मन्त्रीपुत्रको युवतीमोह, केटी नभई निद्रा लाग्दैन



हाम्रो इकोनोमि

 

सुन्दा पनि लाजलाग्दो कुरा छ कि, होटलवाला ‘तपाईं यहाँबाट निस्किहाल्नुस्’ भन्छन्, निस्कनुपर्नेले ‘म फलानाको छोरा हुँ, किन निस्किने’ भन्दै अटेरी गर्छन् ।

 

घटना साउन अन्तिमतिरको हो । गृह मन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयसम्म डेढ लाख बिल भुक्तानीको लफडा आएपछि यस्तो कुरा बाहिर आएको छ । गृहमन्त्रीपुत्र प्रतीक थापासहित ६–७ जनाको टोली पोखरा पुगेको थियो । एसपी ओम रानाले लेकसाइडस्थित होटल माउन्ट कैलाशमा कोठा भनिदिए ।

 

‘जे–जे खान्छन्, दिनु, बिल मकहाँ ल्याउनु’ भनेका थिए । उनीहरूले ब्ल्याक लेवल खाए । एउटाले पुगेन तीन–तीन बोतल रित्याए । यसपछि चाहियो युवती । राति सवा १० बजे एउटा गाडीमा पाँचजना पुगे । तीमध्ये मन्त्रीपुत्रले रोजेकी एकजना त्यहीँ रहने, बाँकी फर्किने गरी गएका थिए ।

 

तर, होटलका मालिक नरेश भट्टराईले त्यसो हुन दिएनन् । ‘तपाईं श्रीमती, हैन भने पनि गर्लफ्रेण्ड भए केही आपत्ति छैन । तर, मेरो होटलमा पेशेवर यौनकर्मीलाई आफ्नै आँखाले देखी–देखी बस्न दिन्नँ ।’ प्रतीक र नरेशको गलफत्ति चल्यो । नरेशले भन्ने ‘तपाईंलाई कहाँ जान मन छ जानुस्, यसरीचाहिँ मेरो होटलमा बस्न दिन्नँ’ भने । उनले आफू गृहमन्त्रीपुत्र भएको सुनाए । नरेशले भने, ‘तपाईं राष्ट्रपतिकै छोरो भए पनि, ट्रम्पकै छोरो भए पनि होटल मेरो हो ।

 

पेशेवर यौनकर्मीलाई मेरो होटलमा छिराउँदिन । यो म बस्ने घर पनि हो । परिवार यहीँ छन् । यस्तो असामाजिक काम मेरोमा हुँदैन ।’ त्यसपछि भाउन्निएर निस्कन खोजेका मन्त्रीपुत्रले मेरो रकम भन्दै पाँच हजार झिकेर दिन खोजे । होटलको रिसेप्सनमा बसेकाले लिन मानेनन् ।किनभने, बिल एक लाख नाघिसकेको थियो ।

 

उक्त बिल कात्तिक लाग्दासम्म जिल्ला प्रहरी कार्यालयले भुक्तानी गरेको छैन । होटलको त व्यापार हो । सुरक्षा अधिकारीले भनेर दुई–चार हजार छाडिदिनु अर्को कुरा, तर डेढ लाख रूपैयाँले होटल डुब्छ । यसो भन्दै अहिले नेकपाकै कार्यकर्ताहरू बिलको फोटोकपी बोकेर कहिले गृह, कहिले पुलिस हेडक्वार्टर पुगिरहेका छन् । राजकुमार राय, जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...