खुल्यो पोल,केपी र माधब पबित्र रक्सी खान यसरी धाए,कसको मुर्गा बन्दै बाबुरामले भ्यागुतो खाएर अर्को जीवन पाए
सरकार र नेकपाभन्दा शक्तिशाली ठहरिएका नेपाल परिवार दलका अध्यक्ष एवं युपिएफ नेपालका संयोजक एकनाथ ढकालले कम्युनिष्ट सरकारलाई नाङ्गेझार बनाएर छाडेका छन् ।
नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालसँग दह्रो सम्बन्ध कायग गरेका ढकालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा आेलीलाई नेतृत्व र सुशासन अवार्ड दिलाइ सकेका छन् ।
नेता नेपाल ढकालको पुच्छर समातेर सात समुन्द्र तर्छन् भने, प्रधानमन्त्री आेली र राष्ट्रपति भण्डारी समेत चकित परेर ढकाललाई इश्वरको रुपमा देख्छन् । उसो त नेकपाका अध्यक्ष प्रचण्डले समेत संविधानसभा बिघटन भएको बेला ढकाललाई मन्त्रीपरिषद्को अध्यक्ष बनाउने भन्दै नाम सिफारिस गरेका थिए ।
ढकालको युनिफिकेसन चर्चको सिद्धान्तअनुसार आफूले परिवार नियोजन नगरेको बताउने गरेका छन् । ‘सन्तान प्रकृतिका देन हुन्, अप्राकृतिक तवरले यिनीहरुलाई रोक्नुहुँदैन,’ उनी भन्ने गर्छन् ।
फादर मुनले श्रीमान–श्रीमतीबीच यौन सम्वन्ध राख्दा परिवारनियोजनको साधन प्रयोग नगर्न आदेश दिएका थिए । तर, यो नीतिलाई संस्थामा कसैले अनुशरण गरेको पाइँदैन । नेपालमा पनि एकनाथ बाहेक अरुले यसरी बग्रेल्ती बच्चा जन्माएका छैनन् ।
उनले आफ्नो बचाउका लागि मात्रै ‘सिद्धान्त’ को खोल ओढेको देखिन्छ । खासमा उनले आफ्ना बाबुआमाले जस्तै छोराको आशमा लगातार सन्तान जन्माइरहेको निकटवर्तीहरु बताउँछन् ।
सन्तान प्रकृतिका बरदान हुन भन्ने फादर मुनको भनाईलाई आत्मसाथ गरेको भन्दै कुर्लिने ढकालले छोरीहरुको लस्कर जन्मिएपछि अस्पतालको कुरुवा कक्षमै आँशु खसालेका थिए । उनी निकट एक कर्मचारी भन्छन् ।
ढकालले छोरीहरुको नाम समेत तीन थरी कुराको समिश्रणमा घुलित बनाएर राखेका छन् । आफू नेपाली, श्रीमती फिलिपिनो र गुरु कोरियन भएकाले तीनथरी नाम राखेको उनको भनाइ छ । जेठी छोरीको नाम इस्थर इन ढकाल हो भने माइलीको काही गाडन ढकाल, साइलीको सिम हा ढकाल, काइलीको एकता ढकाल, कान्छीको ऐश्वर्य ढकाल नामाकरण गरिएको छ । अन्तरी छोरीको नाम थाहा हुन सकेन ।
असार महिना भए पनि अकाश खुलेको थियो, घरमा खाना खाने तरखर हुँदै थियो । जेठो बुबा ज्योतिषी भएकाले उनको जन्म हुँदा समय हेर्दै टिपोट गर्न थाले । उनको जन्मले भट्टराई परिवारमा हाँस्ने÷खेल्ने उमेरको जेठो छोरा गुमाउनुको पीडमा मल्हम लगायो ।
बुबा भोजप्रसाद भन्छन्,–बाबुराम जन्मेपछि आधार आयो । तीन वर्षको उमेरमा जेठमा जोठो छोरा गोपाल बितेको १० दिनपछि बाबुरामको जन्म भयो ।
उनीभन्दा जेठी एक दिदी थिइन् । बाबुरामपछि जन्मेकी उनकी बहिनीको पनि तीन वर्ष पुगेपछि मृत्यु भयो । बाबुराम पनि तीन वर्ष पुगेपछि गम्भीर बिरामी भए । त्यो बेला खोप्लाङमा अस्पताल थिएन र अस्पताल लैजाने चलन पनि थिएन । गाउँमै वैद्यले जडीबुटीको ओखतीमूलो गर्थे ।दाजु–बैनी के कारणले बिते, थाहापत्तै भएन ।
वद्यले नाडी छामेर प्राण छोडिसकेको बताएका थिए । बाबुराम तीन वर्ष पुगेपछि जेठी दिदी बाटुली (थिर कुमारी) र उनी सिकिस्त बिरामी परे । जेठो छोरालाई तेस्रो वर्षमा गुमाएको भट्टराई परिवार आत्तियो । भारतबाट आएका कुटी बनाई बसेका एक जना जोगी थिए ।
बुबा भोजप्रसाद डाँडागाउँका तिनै जोगीलाई खोज्ने निस्के । गाउँमा कसैलाई केही पर्दा नाडी हेर्ने, झारफुक गर्ने र जडीबुटीको औषधि दिने काम उनैले गर्थे । जडीबुटीको ओखतीमूलो लिएर आएका जोगी चार दिनसम्म उनैको घरमा बसेर उपचार गरे ।
तर, रगतमासीले ग्रस्त बाबुरामलाई बेथाले छोडेन । अनेक औषधि खुवाउँदा पनि सञ्चो नभएपछि आत्तिएका भोजप्रसाद र धर्मकुमारीलाई गाउँका एक जनाले भ्यागुतो खुवाएपछि ठीक हुन्छ भनेर सुनाए । त्यसपछि भोजप्रसाद पानीमा हिँड्ने पहेँले भ्यागुतो खोज्न हिँडे ।
भ्यागुतो ल्याइयो र पकाएर ससाना टुक्रा पारी बाबुरामलाई खुवाइयो । भ्यागुतो खाएपछि बाबुरामलाई सञ्चो भयो । बुबा भोजप्रसाद भन्छन्,– यो कुरा बाबुरामलाई भनेको छैन, हुन पनि भ्यागुतो खाएपछि रगतमासीले च्वाट्टै भयो ।
बाबुराम जन्मेको दोस्रो वर्ष सगोलमा रहेका दुई भाइ बुबाहरु छुट्टिए । पुख्यौली घरलाई बीचमा बाँसले बारेर आधा–आधा भाग बनाइयो । बालक बाबुराम बाँसले बार लगाएको प्वालबाट कहिले आफ्नो बुबाको पट्टि त कहिले ठूलोबुबाको पट्टि गर्दै खेल्थे । उनी चार वर्ष पुगेपछि घरभन्दा झण्डै ५० मिटर माथि नयाँ घर बनाइयो । बाबुराम भन्छन्,– नयाँ घर बनाउँदा कर्मीहरुसँग खेलेको धमिलो सम्झना हुन्छ ।
बाबुराम सानै उमेरमा गोठालो जान्थे । त्यति बेला पाँच÷सातवटा भैँसी, ३० वटा गाई, एक हल गोरु, ३०्र४० वटा बाख्रा थिए । मङ्सिरसम्म ६ महिना जमिन खाली हुन्थ्यो । खेतवारीमा गाईबस्तु चराउन सजिलो हुन्थ्यो भने बर्खामा जंगलमा लैजानुपथ्र्यो ।
उनले आमालाई घाँस काट्न पनि सघाउँथे । गाउँमा गाई, भैँसी, बाख्रा सामूहिक रुपले चराउने चलन थियो । त्यसैले सानै भए पनि गोठालो लाग्न बाबुरामलाई कहिल्यै गाहे भएन । (पत्रकार अनिल थापाद्वारा लिखित पुस्तक ‘अविराम बाबुराम’को एक अंश)