तनहुँमा पर्यटन प्रवद्र्धनका लागि खोला थुनेर ताल बनाइने



हाम्रो इकोनोमि

 

तनहुँको घिरिङ गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि खोला थुनेर ताल बनाउने तयारी गरेको छ ।

गाउँपालिका–३ मा रहेको गोफाखोला थुनेर ताल बनाउने तयारी गरिएको हो ।

घिरिङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित कृत्रिम तालको अवधारणा ल्याइएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “घिरिङ पर्यटनमा प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको छ, ताल बनाएर ती स्थानको प्रवद्र्धन गर्ने योजनामा जुटेका छौँ ।”

कृत्रिम ताल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) समेत तयार भइसकेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले प्राविधिक पठाएर स्वीकृति दिएपछि ताल निर्माणको प्रक्रिया अगाडि बढ्ने बताउँदै रानाले चालू आर्थिक वर्षमा ताल निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

५० रोपनी क्षेत्रफलमा फैलिने तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ ।

बसाइँसराइ रोक्न खानेपानी आयोजना निर्माण

तनहुँको ब्यास नगरपालिका–८ कोटथोकमा कुनै समय बसाइँसराइको क्रम तीव्र रुपमा चल्यो ।

खानेपानीको अभावमा त्यहाँका बासिन्दा पुर्खाको थाकथलो छाड्न बाध्य भए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...