सुन्दरताभित्र लुकेको खतरनाक राज, श्रीमती सुन्दर भए मख्ख नपर्नुस्



हाम्रो इकोनोमि

 

बेलायतमा एक महिलाले आफूलाई क्यान्सर भएको बहाना बनाएर परिवारलाई मात्रै होइन आफ्ना पतिसँगबाट सवा दुई करोड रुपैयाँ ठगी गरेको खुलासा भएको छ। शुक्रबार यो अभियोगमा अदालतले ती महिलालाई चार वर्षको जेल सजाय सुनाएको छ।

ती महिलाले अमेरिकामा उपचार गर्ने भन्दै आफूलाई क्यान्सर भएको नाटक गरेकी थिइन।

उनको यो नाटक त्यतिबेला असफल भयो जतिबेला महिलाका पतिका साथीले गुगलमा महिलाको एक्स–रे भेट्टाए। मलाइले गरेको नाटक भन्ने थाहा पाएपछि उनले आफ्नो गल्ती स्वीकार गरेकी छन्।

लगबारेकी ३६ वर्षीया ज्यास्मिन मिस्त्रीले २०१३ मा आफ्नो पति विजय काटेचियासँग आफूलाई क्यान्सर लागेको र आफूसँगमात्र ६ महिनाको समय रहेको बताएकी थिइन्। उनले आफूलाई क्यान्सर भएको पुष्टि गर्न पूरा योजना बनाएकी थिइन्। उनी छुट्टा छुट्टै सिम कार्ड प्रयोग गरेर पतिलाई डाक्टर बनेर वाट्सऐपमा म्यासेज गर्थिन्।यही झुट म्यासेज प्रयोग गर्दै उनले आफ्ना पतिलाई पनि आफूलाई क्यान्सर भएको विश्वास गर्न बाध्य पारिन्। उनले क्यान्सरको उपचार गर्न अमेरिका जानुपर्ने र त्यसकालागि साँढे चार करोड खर्च हुने बताएकी थिइन्।

त्यसपछि उनका पतिले आफ्नो परिवार र साथीसँग पत्नीको उपचारकालागि सहयोग मागे। ज्यास्मिन परिवार र पतिले थाहा नपाउन भनेर विभिन्न नाटक गर्थिन्।उनी उल्ती आएको बहानमा कयौं पटक बाथरुममा पस्थिइन्। उनी ट्वाइलेटमा रगत आएको सुनाउँथिन्। सिँ ढी चढ्दा र झर्दा पतिको सहारा लिन्थिइन्। उनी सधैं आफूलाई पीडा भएको नाटक गर्थिन्।यो विषयमा उनका पति विजयलाई त्यतिबेला शंका लाग्यो जतिबेला उनका साथीले गुगलमा ज्यास्मिन ब्रेन स्क्यान देखे। प्रहरीका अनुसार ट्यूमर निकै गम्भीर अवस्थामा थियो , त्यो बिमारीकालागि निकै खतरनाक हुन्थ्यो। तर ज्यास्मिनको अवस्था त्यस्तो गम्भीर थिएन।

त्यसपति विजयले आफ्नी पत्नीबाट ती सिमकार्ड फेला पारे जुन नम्बरबाट डाक्टरको म्यासजे आउँथे।विजयले यी सबै कुरा थाहा पाएपछि ज्यास्मिनसँग यो विषयमा कुरा गर्दा उनले आफूले नाटक गरेको स्वीकार गरिन्। साथै क पनि थाहा भयो भने उनले डेटिङ ऐप मार्फत दुई जनालाई आफ्ना जालमा फसाएकी रहिछन्।अन्तिमा नोभेम्बर २०१७ मा ज्यास्मिनलाई प्रहरीले पक्राउ गर्यो। प्रहरीका अनुसार उनले आफ्ना परिवार र बाहिरका समेत गरी २० जनाबाट सवा दुई लाख रुपैयाँ ठगी गरेकी छन्। शुक्रबार नर्थ इस्ट लन्डनको स्नेयर्सब्रुक क्राउन कोर्टले ठगी गरेको अभियोगमा उनलाई चार वर्षको जेल सजाय सुनाएको छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...