माधव नेपालको कोसिस, ‘जिससपुत्री’को आशिष



हाम्रो इकोनोमि

 

 

क्रिस्चियनहरूको देश अमेरिकामा १८ महिना जेलसजाय पाएका,
जासुसीको आरोपमा उत्तर कोरियामा पाँच वर्ष जेल बसेका,
धर्मलाई दुरुपयोग गरेको आरोपमा बेलायत र जापान प्रवेशमा प्रतिबन्धित
मुनको संस्थाले नेपालमा भने सिंगो राज्यलाई नै सक्रिय बनाएर भव्य धर्मसभा ग¥यो, किनकि पृष्ठभूमिमा थिए सत्तारुढ दलका शीर्षनेता माधव नेपाल विवादास्पद एसिया प्यासिफिक समिटले सरकारलाई बदनाम बनाएको छ । पृष्ठभूमिमा मुख्य अभिभावक भने सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपाल थिए । नेता नेपालकै पहलमा सरकार यो कार्यक्रममा सरिक भएको हो ।

 

नेकपा नेता नेपालको पहलमा नेपालमा यो सम्मेलन गर्ने निर्णय ६ महिनाअघि नै भएको हो । उनकै पहलमा युनिभर्सल पिस फेडेरेसन नेपालका अध्यक्ष एकनाथ ढकालले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेटेका हुन् ।

 

कार्यक्रमलाई सुनिश्चित बनाउन फेडेरेसन प्रेसिडिङ काउन्सिलका सदस्य तथा फिलिपिन्सका पूर्वसभामुख होसे डे भेनेसिया ६ महिनाअघि नेपाल आएका थिए । माधव नेपालमार्पmत भेनेसियाले नेपालको उच्च राजनीतिक नेतृत्वलाई भेटेका थिए ।

 

फेडेरेसनमार्फत माधव नेपालले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग पनि बलियो सम्बन्ध बनाएका छन् । सन् १९८५ देखि निरन्तर सत्तामा रहेका हुन सेनले गत जुलाईमा प्रमुख प्रतिपक्षी दललाई प्रतिबन्ध लगाएर निर्वाचन गराएका थिए । संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय संघसंस्थाहरूले मान्यता नदिएको सो निर्वाचनमा नेपालबाट पर्यवेक्षकको रूपमा माधव नेपाल गएका थिए । विपक्षीलाई धपाएर गरिएको निर्वाचनमा हुन सेनले ८०

 

अब अर्को सम्मेलनको  तयारीमा लाग्छु
एकनाथ ढकाल, सम्मेलन आयोजक

एसिया प्यासिफिक समिट २०१८ का आयोजक तथा युनिभर्सल पिस फेडेरेसन नेपालका अध्यक्ष एकनाथ ढकालले कार्यक्रम सफल भइसकेकाले यो विषयमा आपूm तत्काल थप नबोल्ने बताएका छन् ।

 

सरकारले सहयोग गर्‍यो, कार्यक्रम सफल भइसक्यो । अब त्यसको विषयमा म बोल्न चाहन्नँ । अब अर्को समिटको तयारीमा लाग्ने हो,’ उनले यति मात्रै भने ।

 

कार्यक्रम बाइबल सिद्धान्त विपरीत: क्रिस्चियन महासंघ
क्रिस्चियन समुदायलाई चोट पुर्‍याएको टिप्पणी
युनिफिकेसन चर्चका संस्थापकको आयोजना र नेपाल सरकारको सक्रियतामा सम्पन्न भएको सम्मेलनमा नेपाली क्रिस्चियनहरूको छाता संगठन क्रिस्चियन महासंघले सहभागिता जनाएन । महासंघका अध्यक्ष सिबी गहतराजले सरकार, नेता र जनतालाई भ्रममा राखेर कार्यक्रम गरिएको टिप्पणी गरे ।

 

‘धर्ममाता भनिने हाक जा हान मुनको अन्तिम लक्ष्य सरकारप्रमुखका अगाडि जिससकी छोरी हुँ भनेर घोषणा गर्नु थियो, उनी सफल भइन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘तर, यो कार्यक्रम बाइबलविपरीत हो, धर्मलाई बदनाम गर्न आयोजना गरिएको हो, यस्तो कार्यक्रमले समग्र क्रिस्चियन समुदायलाई चोट पुर्‍याएको छ, आक्रोशित बनाएको छ ।’

 

 

नेपालमा आठ सम्प्रदायका क्रिस्चियन
नेपालमा सबैभन्दा बढी प्रोटेस्टेन्ट समुदायका क्रिस्चियन छन् । क्रिस्चियन धर्मका पास्टर अधिवक्ता बुद्ध घिसिङका अनुसार मूलधारका क्रिस्चियनमा क्याथोलिक र प्रोटेस्टेन्ट हुन् । सियोन, याहोवा साक्षी, ओन्ली जिजस, चर्च अफ क्राइस्ट, सेभेन्थ डे र मुन सम्प्रदायका क्रिस्चियन छन् । तर, क्याथोलिक र प्रोटेस्टेन्टले अन्य ६ समुदायलाई ‘झुटा’ भन्ने गरेका छन् ।

 

 

 गरिब देशमा तीव्र गतिमा धर्म परिवर्तन

सेन्टर फर द स्टडी अफ ग्लोबल क्रिस्चियानिटीका अनुसार सन् १९७० मा विश्वभर २ लाख ४० हजार क्रिस्चियन धर्म प्रचारक थिए । सन् २००० मा यो संख्या ४ लाख ४० हजार पुग्यो । अहिले उनीहरूको संख्या दशौँ लाख छ ।

 

तेस्रो विश्वका मुलुकहरू खासगरी इथियोपिया, सुडान, केन्या, ब्राजिल, भारत, फिलिपिन्स, मेक्सिको र नेपालमा धर्म प्रचार अभियानकै रूपमा सञ्चालित छ । धर्म प्रचारका लागि मात्रै वार्षिक एक खर्ब ४५ अर्ब अमेरिकी डलर अर्थात् १६६ खर्ब रुपैयाँ अर्थात् नेपालको बजेटको ११ गुणा खर्च हुँदै आएको छ ।

 

मलेसियाको सबैभन्दा पुरानो पत्रिका न्यु स्ट्रेइट्स टाइम्सले डिसेम्बर २३, २०१७ मा प्रकाशित गरेको एक रिपोर्टले सो समय नेपालमा क्रिस्चियनको संख्या ३० लाख पुगेको दाबी गरेको थियो । त्यस्तै, बेलायतको पत्रिका द गार्जियन लेख्छ, ‘नेपालका विपन्न जनतालाई आर्थिक राहतसँगै बाइबल पनि वितरण गरिएको गुनासो छ ।’

 

देशभर करिब १२ हजार चर्च,  ३० लाख क्रिस्चियन धर्मावलम्बी

-गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे ४ हजार चर्च छन् । यो संख्या २०७० सालमा गृहले अनौपचारिक रूपमा लिएको हो । देशैभरि करिब १२ हजार चर्च भएको अनुमान छ ।

 

-नेपाल राष्ट्रिय क्रिस्चियन महासंघका अध्यक्ष सिबी गहतराजले नेपालमा करिब १२ हजार ५ सय चर्च रहेको बताए । तर, त्यसको आधिकारिक तथ्यांक भने छैन । नेपालको जनगणना ०६८ अनुसार १.४ प्रतिशत अर्थात् करिब ३ लाख ७५ हजार क्रिस्चियन धर्मावलम्बी छन् । सन् २०२० मा ३.८ प्रतिशत नेपालीलाई क्रिस्चियन बनाउने लक्ष्यका साथ प्रचार–प्रसार भइरहेको छ ।

 

-आधिकारिक तथ्यांक थोरै भए पनि करिब ३० लाख नेपाली क्रिस्चियन भइसकेको दाबी सो धर्मआबद्ध संस्थाहरूको छ । विश्वमा तीव्र गतिमा क्रिस्चियन धर्मावलम्बीको वृद्धि हुने देशको सूचीमा नेपाल अग्रपंक्तिमा छ । अध्ययनअनुसार नेपालमा वार्षिक औसत वृद्धिदर १०.२२ प्रतिशत छ । अफ्रिकन देशहरूमा अझ तीव्र प्रचार भइरहेको छ ।नयाँपत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...