हिरोहरुलाई ५० लाख पारिश्रमिक, हिरोइनले बल्लतल्ल १५ लाख मात्र



हाम्रो इकोनोमि

 

नेपाली फिल्ममा महिलालाई पारिश्रमिकमा मात्रै नभई भूमिकामा पनि सशक्त विरलै देखाइन्छ । प्राय: शो पिसमै हिरोइनहरुलाई प्रयोग गरिन्छ । अहिले हिरोहरुलाई ५० लाख रूपैयाँसम्म पारिश्रमिक दिन थालिँदा हिरोइनले आफ्नो पारिश्रमिक बल्लतल्ल १५ लाखसम्म पुर्‍याउन सकेका छन् ।

 

पारिश्रमिकको सवालमा नेपाली फिल्म क्षेत्रमा पुरुष कलाकारको दाँजोमा महिला कलाकारलाई कमै दिइन्छ । महिलालाई पारिश्रमिकमा मात्रै नभई भूमिकामा पनि सशक्त विरलै देखाइन्छ । प्राय: शो पिसमै हिरोइनहरूलाई प्रयोग गरिन्छ ।

 

अहिले हिरोहरूलाई ५० लाख रुपैयाँसम्म पारिश्रमिक दिन थालिँदा हिरोइनले आफ्नो पारिश्रमिक बल्लतल्ल १५ लाखसम्म पुर्‍याउन सकेका छन् ।

 

‘सानो संसार’ बाट डेब्यु गर्दै ‘मेरो एउटा साथी छ’ बाट लाइमलाइटमा आएकी नायिका हुन् नम्रता श्रेष्ठ । थोरै फिल्म खेल्ने तर आफ्नो भूमिकालाई स्मरणीय बनाउन सफल नम्रता पछिल्लो समय केही ओझेल परिन् ।

 

तर यसै मेसोमा उनले दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ मा भने महँगो पारिश्रमिकमा सम्झौता गरेको खबर बाहिरियो । उनलाई गाउँले कामकाजी महिलाको चरित्रमा कास्टिङ गर्दै प्रसाद निर्माण पक्षले १५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो ।

 

त्यसअघि हिरोइनको पारिश्रमिक मुस्किलले पाँच लाखभन्दा उठ्न सकेको थिएन । एकाएक तीन गुणा बढी पारिश्रमिक दिनुबारेमा निर्देशक राउत भन्छन्, ‘हामीलाई त्यो भूमिकामा अभिनय गर्न सक्ने हिरोइन चाहिएको थियो । नम्रताको विकल्पमा जानुभन्दा उनले माग गरेजति रकम दिनु नै उचित हुन्छ भन्ने ठान्यौं ।’ त्यसो त नम्रतालाई त्यसअघि पनि राउतले नै आफ्ना तीन फिल्ममा लगातार खेलाएका थिए ।

 

अनमोल केसी अभिनीत ‘ड्रिम्स’ हुँदै फिल्म नगरीमा छिरेकी साम्राज्ञी राज्यलक्ष्मी शाहका त्यसपछिका फिल्मले पनि उनलाई राम्रै उचाइ दिलाइरहेको छ । अहिले उनी नेपाली हिरोइनको अग्रपंक्तिमा आइसकेकी छन् । यतिबेला उनले पनि आफ्नो पारिश्रमिक दरलाई बढाउँदै नम्रताको हाराहारीमा पुर्‍याएकी छन् ।

 

पुनम गौतमको निर्माणमा नवल नेपालले निर्देशन गर्ने फिल्म ‘मारुनी’ का लागि उनलाई १५ लाख रुपैयाँ नै दिइएको छ । माघको अन्तिमबाट छायांकनमा जान लागेको उक्त फिल्ममा साम्राज्ञीको पारिश्रमिकलाई लिएर निर्देशक नेपालले भने, ‘अहिलेको जल्दोबल्दो नायिका नै उनै हुन्, डिमान्ड त हुन्छ नै ।’ जे भए पनि पछिल्लो समय हिरोइनले पनि हाई डिमान्ड गर्न सक्ने अवस्था सिर्जना भएको छ ।

 

हिरोइन प्रियंका कार्कीलाई अचेल धेरैले राजेश हमालसँग तुलना गर्छन् । हमालले करिअरको लामो समयमा कहिल्यै आफ्नो पारिश्रमिक बढाएनन् । उनको टाउको मात्रै भए पनि पोस्टरमा राख्न पाइने लालसाले धेरै निर्माताले अतिथि भूमिकामा पनि हमाललाई छोडेनन् ।

 

दिनमा चारवटा फिल्मको सुटिङसम्म उनले भ्याउँथे भनिन्छ । जति नै माग भए पनि हमालले आफ्नो पारिश्रमिक तीन लाख रुपैयाँभन्दा माथि पुर्‍याएनन् । बरु सकेसम्म धेरैका फिल्म खेलिदिए ।

 

अहिले हमाल पथमा नायिका कार्की देखिएकी छन् । उनी बिनाकाम हात खाली बस्नुभन्दा बरु सानै भूमिका भए पनि फिल्ममा अनुबन्ध भइदिन्छिन् । न ठूलो माग, न महत्त्वपूर्ण भूमिका । प्रियंकाको यही विशेषता र सहजताले गर्दा चल्तीकी हिरोइन बनिरहेकी छन् । उनले एउटै फिल्मबाट ठूलो पारिश्रमिक माग नगरे पनि धेरै फिल्म खेलेर धेरै कमाउनेको सूचीमा भने पर्छिन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...