प्रचण्डकी बुहारी मन्त्री बिनाले ढाँटेपछी सासदहरु जंगीए, जाली भन्दै गर्यो यस्तो ठहर



हाम्रो इकोनोमि

 

खानेपानीमन्त्री र खानेपानी सचिवले भने जस्तो ६० दिन भित्र मेलम्चीको पानी काठमाडौंमा नआउने भएको छ। खानेपानी मंत्री नेकपाका अध्यक्ष प्रचण्डकी बुहारी छिन।

प्रतिनिधिसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजना निर्माणस्थल सुन्दरीजलको स्थलगत अनुगमन गरी ६० दिनमा मेलम्चीको पानी आउने संभावना नरहेको ठहर गरेको हो।

 

सतही व्याख्या र अनुमानभन्दा निर्माण प्रक्रिया भिन्न भएको भन्दै समितिले गरेको स्थलगत अध्ययनको क्रममा तत्काल मेलम्चीको पानी काठमाडौं आउने संभावना नदेखिएको समितिकी सदस्य सांसद दील कुमारी रावल थापा बताइन्।

 

गत आईतबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी सचिव गजेन्लद्र कुमार ठाकुरले ६० दिन भित्र मेलम्चीको पानी काठमाडौं आउने दाबी गरेका थिए। उनले ६० दिन भित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने र त्यसको ६ दिन भित्र काठमाडौंका घर(घरमा पानी पुर्‍याउने दाबी गरेका थिए।

 

त्यसैगरी २०७४ चैत ८ गते राजधानीमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले दसैं अगाडि नै मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गरेकी थिइन्।

 

मन्त्री र सचिवले आ(आफ्ना मिति घोषणा गरेपनि आयोजना निर्माणको वास्तविकता भने भिन्न छ। मन्त्री र सचिवको अभिव्यक्ति अनुसार ६० दिन भित्र मेलम्चीको पानी आउने अवस्था छैन,’ सांसद थापाले भनिन्।

 

अनुगमनका क्रममा अझै पनि २ किलोमिटर सुरुङको फिनिसिङ, २ वटा भेन्टीलेसन साइट निर्माण, ९ वटा हाईड्रोमेकानिक जडान, २ सय ४० मिटर सुन्दरीजल सप्लाई पाईप जडान, र १ सय वटा विभिन्न किसिमका इक्वीपमेन्ट जडानलगायतका काम बाँकी रहेको देखिएको थियो।

बाँकी रहेको काम कम्तीमा मार्च २०१९ अर्थात् २०७५ चैत सम्ममा सक्ने लक्ष्य आयोजनाले लिएको छ। मेलम्ची खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न हुन नसक्दा पटक(पटक समय थप हुँदै आएको छ।

तरुनीका कारण तनाब खेप्दै तीन भाई मन्त्री,गोकर्णलाई पुजाले यसरी सताउने,अरु क को परे च्याखेमा

महिलाहरुसँग जोडिदा धेरै व्यक्ति फन्दामा परेका छन् । यस्तै लफडामा फस्दै छन् गोकर्ण विष्ट । जसरी बालिका खड्काका कारण अहिले प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलार्ई बदनाम गराउदैछिन् । संगीता अधिकारीका कारण पूर्व रक्षामन्त्री भिमसेन दास प्रधान बदनामी कमाउदै छन् । ठीक उही ढंगले एक जना महिलासँग नाम जोडिदा अहिले चर्चा कमाइरहेका श्रममन्त्री गोकर्ण विष्ट बदनाम बन्न पुगेका छन् ।

 

मलेसिया कामदार पठाउन नै रोकेर भीएलएन, बायोमेट्रिकको बार्षिक ४ अर्ब रुपैयाँको ब्यापार हत्याउने खेलमा लागेका पूजा चन्द ठकुरीको डिजाइनमा मन्त्री फसेको आरोप लाग्न थालेको छ । र मन्त्री विष्टलाई बदनाम गराउने अरु कोही नभई विद्युत प्राधिकरणको पूर्वप्रमुख कीर्तिचन्द ठकुरीकी छोरी हुन् उनी । यिनी यस्तो खेलाडी कि दुई तिहाई बहुमत प्राप्त सरकारलाई समेत बदनाम गराउदै छिन् ।

 

भीएलएन र बायोमेट्रिकजस्ता दलाली गर्ने र नेपाली श्रमिकलाई चुस्ने कम्पनी त खारेज भए तर अहिले यो कामको प्रवन्ध उनै पूजालाई दिने गरी गोकर्ण विष्टले प्रबन्ध मिलाउन खोजिरहेका छन् । यस्मा पूजा चन्द मात्र होइन होइन उपराष्टपति नन्द बहादुर पुनका पुत्र दिपेश समेत मुछिएका छन् । प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा भीएलएनका राम श्रेष्ठले १ अर्ब ८३ करोड बराबरको कारोबार गरेको देखिएको थियो । त्यही ठगी बिजनेस अहिले अर्को ‘बिचौलिया’ समूहलाई दिलाउन दिपेश हात धोएर लागि परेका छन् ।

 

यता यो संस्था हत्याउन पूजाले भेन्डर नामक संस्था संचालन गर्दै आएका ब्यक्तिलाई हटाएर बायोमेट्रिक, भीएलएन, आइएससी जस्ता संस्था आफ्नो हातमा पार्न श्रममन्त्री र मन्त्रालयका कर्मचारीलाई आफ्नो पक्षमा पार्ने धुनमा लागेकी छिन् ।

 

यी तिनै महिला हुन् जस्ले केही बर्ष अगाडि उनीविरुद्ध समाचार लेखेकै कारण एक दैनिकको पत्रकारको जागिर खाइदिएकी थिईन । दैनिक पत्रिकामा पूजा चन्द ठकुरीका काला कर्तुतहरुका विषयमा समाचार लेख्दा दैनिकमा कार्यरत ती पत्रकारले राजीनामा नै बुझाएर हिड्नु परेको थियो ।

 

अहिले तिनै पूजा पत्रकार,सम्पादकदेखि उच्च तहका प्रशासक, प्रहरी अधिकृतदेखि मन्त्रीसम्मलाई मलेसिया रोजगारीसँग सम्वन्धीत ‘भेन्डर’ संस्था हत्याउन लागि परेकी छिन् । बायोमेट्रिक, भीएलएन, आइएससी जस्ता राम्रो आर्थिक स्रोत भएका संस्था हत्याउन श्रममन्त्री गोकर्ण बिष्टको पहुँचमा पुग्न लागेकी हुन् ।

 

बेलैमा मन्त्री विष्टले यस्ता व्यक्तिलाई नचिन्ने हो भने उनले हटाएको मलेसियाको सिण्डिकेट पनि भौतिक योजना मन्त्री रघुबीर महासेठले हटाएको भनिएको यातायातको सिण्डिकेट झैं नहोला भन्न सकिन्न ।

 

यता जति नै ठूला कुरा गरे पनि हाम्रो अर्थतन्त्रलाई टिकाउने मुख्य पाटो भनेकै रेमिट्यान्स हो । नेपाल–मलेसिया श्रम सम्झौता भएको महिना दिनभन्दा बढीभइसक्यो । यो बीचमा १० हजारभन्दा बढी नेपाली श्रमिक भिसा लगाएरु बसेका छन् । तर उनीहरु मलेसिया उड्न पाइरहेका छैनन् । उता यो बीचमा मलेसिया रोजगार बन्द हुँदा नेपालले १० अर्ब ५० करोड रेमिट्यान्स गुमाएको तथ्यांक सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...