रेलमार्गको डीपीआर मोडालिटी टुंग्याउन चिनियाँ टोली काठमाडौंमा



हाम्रो इकोनोमि

 

केरुङ-काठमाडौं रेलमार्गबारे छलफल गर्न उच्च स्तरीय चिनियाँ टोली नेपाल आएको छ । चीन र नेपालको सचिवस्तरीय तेस्रो बैठकमा भाग लिन १४ सदस्यीय चिनियाँ टोली नेपाल आएको हो ।

 

यो रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको छ । अब विस्तृत परियोजना प्रतिवेदन तयार पार्नुपर्ने हुन्छ । तर, प्रारम्भिक रिपोर्ट आएको ३ महिना वितिसक्दा पनि यसबारे दुई देशबीच औपचारिक सम्वाद भएको थिएन ।

 

अब छलफल अघि बढाउन चिनियाँ रेल मामिला हेर्ने डेपुटी एड्मिस्ट्रेटरसहितको टोली आइतबार नै नेपाल आएको छ ।

 

सोमबार हुने सचिवस्तरीय बैठकमा केरुङ-काठमाडौं रेलमार्गको डीपीआर बनाउने मोडालिटीमाथि छलफल हुनेछ । आयोजनाको डीपीआर पनि चीनले नै बनाइदिनुपर्ने पक्षमा नेपाल छ ।

 

तर, चीनले भने डीपीआरमा लाग्ने लागत बाँडफाँट गर्न प्रस्ताव गर्ने सम्भावना बढी रहेको रेल्वे विभागका एक उच्च अधिकारीले बताए । रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सबै खर्च चिनियाँ पक्षले व्यहोरेको थियो ।

 

प्रारम्भिक रिपोर्टअनुसार केरुङ-काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने देखिएको छ । साथै निर्माण सम्पन्न गर्न ९ वर्ष समय लाग्ने अनुमान छ । केरुङ-काठमाडौं रेलमार्गको कुल लम्बई करिब ७२.२५ किलोमिटर हुने देखिएको छ ।

 

यो रेलमार्गमा सजिलो भुगोल नपर्ने भएकाले झण्डै ९९ (९८.५५) प्रतिशत खण्डमा सुरुङ वा पुल बनाउनुपर्नेछ । चिनियाँ कम्पनी चाइना रेल्वे र्फस्ट सर्भे एन्ड डिजाइन इन्स्िटच्युटको रिपोर्टअनुसार प्रतिवेदन रेलमार्गमा ७ वटा सुरुङमार्ग हुनेछ ।

 

तर, यो आयोजनामा लगानी कसले, कसरी, कुन मोडालिटीमा गर्ने भन्ने तय हुन बाँकी छ । परियोजना प्रतिवेदन नै नबनेसम्म कर्मचारीस्तरमा यसबारे छलफल हुने अवस्था नरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताए ।

 

रेलमार्गको एलाइनमेन्ट मात्रै टुंगिएको र प्राविधिक विषय टुंगो लगाउन भोली यातायात मन्त्री रघुवीर महासेठसाग पनि चिनियाँ टोलीले छलफल गर्ने कार्यक्रम छ । यो टोली बुधबार स्थलगत अवलोकनका लागि पोखरा जाने कार्यक्रम छ ।

 

गत वैशाखको अन्तिम साता यातायात सचिव मधुसदन अधिकारी नेतृत्वको नेपाली प्रनिनिधि मण्डल सम्भाव्यता अध्ययन गर्नेबारे सम्झौता गरेर फर्किएको थियो । लगत्तै चिनियाँ टोली अध्ययनका लागि नेपाल आएर काम सुरु गरेको थियो ।

भौगोलिक कठिनाइ रहेकाले रिपोर्टले प्राविधिक रुपमा अधिकांश क्षेत्रमा पुल र टनेल निर्माण गर्न सिफारिस गरेको छ ।

 

चीनले सन् २००६ मै ११ सय किमी लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याइसकेको छ । हाल चीनतर्फ ल्हासा-सिगात्से रेलमार्ग निर्माण गर्ने चरणमा चीन छ । त्यही रेललाई नेपाल सीमाको केरुङसम्म विस्तारको योजना छ । दुई देशका सरकार बीचमा रेलमार्ग कुन लगानी मोडालिटीमा बनाउने भन्नेबारे छलफल हुन बाँकी छ ।

 

सुरुमा नेपालले अनुदानमै बनाइदिन आग्रह गरेको थियो । तर, चीन सरकार पूर्ण अनुदानमा तयार नभए सहुलियत ऋणमै पनि रेलमार्ग बनाउने इच्छा देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...