नायिका वर्षा राउत नेपालका अघोषित वेश्यालयभित्र यौनकर्ममा लिप्त ! छोएमात्रपनि चार्ज {भिडियो सहित}



हाम्रो इकोनोमि

 

 

चर्चित नायिका बर्षा राउत वेश्यालयभित्र यौन कर्ममा लिप्त भएको अवस्थामा फेला पर्छिन् । उनी त्यहाँ पुरुषले छोएको मात्रपनि चार्ज लगाउछिन् । त्योपनि मेनू लिष्ट नै बनाएर । यो बास्तविक जीवनमा हुनै सक्दैन । तर उपत्यकामा असोज ११ र मोफसलमा २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको कमेडी प्रधान फिल्म ‘मेरो पैसा खोई ?’ का दृष्यमा भने यस्तै देख्नुपर्ने छ । यसको ट्रेलर रिलिज भएको छ ।

ट्रेलरमा नायिका वर्षा राउत यौनकर्मीको भूमिकामा प्रस्तुत भएकी छिन् भने सौगात मल्ल उनको पछि–पछि लागेका छन् । ट्रेलरले विशेषत यौनकर्मी महिलाहरुको कथा बोल्छ । यो फिल्मलाई उपत्यकामा श्रीराम बालाजी पिक्चर्स र मोफसलमा एफडी कम्पनीले वितरण गर्न लागेको हो । ‘मेरो पैसा खोई ?’ असोज ११ गते राजधानीका हलहरुमा छक्का पन्जा २ सँग भिडन्त गर्दैछ ।

फिल्मलाई रोज राणाले निर्माण र निर्देशन गरेका हुन् । सौगात र वर्षाका अलवा फिल्ममा सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । रोज राणाले फिल्मको निर्देशन सम्हाल्नु अगाडि मेरो पैसा खोई ? लाई बलिउडको सफल फिल्म भुतनाथुका निर्देशक विवेक शर्माले निर्देशन गर्ने पक्का भएको थियो ।

तर, विवेकले १६ दिनसम्म खिचिएको फिल्मको सबै फुटेज डिलेट गरेर भारत भागपछि रोजले यो फिल्म निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ । उमा केसी निर्माता रहेको फिल्ममा रुपक राना र रुपम राना सह(निर्माताको रुपमा रहेका छन् । यसअघि जय परशुराम निर्देशन गरेका रोजले ‘मेरो पैसा खोई रु’ कमेडी प्रधान फिल्म रहेको बताए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...