जाडोसमयमा यी खानेकुरा खानुस जस्ले तपाईको स्वास्थ्यलाई यस्ता फाईदा गर्छ



हाम्रो इकोनोमि

 

यदि तपाईं स्वस्थ तरिकाले तौल कम गर्न चाहनुहुन्छ भने यसका लागि तपाईंले सन्तुलित डाइटको सेवन गर्नुपर्छ ।

यसका लागि तपाईंले लो फ्याट र लो क्यालोरी भएका खानेकुरा खानुपर्छ ।

विशेषज्ञका अनुसार स्वस्थ तरिकाले तौल कम गर्नका लागि हरेक हप्ता एक किलो तौल कम गर्ने लक्ष्य राख्नुपर्छ ।

योभन्दा बढी घटाउने लक्ष्य राख्नुहुन्छ भने तपाईंले बोसोमात्र होइन, मासु पनि गुमाउनुहुनेछ ।

जाडोयाममा यी फलफूल खाँदा तौल घट्छः

१. सुन्तलाः सुन्तलामा एमिनो एसिड, भिटामिन ए, क्याल्सियम, आयोडिन, सोडियम फस्फोरसजस्ता तत्व पाइन्छ । यसका साथै सुन्दरता बढाउनका लागि पनि सुन्तलाको सेवन निकै उपयोगी हुन्छ । सुन्तलाको सेवनले शरिरमा भिटामिन सीको पूर्ती गर्न सकिन्छ । यसका साथै सुन्तलाको फलले शरिरमा ताजा बनाइराख्छ । सुन्तला एउटा यस्तो फल हो जसले जाडोयाम र गर्मीयाम दुबैमा शरिरलाई फाइदा पुर्याउने गर्छ ।

 

२.अम्बाः जाडोयाममा अम्बा खानुका पनि विभिन्न फाइदा छन् । यसमा भिटामिन सी, लाइकोपिन र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ । यसमा केरामा जत्तिकै पोटासियम हुन्छ जसले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । साथै यसले प्रतिरोधी क्षमतालाई पनि बलियो बनाउँछ । दैनिक एउटा अम्बा खाँदा मेटाबोलिजम रेगुलेट हुन्छ जसले तौलमा ब्रेक लाग्छ किनभने अम्बामा केरा, स्याउ, सुन्तलाभन्दा कम सुगर हुन्छ ।

 

३. अंगुरः संतृप्त अर्थात् सेचुरेटेड फ्याट भएको फल खाँदा मोटाइँदैन । यस्ता फलफूलमध्ये अंगुर पनि एक हो । अंगुर खाँदा पेटको ब्याक्टेरिया पनि राम्रो हुन्छ । विभिन्न अनुसन्धानका अनुसार यसले हृदय रोग, उच्च रक्तचाप र मधुमेहको जोखिम पैदा गर्ने अत्यधिक चिल्लो आहारको नकारात्मक प्रभावसँग लड्न पनि सहयोग गर्छ । एक शोधका अनुसार एन्टिअक्सिडेन्टको अद्वितीय र विविध रचना पोलिफिनल अंगुरमा पाइन्छ । यसले शरिरमा बोसोको प्रतिशत, आन्द्रा र छालाभित्रको बोसो तथा कलेजो सुन्निनबाट रोक्छ र ग्लूकोजको सहनशीलतालाई उत्कृष्ट बनाउँछ ।

 

४. अंजिरः अंग्रेजीमा फिग्स भनिने अंजिरमा फाइबर हुन्छ जुन तौल कम गर्नका लागि निकै प्रभावकारी हुन्छ । वास्तवमा फाइबर विभिन्न प्रकारले तपाईंका लागि फाइदाजनक हुन्छ ।

अंजिर पच्न समय लाग्छ त्यसकारण तपाईंको पेट धेरै बेरसम्म भरिएको महसुस हुन्छ । साथै यसले पाचन तन्त्रलाई राम्रो बनाउँछ र मेटाबोलिजमलाई पनि उत्कृष्ट बनाउँछ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...