श्रीमानलाई जेलबाट छुट्ने आशमा शरिर र पैसा दिए पछि



हाम्रो इकोनोमि

 

राजनीतिक शक्तिको आधारमा समाजमा कतिसम्मको अपराध हुने गर्छ भन्ने कुरा राजविराजकी एक महिलामाथि एक नेताले गरेको दुव्र्यवहारबाट छर्लङ्ग हुन्छ ।

 

सप्तरीमा राष्ट्रिय जनता पार्टी (राजपा) का एक नेताले एक महिलासँग लाखौ रुपैयाँ ठग्नुका साथै बलात्कार समेत गरेको घटना सार्वजनिक भएको छ । ठगी र बलात्कार आरोपमा सप्तरी प्रहरीले राजपा नेपाल सप्तरीका कोषाध्यक्ष मनोज मेहतालाई आइतबार पक्राउ गरेको छ ।

 

छिन्नमस्ता गाउँपालिका–५ लोखरमका मेहताले राजविराज कारागारमा थुनामा रहेका श्रीमानलाई छुटाई दिने प्रलोभन देखाई साढे १० लाख रुपैयाँ ठग्नुका साथै लजमा लगी बलात्कार गरेको पीडित महिलाले बताएकी छन् । मेहताविरुद्ध ठगी तथा बलात्कार दुबै उजुरी दर्ता गरिएको डीएसपी भावेश रिमालले जानकारी दिएका छन् ।

 

अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका महिलाका श्रीमानलाई राजनीतिक पहुँचका आधारमा छुटाई दिने आश्वासन दिँदै मेहताले पटक–पटक गरी करिब साढे १० लाख रुपैयाँ ठगी गरेको उनले बताइन् ।

 

जिल्ला कारागार, सप्तरी पछिल्लो पटक शंका लाग्न थालेपछि पीडितले बैंकमार्फत एक लाख ९५ हजार पठाएकी थिइन् । त्यसअघि साढे एक लाख, तीन लाख र चार लाख रुपैयाँ पटक–पटक गरी विभिन्न ठाउँबाट ऋणसापट लिएर नगदै दिएको पीडितको भनाई छ ।

 

जेल परेका श्रीमानले नै मेहतासँग गत चैतको अन्त्यतिर चिनजान गराई दिएपछि बैशाखदेखि मेहताले बारम्बार सम्पर्क गरी आफ्नो पहुँच न्यायाधीश, एसपी, कर्मचारी सबैसँग भएकोले छुटाउन १० लाख रकम माग गरेका थिए ।

 

पीडितका अनुसार पछिल्लो पटक जेलमै भेट भएका मेहताले न्यायाधीशको मानिससँग भेटन जाउँ, आफै पनि कुरा गर भन्दै राजविराजस्थित अशोक लज लगेका थिए ।

 

लजमा न्यायाधीशको मानिस १५ मिनेटसम्म पनि नआएपछि निक्लिन खोज्दा उनले भित्रबाट चुकुल लगाएर शुरुमा कुटपिट गरी बलात्कार गरेको पीडितले रुँदै बताएकी छन् । यसबारे श्रीमानलाई तत्कालै आफूले जानकारी दिएपछि प्रहरीकहाँ उजुरी गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...