काकडभिट्टाबाट बुटवलका लागि छुटेकाे बस खोलामा खस्यो



हाम्रो इकोनोमि

 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती –१४ मा विहीबार बिहान बस अनियन्त्रित भई खोलामा खसेको छ ।

काकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बसलाई ना ७ ख ३४४६ नम्बरको बसले ओभरट्याक गर्ने क्रममा ना ४ ख ७०४६ नम्बरको बस खोलामा खसेको हो ।

बस कावासोती १४ मा पर्ने झिनकी भणरिनिया खोलामा खसेको छ ।

बस खोलामा खस्दा २० जना घाइते भएको अनुमान गरिएको छ ।

खोलामा खसेको बसमुनी केही यात्रु च्यापिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३४ वर्षीय रमा तामाङ गम्भीर घाइते हुनुभएको छ ।

उहाँलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।

अन्यको कावासोतीका विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...