संसारकै धनी व्यक्तिको कम्पनीले सोनाक्षी सिन्हालाई ठग्यो ! यसरी खाइदियो १८ हजार



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई आनलाइन शपिङ कम्पनीले ठगेको घटना सार्वजनिक भएको छ ।

अनलाइन शपिङ कम्पनी अमेजनले सोनाक्षीलाई ठगेको उनी आफैंले बताएकी हुन् ।

सोनाक्षीले केही दिनअघि अनलाइन शपिङ कम्पनी अमेजनमा १८ हजार भारतीय रुपैयाँ मूल्य पर्ने हेडफोन अर्डर गरेकी थिइन् ।

तर, जब उनीकहाँ सामान डेलिभरी भयो प्याकेटभित्रबाट फलामको टुक्रा निस्कियो ।

सोनाक्षीले आफूकहाँ डेलिभरी गरिएको पार्सलको तस्वीर आफ्नो अफिसियल ट्वीटरमा सार्वजनिक गरेकी छिन् ।

सोनाक्षीले ट्वीटमा लेखेकी छिन् ‘अमेजन, मैले तपाइँकहाँबाट आफ्नो लागि हेडफोन मगाएकी थिएँ ।

तर, यो हेर्नुहोस् मैले के पाएँ ।

पूर्ण रुपमा प्याक गरिएको र खोलिएको पनि छैन ।

हेर्दा पूरै परफेक्ट छ, तर बाहिरबाट मात्र ।

अनि तपाइँको ग्राहक सेवा केन्द्रले मद्दत पनि गर्न चाहँदैन जसका कारण स्थिति अझै खराब भएको छ ।

सोनाक्षीले ट्वीटमा ग्राहक सेवा केन्द्रले सहयोग गर्न पनि नचाहेको लेखेपछि अमेजनले तत्काल यसको जवाफ दिएको छ ।

‘ओहो, यो अमान्य हो ।

तपाइँको भर्खरैको शपिङ अनुभव र हाम्रो सहयोगी टिमसँग सम्पर्क गर्दाको अनुभवको लागि हामी माफी चाहन्छौं ।

कृपया आफ्नो जानकारी यहाँ शेयर गर्नुहोस् हामी तपाइँसँग सिधा सम्पर्क गर्नेछौं ।’

स्मरणीय छ अमेजन संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोसको कम्पनी हो । बेजोस अहिले १३०.५ बिलियन डलर सम्पत्तिसहित संसारका सबैभन्दा धनी व्यक्तिको सूचीमा शीर्ष स्थानका छन् ।

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...