अब तिमी परीहरुसँग भेट्न जाँदैछौ भन्दै आमाले गरिन् ४ बर्षिय छोरीको हत्या



हाम्रो इकोनोमि

 

 

इङल्याण्डको साउथ वेल्स शहरमा एक महिलाले आफ्नै ४ बर्षिय छोरीलाई पानीमा डुबाएर हत्या गरेकी छिन् ।

महिलाका अनुसार देवदूत र जिससले उनलाई यसो गर्न भनेका थिए । महिलालाई आशा थियो कि उनकी छोरी २ दिनपछि जीवित हुनेछिन् । तर, यस्तो भएन ।

पुलिसले बालिकाको शव बगैंचामा राखिएको कफी टेबलमुनिबाट बरामद गरेको छ । अदालतमा सुनुवाइको क्रममा एक न्यायाधीशले बीचमा १० मिनेटको ब्रेक लिएका थिए किनकि उनले बालिकामाथि भएको क्रुरता सुन्न सकेनन् । अहिले यो मुद्दाको सुनुवाइ अदालतमा चलिरहेको छ ।

यो घटना यही जून महिनाको ८ तारिखमा साउथ वेल्सको टोर्निपेंडीमा भएको थियो । ३८ वर्षकी कार्ली हेरिसले आफ्नी ४ वर्षकी छोरी एमेलियाको हत्या गरेर बगैंचामा गाडेकी थिइन् ।

पहिले उनले छोरीलाई बाथटबमा डुबाएर मारेकी थिइन् त्यसपछि गार्डेनमा लगेर जलाएर गाडेकी थिइन् । एमेलियालाई मार्नुभन्दा पहिले कार्लीले उनलाई भनेकी थिइन् कि तिमी एन्जल (परी)सँग भेट्न जाँदैछौ जो तिमीले स्वर्गमा भेट्नेछौ । अदालतमा सुनुवाइको क्रममा छिमेकीले त्यसरात एमेलियाले मम्मी भन्दै चिच्याएको सुनेको बताएका छन् ।

सुनुवाइका क्रममा कार्ली मानसिक रोगी भएको बताइएको छ ।

महिलाका अनुसार उनले यो काम ईश्वरले भनेपछि गरेकी थिइन् । पुलिसलाई दिएको बयानमा उनले यो काम देवदूतले भनेर गरेको बताइन् । महिलालाई आशा थियो कि उनकी छोरी २ दिनपछि फर्किनेछिन् । हत्या गरेपछि कार्लीले आफ्ना १७ वर्षका छोरालाई भनेकी थिइन् कि एमेली स्वर्ग गएकी छिन् र २ दिनपछि फर्केर आउनेछिन् ।

उनको कुरा सुन्नाथ छोरा दौडिँदै बगैंचामा गए जहाँ उनले एक कम्बल राखिएको देखे । कम्बल हटाएर हेर्दा त्यहाँ उनकी बहिनीका जलेका खुट्टा देखिए । त्यसपछि उनले आमालाई चिच्याउँदै गाली गरेको आफूहरुले सुनेको छिमेकीले बयान दिएका छन् । छिमेकीका अनुसार उनीहरुले यही बीचमा महिलाका साना छोराले भनेको सुनेका थिए ‘पुलिसलाई फोन नगर मम्मी जेल जानुहुन्छ ।’

हिजोदेखि हराएका बालक स्कुलको सेफ्टी ट्यांकीमा मृत भेटिए

एक बालक स्कुलकै सेफ्टी ट्यांकीमा मृत अवस्थामा फेला परेका छन्। बुधबार बिहान उनको शव भेटिएको हो। मंगलबार बिहान स्कुल गएका बालक घर नफर्केपछि खोजीकार्य तीव्र पारिएको थियो।

दैलेख सदरमुकामस्थित सनराईज बोर्डिङ स्कुलमा युकेजीमा पढ्दै गरेका ६ वर्षीय हिक्मत शाहीको शव बुधबार बिहान सोही स्कुलको सेफ्टी ट्याङ्कीमा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले खोजीकार्य जारी रहेको बेला बालकको शव उनी पढ्दै गरेको स्कुलको सेफ्टी ट्यांकीमा भेटिएको जानकारी दिए।

बालक मृत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ। जिल्लाको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका-३ घर भएका बालकका आमाबुवा दैलेख सदरमुकामका खुद्रा व्यापारी हुन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...