ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, छ घाइते



हाम्रो इकोनोमि

 

उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङ्खामा गए राति १० बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य छ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शी स्थानीयवासी चुडामणि राईले बताउनुभयो ।

 

ट्याक्टर चालक सोही स्थानका २२ वर्षीय सुनिल राई र २५ वर्षीय पवन राईको घटनानस्थलमैै मृत्यु भएको र स्थानीयवासी विश्व राई, पुनम राई, सविना राई, शोनी राई, बुनु राई र मनिषा राई गम्भीर घाइते भएको उहाँले जानकारी दिनुभयो ।

 

स४३प २३७३ नंको ट्याक्टर बलाम्ताको माझखर्कबाट गाउँतर्फ झर्दै गर्दा बाटोमा हिँडिरहेका यात्रु पवन राईलाई जोगाउने प्रयासमा ट्याक्टरले उनैलाईसमेत किचेर सडकबाट २५ मिटर तल खसेको थियो ।

 

अहिले मृतकहरुको शव गाईघाट जिल्ला अस्पतालमा ल्याइसकिएको छ । गम्भीर घाइतेको उपचार उक्त अस्पतालमा सम्भव नभएपछि विराटनगरको नोबेल अस्पताल लैजाने तयारी भइरहेको बताइएको छ ।

आगलागीमा परी एकै घरका तीनको मृत्यु

दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको हो ।

 

बिहीबार राति ८ बजेतिर सोलारको ब्याट्री पड्किएर घरमा आगलागी हुँदा पुनका सात वर्षीय छोरा कृष्णकुमार, पाँच वर्षीया छोरी अस्मिता र दुई वर्षीया छोरी अञ्जुको मृत्यु भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

 

पुनको एक वर्षीय छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमा सुताएर नवराज र उहाँकी श्रीमती झारफुक गराउन गाउँ गएका बेला ब्याट्री पड्किएर आगलागी भएको प्रहरीको अनुमान छ ।

 

हाँसीपुर प्रहरीचौकी र स्थानीयवासीको सक्रियतामा राति १२ बजे आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घरमा रहेका सामानका साथै सात गाई र चार बाख्रासमेत जलेर नष्ट भएका छन् ।

 

पसलमा आगलागी 

तुलसीपुरको एक जुत्ता पसलमा आगलागी भएको छ । तुलसीपुर–५ वीरेन्द्र चोक नजिक रहेको भीमप्रसाद घिमिरेको घरमा रहेको जुत्ताको होलसेल पसलमा आगलागी भएको थियो ।

 

तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार शुक्रबार बिहान सवा ६ बजे आगलागी भएपछि नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासी खटिएका थिए ।

 

तीन तलाको घरभित्र रहेका सम्पूर्ण समान पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागी भएको समयमै थाहा पाएपछि घरमा भएका सबै मानिस बाहिर निस्किएकाले मानवीय क्षति भने नभएको बताइएको छ । आगलागीका कारण र क्षतिबारे अझै केही खुल्न सकेको छैन् ।

 

जिप दुर्घटनामा मृत्यु हुनेको सनाखत

बिहीबार साँझ भएको जिप दुर्घटनामा मृत्युु हुनेको सनाखत भएको छ । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पाल्पा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

हिजो साँझ करीब ८ बजे भएको उक्त दुर्घटनामा चालक वर्ष २० का वीरेन्द्र राना, वर्ष ४४ की यानीसरा गाहा, वर्ष २३ की कुनीसरा रुचाल, ७१ वर्षका रेवतबहादुर जिसी र ४१ बर्षकी तीन दिनकी सुत्केरी भूमिकुमारी दर्लामी रहेका छन् ।

 

मृतक सबै माथागढी–८ बहादुरपुरका हुन् । सुत्केरी दर्मामीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । तीन दिनको बच्चा भने सकुशल नै रहेको अस्पताल जनाएको छ ।

 

रातिको समयमा साँघुरो र अप्ठ्यारो बाटो हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको हुनसक्ने पूर्वखोला–२ का वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिनुभयो । जिप करीब ५०० मिटर तल खोचमा खसेको थियो । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...