नेकपाको आजको बैठकमा बामदेव ओली बिरुद्द यसरी जाई लागे,माधव नेपाल झन्डै भागे
मंसिर दोस्रो साता काठमाडौँमा भएको विवादास्पद एसिया-प्यासिफिक समिट सम्बन्धी विषयले सत्तारुढ नेकपा स्थायी समितिको जारी बैठकमा प्रवेश पाएको छ। पार्टीका बरिष्ठ नेता वामदेव गौतमले फरक मत मार्फत् यो विषय पार्टी बैठकमा प्रवेश गराएका छन्।
शनिबार (२९ मंसिर) देखि सुरु भएको स्थायी समिति बैठकमा गौतमले पेश गरेको प्रतिवेदनमा पार्टी नीति विरुद्ध अन्तर्राष्ट्रिय गैर सरकारी संस्थालाई सरकारी सहयोग र संरक्षण दिइएको भन्दै त्यसको आलोचना गरिएको छ।
‘कम्युनिष्ट पार्टीका सैद्धान्तिक मान्यताहरुको प्रबद्र्धनतर्फ एकातिर उदासिनता देखिँदैछ भने अर्काेतर्फ कम्युनिष्ट विचार र पार्टीका घोषित नीति विरोधी अन्तराष्ट्रिय गैरसरकारी संस्थालाई सरकारी सहयोग र संरक्षण दिइएको देखिएको छ’ गौतमले प्रतिवेदनमा भनेका छन्, ‘यस्तो प्रवृति हालै काठमाडौँमा आयोजित एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनमा प्रकट भएको छ।’
पार्टीका घोषित नीति विरुद्धमा रहेका अन्तराष्ट्रिय गैरसरकारी संस्थालाई सरकारले सहयोग र संरक्षण दिएको भन्दै सो समिटको गौतमले फरकमत मार्फत् विरोध गरिरहँदा अध्यक्षद्वय ओली र प्रचण्डले संयुक्त रुपमा पेश गरेको प्रतिवेदन यस विषयमा मौन बसेको छ।
ओली–प्रचण्डले संयुक्त प्रतिवेदनमा सरकार गठन भएयत ‘अनुकूल बाह्य सम्बन्ध’ निर्माण भएको दावी गर्दै यसबीचमा भएका विभिन्न सम्मेलन, भ्रमण आदिबारे चर्चा गरिएको छ। तर, सो विवादास्पद समिटबारे चाहिँ उल्लेख छैन।
तीन बर्षअघिको भारतीय नाकाबन्दीका कारण गत साल वर्तमान सरकार बन्ने बेलासम्म पनि नेपाल–भारत सम्बन्धलाई प्रभावित गरेपनि प्रम ओलीको राजकीय स्तरको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीद्वारा भएको नेपाल भ्रमणले विश्वासको नयाँ धरातल निर्माण भएको दावी गरिएको छ।
यसैगरी प्रम ओलीबाट भएको चीन भ्रमण र त्यसक्रममा भएका विभिन्न सम्झौता, संयुक्त राष्ट्रसंघको महासभाका लागि प्रमको अमेरिका भ्रमण, अध्यक्ष प्रचण्डबाट भएको भारत भ्रमणले पनि बाह्य सम्बन्धलाई मजवुत बनाउन भूमिका खेलेको चर्चा प्रतिवेदनमा छ। यसैगरी नेपालले सफल रुपमा बिमस्टेक सम्मेलन आयोजना गरेकोमा सबै सदस्य राष्ट्रले प्रसंशा गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
तर, सरकारकै संलग्नतामा आयोजना भएको एसिया–प्रशान्त समिटबारे चाहिँ प्रतिवेदनमा कुनै कुरा उल्लेख गरिएको छैन, जवकि सोही सम्मेलनको सिलसिलामा नेपालले बर्माकी स्टेट काउन्सिलर आङ सान सुकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्ता नेताले नेपालको औपचारिक भ्रमण गरेका थिए।
यो सम्मेलन सफलतापूर्वक सम्पन्न भएको र यसले नेपालको इज्जत विश्वमा बढाएको प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा नेता माधव नेपाल लगायतले गरेका थिए। यद्यपी, समिटमा क्रिश्चियन मिसनरीसँग सम्बन्धित ‘युनिभर्सल पिस फाउन्डेसन’ को संलग्नताको कारण यो विषय सत्तारुढ दलभित्रै पनि विवादको विषय बनेको थियो।
अध्यक्षद्वय ओली-प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव र काउन्टरस्वरुप गौतमले पेश गरेको फरक मतका सम्बन्धमा आज हुने बैठकमा छलफल हुनेछ। स्थायी समितिको बैठक आज ११ बजेदेखि सुरु भएको छ।
कुटाकुट भएपछि काँग्रेस महासमिति बैठक स्थगित
शीर्ष नेता नआएको भन्दै आजको काँग्रेस महासमिति बैठक दुई घण्टाका लागि स्थगित भएको छ । १२ बजेसम्म पनि शीर्ष नेताहरु बैठकका नआएपछि महासमिति सदस्यहरुले हो हल्ला गरेका थिए ।
शीर्ष नेताहरु विधान मस्यौदामा सहमति जुटाउन भन्दै विहानैबाट आपसी छलफलमा लागेपछि बैठकमा समयमै सहभागि हुन नसकेको बताइएको छ । १० बजे बैठक महासमिति बैठक सुरु भएपनि दुई घण्टासम्म नआएको भन्दै सदस्यहरुले होहल्ला गर्न थालेपछि बैठक स्थगित गरेको घोषणा गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए
विधान मस्यौदामा संस्थापन पक्ष र बरिष्ठ नेता पौडेल पक्षबीच पदाधिकारीको संख्याका विषयमा सहमति भएपनि निर्वाचन प्रकृयाकाबारेमा सहमति जुटेको छैन ।
यसबारे छलफल गर्न हाल केन्द्रीय समितिको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको प्रवक्ता शर्माले जानकारी दिए ।