मेक्सीकोकी सुन्दरी भनिसाले जितिन् मिस वर्ल्ड २०१८



हाम्रो इकोनोमि

 

मेक्सिकोले यस वर्षको मिस वर्ल्डको २०१८ को उपाधि जितेको छ ।

मेक्सिकोका लागि भनिसा पोन्सले उपाधि जितेकी हुन् ।

चीनको सान्यमा सम्पन्न प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन् ।

उनी पेसाले मोडल हुन् ।

मेरिकी क्षेत्रबाट टप १२ मा पर्दै फाइनल यात्रा गरेकी पोन्सले मिस वर्ल्डको ताज पहिरन सफल भएकी हुन्।

उनी ग्लोबल भोटमा थाइल्यान्डसँग पछि परेपनि निर्णायकको मन जित्दै मिस वर्ल्ड बनेकी हुन् ।

मिस थाइल्यान्ड रनर अप हुन सफल भइन् ।

मिस नेपाल श्रृखला खतिवडा मिस वल्र्ड–२०१८ को टप १२ बाट बाहिरिएकी छिन् ।

‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा पुग्न सफल भएकी टप १२ सम्म पुगेर प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट १२ मा पर्न सफल भएको यो पहिलोपटक हो।

श्रृखला एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् ।

उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...