सम्मेलनमा को-को आउँदैछन् ‘हाइ-प्रोफाइल’?, सू की र हुन सेन काठमाडौं



 

सरकारले एनजीओ/आईएनजीओ मिलेर गर्ने ‘एसिया प्यासिफिक समिट–२०१८’मा चार दर्जनभन्दा बढी मुलुकका राजनीतिज्ञ आउने भएका छन्। मंसिर १३ र १४ गते हुने काठमाडौंमा हुने सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्रीसमेत आउने भएका हुन्।

 

विभिन्न मुलुकका बहालवाला र पूर्व पदाधिकारी (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, सभामुख) सहित विभिन्न संघसंस्थाका प्रतिनिधि आउने बताइएको छ।

 

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, कम्बोडियाका प्रधानमन्त्री हुन सेन, तुभालुका राष्ट्रप्रमुख लाकोबा टाइया इटालेनी सहभागी हुने भनिएको छ। त्यसैगरी समोआका राष्ट्र प्रमुख अफिओगा टुई मालिलिफानो, नाउरुका राष्ट्रपति बारोन वाका, भानुआतुका राष्ट्रपति मोसेस ओबेड टल्लिस र म्यानमारकी विदेश मन्त्री आङ साङ सू ची समेत सहभागी हुने बताइएको छ ।

यो सम्मेलन नेपाल सरकार, प्रतिनिधि सभा, युनिभर्सल पिस फेडरेसन (यूपीएफ), नेसनल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आईक्याप) र इन्टरनेसनल एसोसियसन अफ पार्लियामेन्टेरियन फर पिस (आईएपीपी) को सहकार्यमा हुँदैछ।

 

सम्मेलनको तयारी होटल हायातमा भइरहेको छ। यसबारे चीन र भारत मात्र होइन, अन्य शक्तिराष्ट्रले पनि चासो देखाएको परराष्ट्र मन्त्रालयले जनाएको हो। अतिथिको स्वागतको जिम्मेवारी सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई सुम्पेको छ। सरकारले आयोजना गरेको बिम्स्टेक शिखर सम्मेलनमा पनि उनले नै सबै विशिष्ट पाहुनालाई स्वागत गरेका थिए।

 

सरकारले भने यसलाई ‘ट्र्याक टू डिप्लोमेसी’ को संज्ञा दिएको छ। यसलाई सरकारले आगामी दिनमा विश्वमा हुने विभिन्न सम्मेलनको सहजीकरण समेत भनेको छ।

 

किन विवादित?

एनजीओ/आईएनजीओसँग मिलेर सरकारकले गर्न लागेको यो सम्मेलनलार्इ शंकाको दृष्टिले हेरिएको छ। उच्च सरकारी अधिकारीहरूसमेत यो कार्यक्रमप्रति असन्तुष्ट छन्। ‘एनजीओ/आईएनजीओको कार्यक्रममा आउने पाहुनाको भ्रमणलाई औपचारिक बनाउनु वा औपचारिक भ्रमणमा आएकालाई त्यस्तो कार्यक्रममा सहभागी गराउनु भनेको सरकारको साख गिराउनु हो,’ परराष्ट्रका एक उच्च अधिकारीले भने। यो सम्मेलनमा प्रधानमन्त्री कार्यालयको विशेष पहल देखिएको पनि उनले बताए।

 

विवादस्पद/शंकास्पद संस्थासँगको सहकार्यमा सरकारले त्यस्तो भ्रमण गराउनु आफैँमा दुर्भाग्यपूर्ण रहेको उनको भनाइ थियो। ‘यूपीएफको विगत हेर्न नेपालस्थित दक्षिण कोरियाली दूतावासलाई सोधे हुन्छ। संस्थाले के गरिरहेको छ र दक्षिण कोरियामा यस संस्थामार्फत गएका मानिस कति छन् त्यो हेर्नुपर्छ।’ यस्तो कार्यले सरकारको नियतमाथि नै प्रश्न चिन्ह लाग्ने भन्दै ती अधिकारीले भने, ‘तिनले मन्त्री÷प्रधानमन्त्रीलाई सहमत गराउँछन्। हामी त निरीह हुन्छौँ।’

 

‘सरकार नै आई/एनजीओसँग मिलेर कार्यक्रम गर्छ भने यो अति नै लज्जास्पद कुरा हो,’ पूर्व राजदूत दिनेश भट्टराईले भने, ‘यसले सरकारप्रति जनताको विश्वास घट्छ भने विश्व समुदायमा पनि नेपालको साख गिर्छ।’ सरकारले आफूलाई कुन गन्तव्यमा लैजान लागेको हो, स्पष्ट नभएको उनले बताए। उनको प्रश्न छ, ‘यस्ता शंकास्पद संस्थासँग काम गर्न बाध्य हुने कारण सरकारलाई के पर्‍यो?’

 

म्यानमारकी नेत्री सू की काठमाडौं आइपुगिन्

म्यानमारकी विदेशमन्त्री आङ साङ सू की काठमाडौं आइपुगेकी छन्। भोलिदेखि सुरु हुने ‘एसिया प्यासिफिक समिट–२०१८’मा सहभागी हुन उनी विहिबार काठमाडौं आइपुगेकी हुन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरकारका उपप्रधान एवं रक्षामन्त्री र्इश्वर पोखरेलले उनलार्इ स्वागत गरे।

त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तै उनी सोल्टी होटल पुगेकी छन्। हेलिकप्टरसहितको विशेष सुरक्षा सहित उनलार्इ विशिष्ठ पाहुन बस्ने व्यवस्था मिलाइएको सोल्टी होटल लगिएको हो। अन्य मुलुकका पाहुनापनि आज र भोली काठमाडौं आउदैछन्।

 

एसिया प्यासिफिक समिट–२०१८’मा चार दर्जनभन्दा बढी मुलुकका राजनीतिज्ञ आउने भएका छन्। मसिंर १३ र १४ गते हुने काठमाडौंमा हुने सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्रीसमेत आउने भएका हुन्।

 

विभिन्न मुलुकका बहालवाला र पूर्व पदाधिकारी (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, सभामुख) सहित विभिन्न संघसंस्थाका प्रतिनिधि आउने बताइएको छ।

 

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, कम्बोडियाका प्रधानमन्त्री हुन सेन, तुभालुका राष्ट्रप्रमुख लाकोबा टाइया इटालेनी सहभागी हुने भनिएको छ। त्यसैगरी समोआका राष्ट्र प्रमुख अफिओगा टुई मालिलिफानो, नाउरुका राष्ट्रपति बारोन वाका, भानुआतुका राष्ट्रपति मोसेस ओबेड टल्लिस र म्यानमारकी विदेश मन्त्री आङ साङ सू ची समेत सहभागी हुने बताइएको छ ।

 

यो सम्मेलन नेपाल सरकार, प्रतिनिधि सभा, युनिभर्सल पिस फेडरेसन (यूपीएफ), नेसनल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आईक्याप) र इन्टरनेसनल एसोसियसन अफ पार्लियामेन्टेरियन फर पिस (आईएपीपी) को सहकार्यमा हुँदैछ।

 

कम्बोडियाका प्रधानमन्त्री सेन काठमाडौंमा

कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुगेका छन्। भोलिदेखि सुरु हुने ‘एसिया प्यासिफिक समिट–२०१८’मा सहभागी हुन उनी विहिबार काठमाडौं आइपुगेका हुन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरकारका उपप्रधान एवं रक्षामन्त्री र्इश्वर पोखरेलले उनलार्इ स्वागत गरेका छन्।

 

त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तै उनी सोल्टी होटलतिर लागेका छन्। हेलिकप्टरसहितको विशेष सुरक्षा सहित उनलार्इ विशिष्ठ पाहुन बस्ने व्यवस्था मिलाइएको सोल्टी होटल लगिएको हो। अन्य मुलुकका पाहुनापनि आज र भोली काठमाडौं आउदैछन्।

 

‘एसिया प्यासिफिक समिट–२०१८’मा चार दर्जनभन्दा बढी मुलुकका राजनीतिज्ञ आउने भएका छन्। मसिंर १३ र १४ गते हुने काठमाडौंमा हुने सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्रीसमेत आउने भएका हुन्।

 

विभिन्न मुलुकका बहालवाला र पूर्व पदाधिकारी (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, सभामुख) सहित विभिन्न संघसंस्थाका प्रतिनिधि आउने बताइएको छ।

 

यो सम्मेलन नेपाल सरकार, प्रतिनिधि सभा, युनिभर्सल पिस फेडरेसन (यूपीएफ), नेसनल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आईक्याप) र इन्टरनेसनल एसोसियसन अफ पार्लियामेन्टेरियन फर पिस (आईएपीपी) को सहकार्यमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल