डा. रामशरण महतको तर्क : उदारीकरणविना देश ‘कोल्याप्स’ भइसक्थ्यो



 

आमरूपमा नेपालको अर्थतन्त्र जसरी निरन्तर ओरालो लागिरहेको छ भन्ने गरिन्छ, यथार्थमा त्यसरी ओरालो लागेको छैन । बरु केचाहिँ भन्न सकिन्छ भने हामीले सोचेजसरी जुन स्तरको आर्थिक चमत्कार वा वृद्धि हुनुपथ्र्यो, त्योचाहिँ नभएको पक्का हो । देशमा आर्थिक वृद्धि हुनुको सट्टा शिथिलता आएको साँचो हो । यसको मूल समस्या भनेको राजनीतिक अस्थिरता र राजनीतीकरण हो ।

 

विगत केही दशकदेखि हाम्रो देशको मूल एजेन्डा राजनीति मात्रै बन्न पुगेको छ । सबैले राजनीतिलाई मात्रै जोड दिइरहेका छन् र आर्थिक विकास भाषणमा मात्र सीमित छ । वास्तविक आर्थिक विकासका लागि जग बनेको सन् १९९० को परिवर्तनपछि कांग्रेसको पालामा गिरिजाबाबुको नेतृत्वमा बनेको सरकारबाटै हो । अहिले सामाजिक क्षेत्रमा जे–जति उपलब्धि भएका छन्, त्यति वेला नै भएको हो ।

 

तर, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार क्षेत्रमा होस्, अथवा आर्थिक क्षेत्रमा जति हुन सक्थ्यो, त्यति हुन नसकेको राजनीतिक अस्थिरता र लामो समयको द्वन्द्वले गर्दा हो । देशमा सुशासन कायम हुन नसक्दा पनि धेरै विषयले सही मार्ग लिन नसकेका हुन् ।

 

सन् १९९० को दशकमा अंगालेको आर्थिक नीतिले जग नबसालेको भए वर्तमान अवस्थामा भन्दा हामी अत्यन्त नराम्रो हालतमा पुगेका हुने थियौँ । त्यही आर्थिक नीतिको जगमा सरदर ५४ वर्ष बाँच्ने नेपाली अहिले ७१ वर्ष बाँच्ने भएका छन् । स्वास्थ्य सेवाको सञ्जाल गाउँगाउँमा पुगेको छ ।

 

७ हजार किलोमिटर बाटोमा सीमित देशमा हामीले अहिले ८० हजार किलोमिटर लामो बाटो निर्माण गरेका छौँ । दूरसञ्चार, वायुसेवा, जलविद्युत्सहित विकासको क्षेत्रमा हामीले जुन फड्को मारेका छौँ, त्यो सन् १९९० मा हामीले लिएको आर्थिक उदारीकरण नीतिले नै सम्भव तुल्याएको हो ।

 

खुला लगानीको वातावरण

क्रमिक विकासले पनि यति विकास हुन्छ, उति विकास हुन्छ भन्ने कुरा सुनिन्छ, तर त्यसै कहिल्यै पनि कहीँ विकास हुँदैन । त्यसका लागि प्रस्ट नीति चाहिन्छ । सन् ९० को दशकको सुरुवातसम्म आर्थिक विकास प्रतिबन्धित र केन्द्रीकृत थियो । सबैले सरकारको मुख ताक्ने गर्थे र निजी क्षेत्रको हात बाँधिएको अवस्था थियो ।

 

त्यस्तै गैरसरकारी क्षेत्रलाई हलचल गर्न दिइएको थिएन । सहकारी क्षेत्र संकुचित थियो । सबै केन्द्रीकृत र नियन्त्रित थियो । वैश्विक र नेपालको आफ्नै अनुभवले पनि के भन्छ भने केन्द्रीकृत र नियन्त्रित अर्थव्यवस्था असफल हुन्छ ।

 

खासमा राष्ट्र निर्माणमा सबैले सहभागी हुन पाउनुपर्छ । त्यसका लागि नीतिगत सुधारको आवश्यकता थियो । यस्तो अवस्थामा हामीले सबैलाई राष्ट्र निर्माणमा सहभागी गराउने ढोका खुला ग(यौँ ।

 

त्यसबखत हामीले त्यस्तो नीति नलिएको भए व्यापारीका लागि मात्रै होइन, स्वेदशी–विदेशी लगानीकर्तालाई, सहकारी–गैरसहकारी क्षेत्रलाई लगानीको वातावरण खुला हुने थिएन । हामीले त्यसबखत औद्योगिक नीति, वैदेशिक मुद्रासम्बन्धी नीति, वित्तीय नीति ल्याएर यी क्षेत्रलाई पनि विकास निर्माणमा सहभागी गरायौँ । लगानीकर्तालाई खुला नगरी कुनै पनि सरकार अघि बढ्न सक्दैन ।

 

उदाहरणका लागि हामीले चीन र रुसजस्ता देशलाई हेर्न सक्छौँ । त्यहाँ नियन्त्रित अर्थ व्यवस्था हुँदा सबै अघि बढ्न सकेनन् । त्यसपछि उनीहरूले लगानी खुला गर्नुप(यो । अन्यत्र पनि जहाँ नियन्त्रित अर्थव्यवस्था थियो, उनीहरूले त्यसलाई खुला गरेको हामी पाउँछौँ । हामीले पनि त्यही नीति अँगाल्यौँ ।

 

उदारीकरणपछि रोजगारी सिर्जना

नेपालमा हामीले आर्थिक उदारीकरणको नीति अँगाल्नुअघिसम्म गरिबीको रेखामुनि कति नेपाली थिए र अहिले कति छन् रु लगानी कति वृद्धि भयो रु सबैलाई थाहा छ । पहिले एउटा टेलिफोन लिन कति वर्ष कुर्नुपथ्र्यो, तपाईं–हामी सबैलाई थाहा छ । पहिले एउटा टेलिफोनको लाइन लिन मन्त्री र सांसदको घरमा ताँती लाग्थ्यो, अहिले त्यस्तो अवस्था छैन । दूरसञ्चारको क्षेत्रमा समेत निजी क्षेत्रलाई खुला गरेपछि अहिले पकेट–पकेटमा टेलिफोन पुगेको छ ।

 

आरएनएसीमा टिकट लिनका लागि हप्तौँ कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ र दर्जनौँ वायुसेवा कम्पनी खुलेका छन् । एउटा मेडिकल कलेज मात्र हुने ठाउँमा अहिले कैयौँ कलेज खुलेका छन् । नीतिको कुरा गर्दा जंगलमा फलानो रुख भाँचियो भन्ने कि जंगल हेर्ने रु यसैबीच अपर कर्णाली, अरुण तेस्रोको विषय पनि उठ्ने गर्छ । त्यसमा हामीले लगानीकर्तालाई आकर्षित गर्न सकेनौँ किनभने देशमा राजनीतिक स्थिरता हुन सकेन ।

 

अरुण तेस्रोमा त विश्व बैंकले एक अर्ब डलर लगानी गर्ने भनेको थियो । त्यसपछि नेपालमा राजनीतिक परिवर्तन भयो । त्यसका साथै नीतिगत निरन्तरता र विश्वास आर्जन गर्न सक्ने सरकार पनि हुनुप(यो । उदारीकरणको नीति अँगाल्नुअघिसम्म राहदानी लिनका लागि महिनौँ कुर्नुपथ्र्यो, त्यसपछि हामीले राहदानी नीतिलाई समेत विकेन्द्रित ग(यौँ । मजस्तो विश्वविद्यालयमा ‘गोल्ड मेडलिस्ट’ विद्यार्थीलाई तत्कालीन सरकारले छात्रवृत्ति पाउँदा पनि जान दिएन । त्यसैले उदारीकरणको नीति भनेको हरेक क्षेत्रमा उदार हुने भनेको हो ।

 

 

राहदानीको नीतिलाई खुला गरेसँगै धेरै नेपाली विदेश जान पाउने अवस्था बन्यो, जसले नेपालको गरिबी अन्त्य गर्न मद्दत त ग(यो । तर, त्यो नै एक मात्र कारण होइन । हामीले उदारीकरणको नीति लिएसँगै सन् ९० को दशकमा मात्रै एक वर्षमा ८९ हजार रोजगारी सिर्जना भयो । त्यसकारण उदारीकरणका विषयमा आममान्छेलाई मेरो सुझाब के छ भने कुनै पनि कुरामा धारणा बनाउनुअघि त्यस विषयको राम्रो अध्ययन गरिनुपर्छ ।

 

 

निजीकरणपछिको औद्योगिक लहर

बाँसबारी छालाजुत्ताजस्ता उद्योग त्यसबखत जति निजीकरण गरिए, ती झन्डै एक अर्ब घाटामा थिए । शिक्षा, स्वास्थ्यमा लगानी गर्नुपर्ने रकम यी घाटामा गएका उद्योग धान्न खर्च गरिरहनुपरेको थियो । त्यसका साथै निजीकरणको नीति नेपालमा मात्रै अपनाइएको होइन । त्यसैबखत चीनमा झन्डै २५ हजार उद्योग निजीकरण गरिएका थिए ।

 

 

रुस र भारतमा पनि त्यस्तै गरियो । जुन उद्योग प्रतिस्पर्धाका आधारमा बजारमा चल्न सक्छन्, तिनलाई सरकारले चलाउने होइन । फेरि हाम्रा उद्योगमा उत्पादकत्व, दक्षता र व्यवस्थापनको कमी छ । त्यसैले केही उद्योग निजीकरण गरियो । त्यसपछि त्यस्ता कैयौँ क्षेत्रमा थुप्रो लगानी आउन थाल्यो ।

 

बाँसबारी छालाजुत्ता बन्द भयो होला तर त्यसपछि ४०–५० वटा जुत्ता कारखाना खुले । अहिले विदेशमा मात्रै २ अर्बको जुत्ता निकासी हुन्छ । चिनी कारखाना निजीकरण गर्दा कोही लिन तयार भएनन् किनभने त्यसको प्रविधि ५० वर्ष पुरानो थियो ।

 

 

व्यवस्थापन सम्झौता लिनुस् भन्दा पनि कोही तयार भएन । तर, त्यसको सट्टा अरू ८–९ वटा उद्योग निजी क्षेत्रमा स्थापना भए । त्यस्ता उद्योग राज्यको पक्षमा किन पनि छ भने न ती उद्योगलाई सरकारले अनुदान दिनुपर्छ, न तिनको घाटा व्यहोर्नुपर्छ । उल्टो उनीहरूले सरकारलाई कर तिरिरहेका हुन्छन् । हामीले अँगालेको नीतिले गर्दा सन् ९० को दशकको अन्त्यतिर कैयौँ गार्मेन्ट कम्पनी बढेका थिए र उनीहरूले गार्मेन्ट निर्यात गर्थे ।

 

नेपालको कुल आयातको ५० प्रतिशत हिस्सा हाम्रो निर्यातको मूल्यले धान्थ्यो । गार्मेन्ट रोकिनुको कारणचाहिँ हामीले अँगालेको नीति होइन, अमेरिका र युरोपले दिँदै गरेको कोटा कटौती गर्नु हो । विश्व बजारमा हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्न नसकेर गार्मेन्ट बन्द भएका हुन् । हाम्रो देशमा कपडा उत्पादन नहुने र सबै विदेशबाट आयात गर्नुपर्दा पनि हामीले भारत र बंगालदेशको गार्मेन्टसँग प्रतिस्पर्धा गर्न नसकेको हो ।
भाषण मात्र गरेर हुँदैन

 

देशलाई आर्थिक विकासको बाटोमा डो(याउनका लागि काम गर्नुपर्नेमा वर्तमान सरकारले भाषण र प्रचारसिवाय केही गरिरहेको छैन । सानो उदाहरणका लागि सामाजिक सुरक्षा ऐनकै विषयलाई लिन सक्छौँ । यो धेरै पहिले उद्योगी, मजदुरका प्रतिनिधिसँग छलफल गरेर समझदारी कायम गर्दै ल्याइएको कानुन हो ।

 

वर्तमान सरकारले गरेको भनेको त्यसको कार्यान्वयनको घोषणा मात्रै हो । तर, त्यसैलाई नयाँ युगमा प्रवेश भनेर प्रधानमन्त्री र श्रममन्त्रीको तस्बिर पोल–पोलमा र अखबारमा राखेर प्रचार गरिएको छ । जब कि त्यसको परिणाम आउन कति लाग्छ, भन्नेसमेत थाहा छैन । देशलाई अघि बढाउने हो भने यस्ता प्रचारबाजी होइन, मिहिनेत गरेर परिणाम निकाल्नुपर्छ । काम गर्ने संस्कार, लगानीकर्तालाई प्रोत्साहन गरिनुपर्छ । उद्यमशीलतालाई प्रोत्साहन गर्न भाषण होइन, काम गरेर देखाउनुपर्छ ।

 

पुनर्विचार गर्नुपर्ने अवस्था छैन

सन् ९० को दशकमा हामीले जुन नीति लियौँ त्यसमा बिल्कुलै पुनर्विचार गर्नुपर्ने छैन । उदारीकरणको नीति लिएकोमा मलाई अझै पनि गौरव छ । त्यतिखेर हामीले उदारीकरणको नीति लिन नसकेको भए यो देश उहिल्यै ‘कोल्याप्स’ भइसक्ने थियो । हो, देशलाई ‘कोल्याप्स’ गर्नका लागि १२ वर्षको हिंसात्मक द्वन्द्व चलाइयो, तर मुलुक बलियो आर्थिक नीतिका कारण ध्वस्त भएन । हाम्रा सामाजिक आर्थिक सूचकांक केही न केही सुधार भएकै छन् ।

 

 

२५ वर्षमा २४ वटा सरकार फेरिँदा पनि देश ‘कोल्याप्स’ भएन । यद्यपि स्थिरता र सुशासन कायम हुन सकेको भए हामी दक्षिण एसियाका अन्य मुलुकभन्दा धेरै माथि पुगिसक्थ्यौँ । तर, अहिले देशको जुन अवस्था छ, त्यसलाई त्यही उदारीकरण नीतिले बचाएको हो । त्यसैले त्यो नीति कुनै हालतमा गलत थिएन ।

 

हिजो गलत भन्नेहरू पनि अहिले यही नीतिको पछि लागेर हिँडेका छन्, त्यसैलाई स्वीकार गरेर हिँडेका छन् । प्रचण्ड, बाबुराम अथवा ओली विदेश जाँदा सबैभन्दा पहिले त्यहाँका उद्योगपति, लगानीकर्तालाई भेटेर नेपालमा लगानी गर्नुप(यो भन्छन् । त्यस नीतिको सुरुवात हाम्रो समयमा भएको हो । त्यसैले देशलाई आर्थिक दिशामा डो(याउन यस नीतिलाई दरिलो गरी समाउँदै देशको दक्षता वृद्धि र सुशासन कायम गर्न काम गर्नुपर्नेछ । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल