बलिउड अभिनेत्री जसले प्रेमीबाट हिंसा भोगे



हाम्रो इकोनोमि

 

पछिल्लो समयमा घरेलु हिंसा विरुद्ध निकै आवाज उठन थालेको छ ।

महिला माथि हुने हरेक प्रकारको हिंसा अपराध हो ।

घरेलु हिंसाको मामलामा महिलामाथि मारपिट हुने गर्छ ।

घरेलु हिंसामा सर्वसाधारण मात्र पर्दैनन् ।

घरेलु हिंसाको शिकार सेलिब्रेटी पनि भएको खबर सुनिदै आएको छ ।

बलिउडमा पनि अभिनेत्री घरेलु हिंसाको शिकार भएका छन् ।

उनीहरुले हिंसा विरुद्ध आवाज पनि उठाएका छन् ।

ऐश्वर्या राय बच्चन
सलमान खान र ऐश्वर्या राय बीचको पे्रम सम्बन्ध रहेको कुरा दुनियाँलाई थाहा छ । उनीहरु टाढा हुनुको मुख्य कारण सलमानको नराम्रो व्यवहार हो । सलमान ऐश्वर्याको साथ निकै नराम्रो व्यवहार गर्दथे । कति पटक उनले ऐश्वर्यामाथि हिंसा समेत गरे । जसको कारण ऐश्वर्याको आमाले सलमानको विरुद्ध पुलिस कमप्लेन गरेकी थिइन् ।

कंगना रनौत
कंगना र आदित्य पंचोलीको उमेर निकै फरक छ । एक समय कंगना र आदित्य लिभिङ टुगेदरमा थिए । आदित्यले केहि समय पछि आफनो रंग देखाउन सुरु गरे । उनले कंगनामाथि हिंसा गर्न थालेका थिए । जसको विरुद्ध कंगनाले पुलिसमा रिर्पोट गरेकी थिइन् ।

करिश्मा कपुर
२००४ मा करिश्माले दिल्लीको बिजनेशम्यान सञ्जय कपुरसँग विवाह गरिन् । तर विवाहको केहि समय पछि नै उनीहरुको सम्बन्ध विच्छेद भयो । सम्बन्ध विच्छेद गर्नुको कारण सञ्जयले बच्चाको अगाडि आफुमाथि हात उठाउने करिश्माले बताएकी छन् । जसबाट अत्याचार नै भएपछि करिश्माले सञ्जयलाई डिर्भाेस दिएकी थिइन् ।

श्वेता तिवारी
टीभीको चर्चित अभिनेत्री श्वेता तिवारीले राजा चौधरीसँग विवाह गरेकी थिइन् । उनीहरुको एक छोरी पनि छिन् । विवाहपछि केहि समय त सबै राम्रो थियो तर बिस्तारै बिस्तारै राजाले श्वेता अत्याचार गर्न सुरु गरे । हिंसा बढ्दै गएपछि श्वेताले डिभोर्स लिइन् ।

दीपशिखा नागपाल
९० को दशकमा कयौं फिल्ममा अभिनय गरेकी अभिनेत्री दीपशिखाले २०१२ मा केशव अरोडासँग विवाह गरेकी थिइन् । तर २०१६ मै उनले डिर्भोस लिइन् । यसको मुख्य कारण उनको श्रीमान ४ वर्ष देखि मारपिट गर्थे । सुरुमा उनले निकै सहेकी थिइन तर पछि अत्याचार नै भएपछि डिर्भाेस मागिन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...