नेकपा बैठकमा सुरेन्द्र पाण्डेले ओलीलाई भने, योगेशजीलाई किन मन्त्री नबनाएको
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा राजनीतिक प्रतिवेदनमाथि छलफलसँगै नेताहरुको घोचपेच चलिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्तावलाई लक्षित गरेर सार्वजनिक टिप्पणी गरेपछि नेता बामदेव गौतमले दुई तिहाई छँदैछ, संविधान संशोधन गरेर दुईटा प्रधानमन्त्री बनाउनुस्’ भन्ने चुनौती दिएका थिए । बुधबार भने मुख्यमन्त्री छाड्ने शंकर पोखरेलको चेतावनीमा नेता सुरेन्द्र पाण्डेले टिप्पणी गरेका छन् ।
दोहोरो जिम्मेवारी दिएको भन्दै धेरै नेताले प्रश्न उठाएपछि स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार भनेका थिए, ‘राजनीतिक जिम्मेवारी छडि्दँन, मेरै कारण समस्या भएको हो भने प्रदेशसभा सदस्यबाट राजीनामा दिन पाऊँ ।’
आफूले प्रदेशसभामा जान नचाहेको तर, ‘कृष्णबहादुर महरालाई दाङमा उम्मेदवार बनाउनुपर्ने भयो’ भन्दै दुबै अध्यक्षले आग्रह गरेपछि बाध्यताले मात्र गएको उनले भनाइ थियो । राजनीतिक जिम्मेवारी दिने बचन दुबै अध्यक्षले आफूलाई लिदएको उनको दाबी छ ।
तर, बुधबार बोलेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पोखरेललाई जवाफ दिएका छन् । दुबै अध्यक्षले भनेको भन्दै पोखरेलले ‘साइकोलोजिकल ब्लाकमेलिङ’ गरेर बैठकलाई प्रभावित पार्न खोजेको त होइन भन्ने उनको आशंका थियो ।
उनले भने, ‘अध्यक्ष केपी ओलीले योगेशजीलाई मन्त्री बनाउँछु भनेर सार्वजनिक रुपमा भनेको होइन । त्यो त केही भएन । बन्द कोठाभित्र केके भयो के ?’
ओलीमाथी प्रचण्ड पक्षधरको दवाव सुरुः कि पार्टी अध्यक्ष छोड, कि प्रधानमन्त्री !
नेकपाका प्रभावशाली नेता भीम रावल र घनश्याम भूसालले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध ‘जेहाद’ छेडिरहेका बेला पुुष्पकमल दाहाल प्रचण्ड निकट नेताहरुले एक पद छोड्न ओलीलाई दवाव दिन थालेका छन् ।
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति वरिष्ठ नेता माधव नेपाल समुहका नेताहरुले सार्वजनिक असन्तुष्टी पोखिरहेका बेला प्रचण्ड पक्षधर नेताहरुले प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक पद छोड्न ओलीलाई आग्रह गरेका छन् ।
‘तोकिएकै समयमा महाधिबेशन भएपनि अझै डेढ बर्ष लाग्छ, त्यो बेलासम्म पार्टी बर्वाद हुने निश्चित छ’, प्रचण्ड पक्षधर नेता लेखनाथ न्यौपानेले भने ‘पार्टी र सरकारलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीज्युले एक पद छोड्नु पर्दछ ।’
पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै ब्यक्ति हुँदा पार्टी र सरकार दुवै चल्न नसकेको उनीहरुले दावी गरेका छन् । सरकार सञ्चालनका लागि पार्टीभित्र एउटा शक्तिशाली सयन्त्र बनाउन पनि उनीहरुले माग पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष पद छोड्नु पर्ने पक्षमा नेकपा नेता बामदेव गौतम, मन्त्री बर्षमान पुन, सभामुख कृष्णबहादुर महरा, चक्रपानी खनाल, मन्त्री शक्तिबहादुर बस्नेतलगायतका नेताहरु रहेका छन् ।
कतिपय नेपाल पक्षधर नेताहरु पनि ओलीले पार्टी अध्यक्ष पद छोड्नु पर्ने पक्षमा उभिन थालेका छन् । उनीहरुले न पार्टी न सरकार चलाउन सकेको आरोप लगाउन थालेका छन् ।
पार्टी एकताको दिन दुई अध्यक्षत्मक प्रणालीको बचाउ गरेका प्रधानमन्त्री ओलीलाई यतिबेला सकस परेको छ । ‘नेकपा काठमाडौका सडकमा गुड्ने टेम्पु हो र , एउटा मात्र चालक हुने ! यो त जेठ विमान हो, जहाँ दुई पाइलट हुन्छन्’, पार्टी एकताका दिन दुई अध्यक्षत्मक प्रणालीको बचाउ गर्दै ओलीले भनेका थिए । तर उनले पार्टी र सरकारको जहाज चलाउन नसकेको आरोप प्रचण्ड पक्षधर नेताहरुले लगाउन थालेका छन् ।
पछिल्लो समय ओलीसँग रुष्ट बनेका प्रचण्डले पनि आफ्नो भूमिका खोजिरहेका छन् । आफु निकटका नेताहरुसँग उनले आफुलाई भूमिकाविहीन बनाइएको भन्दै गुनासो पोखेका छन् ।
प्रधानमन्त्री ओलीले समय दिन नसकेका कारण पार्टी एकताको प्रक्रियाले पूर्णता पाउन नसकेको उनले बताउन थालेका छन् । पार्टी एकता भएको ७ महिना पुगिसक्दा पनि जनवर्गिय संगठन र जिल्ला कमिटीको गठन हुन सकेको छैन ।
तीन घण्टा चलेकाे नेकपा स्थायी कमिटी बैठकमा राखे ८ सदस्यले राखे धारणा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आज पनि जारी रह्यो ।
झण्डै तीन घण्टा चलेको उक्त बैठकमा ८ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेको महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आजको बैठकमा देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, बर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प क“डेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेका थिए । बैठक बिहिबार पुन बस्नेछ ।