ससुराले गरे बलात्कार, श्रीमानले भने सहनु, २० वर्षे राधाले गरिन् आत्महत्या



हाम्रो इकोनोमि

 

भारतको मध्यप्रदेशमा एउटा गाउँको नाम हो बाजारिया । यो जूनमा त्यहाँ २० वर्षकी राधा (परिवर्तित नाम) को विवाह विवेक (परिवर्तित नाम) सँग भयो । विवाहलगत्तै उनका ससुराले उनको यौन शोषण गर्न सुरु गरेका थ्एि । तर उनी चुप बसिन् । एक दिन राधालाई घरमा एक्लो देखेर ससुराले उनको बलात्कार गरे । राधाले यसबारे सासु र श्रीमानलाई बताइन् । मद्दत पाउनुको साटो यी दुईले उल्टै राधालाई नै तथानाम गाली गरे । उनकी सासुले यसबारे कसैलाई भने नतिजा भयानक हुने चेतावनी दिइन् । यता श्रीमान् विवेकले यदि राधा उक्त घरमा बस्ने हो भने उनले यो सब सहनु पर्ने बताए ।

घरका कसैले पनि आफ्नो कुरा नबुझेपछि राधाले माइतीलाई यसबारे भनिन् । जब राधाले फोनमा यसबारे आफ्नी आमासँग कुरा गरिन् तब उनका श्रीमानले सबै सुने । त्यसपछि विवेकले राधालाई यातना दिन सुरु गरे । विवेकले राधाको फोन फुटाइदिए र उनलाई निकै कुटे । राधा त्यसपछि आफ्नो माइती गइन् । उनी यति विक्षिप्त भइसकेकी थिइन् कि उनले पंखामा झुण्डिएर आत्महत्या गरिन् ।

आत्महत्या गर्नुअघि राधाले श्रीमानसँग फोनमा कुरा गरेकी थिइन् । तर उनले राधाको कुरा सुनेनन् । आत्महत्या गर्न चाहेको हो भने गर्न सक्छौ भनेर फोन काटिदिए ।

राधा नरसिंहपुरमा थिइन् । उनको मृत्युपछि उनका आमा–बुवाको बयान लिइयो । उनका ससुरामाथि बलात्कारको मुद्दा दर्ता भयो र सासु र श्रीमानमाथि आत्महत्याका लागि उक्साएको आरोप दर्ता भयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...