श्रीमानलाई जेलबाट छुट्ने आशमा शरिर र पैसा दिए पछि



 

राजनीतिक शक्तिको आधारमा समाजमा कतिसम्मको अपराध हुने गर्छ भन्ने कुरा राजविराजकी एक महिलामाथि एक नेताले गरेको दुव्र्यवहारबाट छर्लङ्ग हुन्छ ।

 

सप्तरीमा राष्ट्रिय जनता पार्टी (राजपा) का एक नेताले एक महिलासँग लाखौ रुपैयाँ ठग्नुका साथै बलात्कार समेत गरेको घटना सार्वजनिक भएको छ । ठगी र बलात्कार आरोपमा सप्तरी प्रहरीले राजपा नेपाल सप्तरीका कोषाध्यक्ष मनोज मेहतालाई आइतबार पक्राउ गरेको छ ।

 

छिन्नमस्ता गाउँपालिका–५ लोखरमका मेहताले राजविराज कारागारमा थुनामा रहेका श्रीमानलाई छुटाई दिने प्रलोभन देखाई साढे १० लाख रुपैयाँ ठग्नुका साथै लजमा लगी बलात्कार गरेको पीडित महिलाले बताएकी छन् । मेहताविरुद्ध ठगी तथा बलात्कार दुबै उजुरी दर्ता गरिएको डीएसपी भावेश रिमालले जानकारी दिएका छन् ।

 

अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका महिलाका श्रीमानलाई राजनीतिक पहुँचका आधारमा छुटाई दिने आश्वासन दिँदै मेहताले पटक–पटक गरी करिब साढे १० लाख रुपैयाँ ठगी गरेको उनले बताइन् ।

 

जिल्ला कारागार, सप्तरी पछिल्लो पटक शंका लाग्न थालेपछि पीडितले बैंकमार्फत एक लाख ९५ हजार पठाएकी थिइन् । त्यसअघि साढे एक लाख, तीन लाख र चार लाख रुपैयाँ पटक–पटक गरी विभिन्न ठाउँबाट ऋणसापट लिएर नगदै दिएको पीडितको भनाई छ ।

 

जेल परेका श्रीमानले नै मेहतासँग गत चैतको अन्त्यतिर चिनजान गराई दिएपछि बैशाखदेखि मेहताले बारम्बार सम्पर्क गरी आफ्नो पहुँच न्यायाधीश, एसपी, कर्मचारी सबैसँग भएकोले छुटाउन १० लाख रकम माग गरेका थिए ।

 

पीडितका अनुसार पछिल्लो पटक जेलमै भेट भएका मेहताले न्यायाधीशको मानिससँग भेटन जाउँ, आफै पनि कुरा गर भन्दै राजविराजस्थित अशोक लज लगेका थिए ।

 

लजमा न्यायाधीशको मानिस १५ मिनेटसम्म पनि नआएपछि निक्लिन खोज्दा उनले भित्रबाट चुकुल लगाएर शुरुमा कुटपिट गरी बलात्कार गरेको पीडितले रुँदै बताएकी छन् । यसबारे श्रीमानलाई तत्कालै आफूले जानकारी दिएपछि प्रहरीकहाँ उजुरी गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका