कमेडियन कपिल शर्मा र गिन्नीको विवाहको फोटो बाहिरियो



हाम्रो इकोनोमि

 

चर्चित कमेडियन कपिल शर्मा र उनकी प्रेमीका गिन्नी चतरथ बुधबार बैवाहिक बन्धनमा बाँधिएका छन् ।

पञ्जावी रितिरिवाज अनुसार कपिलको जन्ती अम्रितसरबाट जालन्धर पुगेका थिए ।

जन्ती जादाँ निकै भिड भयो ।

भिड हटाउनको लागि निकै कडा सुरक्षाको व्यवस्था गरिएको थियो ।

कपिलको आमाको इच्छाअनुसार विवाह भव्य रुपमा गरिएको हो । विवाहपछि नवविवाहित जोडीको फोटो सार्वजनिक भएका छन् । सामाजिक सञ्जाल मार्फत उनीहरुलाई विवाहको शुभकामना दिइरहेका छन् । शुभकामना दिनेहरुमा अभिषेक बच्चन, सायना नेहवाल, एली एव्राम जस्ता सामेल छन् । सामाजिक सञ्जालमा कपिलको बिहेको फोटो भाइरल भइरहेको छ ।

कपिलले हरियो रंगको शेरवानीमा क्रिम कलरको पगडी लगाएका छन् । उनको हातमा तरवार देखिन्छ । गिन्नीले रातो रंगको लहेंगा लगाएकी छिन् । दुवै जनालाई एकदमै राम्रो देखिएको छ । कपिलको विवाहमा भारती सिंह, उनको पति हर्ष लिन्बाचिया, कृष्णा अभिषेक, सुमोना चकवर्ती, गायका ऋर्चा शर्मा लगायतका कलाकार सहभागि भएका थिए । कपिलको घरमा पञ्जावी रितिरिवाज अनुसार डिसेम्बर १० मा जागरण पनि राखिएको थियो ।

उनीहरुको पहिलो रिसेप्सन डिसेम्बर १४ मा अम्रितसरमा हुनेछ । यसमा कपिलको परिवार र आफन्तहरु सामेल हुने छन् । दोस्रो रिसेप्सन २४ डिसेम्बरमा मुम्बईमा दिनेछन् । यस रिसेप्सनमा बलिउडका कयौं हस्तीहरु सामेल हुने भारतिय मिडियामा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...