भारतीय ‘रुपैयाँ’ बन्द गरेर नेपालमा चिनियाँ ‘युआन‘ चलाउने तयारी



हाम्रो इकोनोमि

 

दक्षिणी छिमेकी मुलुक भारतको रुपैयाँ बन्द गराएसंगै नेपालले चिनियाँ ुयुआनु लाई पनि चलाउने तयारी थालेको छ । त्यसैपनि नेपालमा भारतीय नोटको कारोबार राम्रैसंग हुने गरेको छ तर पछिल्लो निर्णय अनुसार अब भने १०० रुपैयाँको नोट बाहेक अन्य नोट चल्ने छैन ।

यद्यपी, भारतीय सञ्चार जगतले नेपालमा भारतीय रुपैयाँ बन्द हुनुमा भारत सरकारको गल्ती प्रमुख कारण रहेको उल्लेख गरेको छ । भारतको १६ वर्ष पुरानो र विभिन्न ७ राज्यबाट प्रकाशित हुने स्थापित पत्रिका अमर उजाला राष्ट्रिय दैनिकले पनि यस मुद्दालाई निकै प्रथमिक्ताका साथ समाग्री प्रकाशन गरेको छ ।

उस्को अनलाईन संस्करणमा एक भारतीय लेखकले आफ्नो निजी लेख मार्फत् यस्तो धारणामा व्यक्त गरेका हुन् । उनले नेपाल र भारतको सम्बन्ध विग्रिँदो अवस्थामा रहेको भन्दै नेपालमा भारु बन्द भएपछि पाकिस्तानमा जस्तै चिनियाँ नोट चलाउन सक्ने आशंका समेत व्यक्त गरेका छन् ।

लेखक राजेश वादलको लेखमा नेपालमा १२ वर्ष अघि नेपालले हिन्दू राष्ट्रको वस्त्र खोल्न बाध्य भएको समयमा भारतसँग सहकार्यको हात बढाएको भएपनि सो समयमा भारतले केही पनि नगरेपछि भारतसँग नेपालीहरु केही हदसम्म असन्तुष्ट रहेको भनिएको छ । पछिल्लो समय भुटानको मुद्रा सटही गर्दा पनि नेपालसँग रहेको पुरानो भारु सटही नगरेको कारण नेपालले भारु प्रतिन्धित गरेको उनले तर्क गरेका छन् ।

दुई वर्षअघि भारतले गरेको नोटबन्दीको समयमा नेपालमा रहेको भारु साट्नको लागि नेपालले भारतसँग पटकपटक आग्रह गर्दा पनि भारतले साटिदिएको थिएन । नेपालको आग्रहलाई पटक पटक वेवास्ता गर्दै आएको भएपनि भारत सरकारले भुटानसँग रहेको पैसा भने साँटिदिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

वादलले यस अघि नै सरकारले नोट नचल्ने घोषणा गरेको भएपनि प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको समयमा यो सुल्झिन सक्ने देखेर फेरि सो निर्णय केही समयको लागि फिर्ता लिएको र मोदीले केही पनि वास्ता नगरेपछि भने १० डिसेम्बरमा फेरि भारु चलन्दे निर्णय गरेको हो ।

लेखकले नेपालको केन्द्रीय बैंकमा ८ देखि १० करोड पुरानो भारतीय रुपैयाँ रहेको उल्लेख गरेका छन् । केन्द्रीय बैंक र जनतासँग गरी कूल २० करोड रुपैयाँको हाराहारीमा पैसा रहेको भन्दै त्यति पैसा भारतको एउटा उम्मेदवारले चुनावमा नै खर्च गर्ने रकम रहेको उनको ठहर छ ।

नेपाल बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानालाई उद्दृत गर्दै उनले लेखेका छन् ‘भुटानको पैसा साँटिने नेपालको किन नसाँटिएको ? नेपाललाई मात्रै यस विषयमा भेदभाव किन ? अहिले चीनसँग नेपाल नजिक हुन थालेपछि भारत मार्फत् नेपालको कूटनीति हेर्ने अमेरिका समेत नेपाललाई सीधा नजर राख्ने तयारी पुगेको छ । उसले यही रणनीति अनुरुप १७ वर्षपछि परराष्ट्र मन्त्रीलाई अमेरिका भ्रमणको लागि बोलाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...