बरु मुख्यमन्त्री छाड्छु, राजनीतिक जिम्मेवारीबाट हट्दिनँ: शंकर पोखरेल



 

प्रदेश ५ का मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीको राजनीतिक जिम्मेवारी नछाड्ने प्रष्ट पारेका छन् ।

 

पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इञ्चार्ज बनाएपछि नेकपाका नेताहरुले मापदण्डविपरित दोहोरो जिम्मेवारी दिइएको गुनासो गर्दै आएका छन् ।

 

मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै पोखरेलले मुख्यमन्त्री भए पनि राजनीतिक जिम्मेवारीबाट नहट्ने बताए । उनले भनेका छन्, ‘बरु मेरै कारण समस्या भएको हो भने प्रदेशसभा सदस्यबाट राजीनामा दिन पाऊँ ।’ दाङ २ को ‘क’बाट प्रदेशसभा सदस्य बनेका पोखरेल प्रदेश ५ का मुख्यमन्त्री हुन् ।

 

स्थायी समिति बैठकमा कसले के भने ?
वामदेम गौतम :
 सरकारलाई राम्रो काम गरेँ भन्नेछ । तर जनतामा राम्रो प्रभाव छैन । समाजवादमा जाने पार्टी निर्णय हो । अहिले जनताको जनवाद भनियो । मेरो असहमति छ । अन्तर्घात गर्ने पुरस्कृत भए । रामवीर घटनामा भारतले उचालेको भनि प्रचार गरियो ।

 

युवराज ज्ञवाली : तल पार्टी छैन । विधानबाट साम्यवाद हटाइएको छ । त्यसमा गम्भीर आपत्ति छ । कसैलाई दोहोरो जिम्मेवारी दिइयो । कोहीलाई कामै छैन । पार्टी छोडेर जाओस् भन्ने लागेको होला । कोही जाने छैनन् । कांग्रेस हुँ भनेर वक्तव्य दिनेलाई पनि प्रदेशमा ल्याइयो । पार्टी सदस्य नभएकोलाई पनि सरकारमा महत्वपूर्ण जिम्ेवारी सुम्पियो ।

 

अष्टलक्ष्मी शाक्य : वडा समितिमा पनि नभएकोलाई प्रदेशमा लगियो । ८० वर्षकोलाई पनि प्रदेशमा लगियो । यो नसच्याइ प्रदेशको बैठक राखिन्न । अष्ट्रेलियामा पीआर भएकालाई पनि प्रदेशमा ल्याइयो । तलबाट सिफारिस नै भएको थिएन ।

 

अग्नि सापकोटा : शान्ति प्रक्रियाको चर्चा प्रतिवेदनमा भएन । व्यक्तिगत अपराधी जस्तो भएर हिँड्नुपरेको छ । सरकारको काम पुगेन ।

 

घनश्याम भुसाल : कोर अफ लिडरसीप भनेर प्रतिवेदनमा भनिएको छ । त्यो भनेको के हो ? आफैँले घोषणा गरेर कोर बन्ने हो र ? डिएनए टेष्ट गरेर मात्रै प्रदेशमा ल्याइयो । गुटको नभए ल्याइएन । नेतृत्वले नियम पालना गरेन भने अरुले पनि पालना गर्ने जरुरत छैन ।

 

मुकुन्द न्यौपाने : पार्टी मुख्य हो । पार्टी भताभुंग स्थितिमा छ । सरकारको काम सन्तोषजनक छैन ।

 

हरिबोल गजुरेल : यो ००६ सालको पुष्पलालको पार्टी होइन । त्यसको निरन्तरता होइन । यो छलाङ र क्रमभंग हो । नयाँ नियम बनाउनु प¥यो पार्टीको ।

 

गणेश साह : म ठूलो पार्टीमा नबसेको र सानो पार्टी चलाउन नसकेको मान्छे हो । जिम्मेवारी केही छैन पार्टीमा । बाहिर बोल्दा निजी जस्तो भयो । दुइटै प्रतिवेदनलाई मिलाएर एउटै बनाउनु प¥यो ।

 

बेदुराम भुसाल : विधानबाट साम्यवाद हटाएकोमा गम्भीर आपत्ति छ । सरकारले राम्रो काम गर्न सकेन ।

 

शक्ति बस्नेत : सरकारमा प्राथमिकता किटान गरेनौं । सही सूचना  सम्प्रेषण भएन । सरकारको लोकप्रियता त्यति छैन ।

 

नेपाली कम्युनिष्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठकले पार्टीभित्र देखिएका सबै फरक मत र असन्तोषलाई सम्बोधन गर्दै चाँडै केन्द्रीय समितिको बैठक बोलाउने र त्यसबाट पार्टीलाई एकढिक्का बनाई जीवन्त पार्टी निर्माण गर्ने दिशामा महत्वपूर्ण निर्णय लिने नेताहरूले बताएका छन् । ऐतिहासिक अभिभारा पूरा गर्न सिंगो पार्टी एकढिक्का हुनुको विकल्प नभएको नेताहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमालेबाट कीर्तिपुरको मेयरमा मानन्धर सिफारिस

    नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार

चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला

    नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी

एमालेबाट उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन

    नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी

माओवादीको केन्द्रीय कमिटी बैठक नबस्ने

    नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ