मिस वर्ल्डमा शृंखला खतिवडाको आज अन्तिम परीक्षा, नेता र अभिनेताहरुको शुभकामना



हाम्रो इकोनोमि

 

विश्व सुन्दरी प्रतियोगितामा नेपाल सुन्दरी शृंखला खतिवडाको आज अन्तिम परीक्षा छ । चीनको सान्यामा जारी मिस वर्ल्ड २०१८ को आज फाइनल राउन्ड हो । फाइनल राउन्डको बिजेता नै मिस वल्र्ड २०१८ हुनेछ । मिस वल्र्डका लागि नेपाल सुन्दरी खतिवडाले बलियो दावेदारी पेश गरिरहेकी छिन् ।

प्रतियोगितामा १२१ देशका सुन्दरीहरुले प्रतिस्पर्धा गरिरहेका थिए । अन्तिम ३० मा नेपाल सुन्दरी खतिवडा पुग्न सफल भएकी छिन् । उनी विश्व सुन्दरी हुन्छिन की हुँदैनन् त्यसको ब्यग्र प्रतिक्षा नेपालमा भइरहेको छ । कतिपय नेपालीले त्यसलाई राष्ट्रिय गौरवका रूपमा लिएका छन्, भने कतिपय परम्परागत विरोधीहरुले विरोध नै गरिरहेका छन् ।

नेपाल सुन्दरी शंखला खतिवडालाई नेतादेखि अभिनेतासम्मले हौसला प्रदान गर्दै शुभकामना दिएका छन् । अभिनेत्री केकी अधिकारीदेखि माल्भिका सुब्बासम्मले हौसला प्रदान गरेका छन् भने नेकपा नेता योगेश भट्टराईले अघिदेखि नै हौसला प्रदान गर्दै आएका छन् ।

 

नेकपा नेता तथा बाबु विरोध खतिवडा छोरीलाई हौसला दिन बेइजिड पुगेका छन् । कतिपय नेपालीहरुले शंखलालाई शुभकामना दिँदै उपाधी जिते पनि नजितेपनि उनले नेपालको नाम विश्वसामु राखेर नेपालीको मन जितेको भन्दै शुभकामना दिएका छन् ।

नेपालबाट धेरै सुन्दरीहरुले विश्व सुन्दरी प्रतियोगितामा भाग लिए । तर सवै पहिलो वा दोस्रो राउन्डबाटै बाहिरिए । तर शंखला फाइनल राउन्डमा पुगेपछि नेपालबाट पहिलो विश्व सुन्दरी हुन शुभकामना दिइरहेका छन् । शंखला विश्व सुन्दरी नभएपनि प्रतियोगिताको एउटा उपाधि ब्युटी विथ पर्पोज जितिसकेकी छिन् ।

 

यसअघि भारतकी मानुषी छिल्लर विश्व सुन्दरी भएकी थिइन । उनले आज छानिने विश्व सुन्दरीको ताज पहिराउने छिन् । त्यही ताज लिएर शंखला नेपाल आउने आशा धेरैले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...