प्रहरीकै संरक्षणमा सामाजिक संजालको प्रयोग गरी यसरी हुन्छ अवैध हुन्डी कारोबार
राष्ट्रको अर्थतन्त्र हुन्डीका कारण खोक्रो बन्दै गएको छ । भ्रष्टाचार गरी आर्जन गरेको र स्रोत नखुलेको सम्पत्ति हुन्डीमार्फत् विदेश जाने गरेको छ । सुन तस्करीका लागि पनि हुन्डीमार्फंत् रकम विदेश पठाउने गरेको कुरा विमल पोद्दारले नै बयान दिएका छन् ।
सुन छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको सहसचिव इश्वरराज पौेडेलको उच्चस्तरीय छानबिन समितिलाई विवादास्पद ब्यापारी पोद्दारले उक्त बयान दिएका हुन् । उनले बयानमा नेपाल प्रहरीका उच्चपदस्थ अधिकारीसँग मिलेर हुन्डी र सुनको तस्करी गरेको बयानमा भनेका छन् ।
नेपाल प्रहरीका तत्कालीन एआइजीद्वय हेमन्त पाल र रमेशशेखर बज्राचार्यसँग सेटिङ गरी उनले सुनदेखि हुन्डीको कारोबार गरेको बयान दिएका छन् । सुनतस्करीभन्दा पनि विदेशी मुद्रा हुन्डीबाट बाहिरिंदा देशको अर्थतन्त्रलाई ठूलो नोक्सान पुग्छ ।
नेपालमा हुन्डी कारोबार प्रहरीकै संरक्षणमा हुने गरेको रहस्य त पोद्दारले नै खोलिदिएका छन् । हुन्डीको जालो हङकङ, खाडी मुलुक, दक्षिणकोरिया, मलेसिया, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा फैलिएको छ ।
यसैक्रममा अष्ट्रेलियाबाट हुन्डी कारोबार हुने गरेको एक तथ्य फेला परेको छ । भाइबर, फेसबुक, इमोजस्ता सामाजिक संजाल प्रयोग गरी अष्ट्रेलियाबाट हुन्डी कारोबार हुँदैआएको छ ।
अबैध हुण्डीको कारोबार गर्ने व्यापारी बिरुद्ध प्रहरीले अप्रेशन चलाए पनि ठुला कारोबारीसम्म भने प्रहरी पुग्न नसक्दा कारोबार मौलाउने क्रम बढेको छ ।
अस्ट्रेलियामा हुण्डीको नाममा फेसबुक, भाईबर र इमोमार्फत प्रचार गर्न गिरोहले अभियान नै चलाएको छ । यसरी प्रचार गर्ने गिरोहमा एजुकेशन कन्सल्टेन्सीहरु संलग्न रहेको तथ्य भेटिएको छ । उनीहरुले माथि हुन्डीको रेट राखेर तल कन्सल्टेन्सीको बिज्ञापन गर्ने गरेका छन् ।
तारा एजुकेशन कन्सल्टेन्सी ग्रुपको नामबाट दीपेन्द्र कार्कीले हुन्डीको रेट नै राखेर प्रचार गरेका छन् । उनले नेपालमा लोकराज निउरे, रामप्रसाद सापकोटा, सिता सापकोटा र भुपराज न्यौपानेलगायतबाट कारोबार गरेको स्रोतले बतायो । यो गिरोहले अपराध महाशाखाका प्रहरीलाई मिलाएर कारोबार गरेको हुँदा आफूहरुलाई कसैले पनि केही गर्न नसक्ने बताउने गरेको एक ट्राभल्सका संचालकले वताए ।
खुलमखुल्ला यसरी हुन्डीको कारोबार हुने क्रममा गत बर्ष दुई कारोबारीबीच विवाद हुँदा घटना अपराध महाशाखासम्म पुगेको थियो । तर त्यो समयदेखि महाशाखाले खुद्रे कारोबारीलाई समातेर प्रचार गरे पनी ठूला कारोबारीसम्म भने पुग्न सकेको छैन ।
अवैध हुण्डी नियन्त्रणका लागि राष्ट्र बैंकले मातहतका निकायमा पत्राचार गरेको पनि थियो तर त्यसको कार्यान्वयन हुन सकेको छैन । राज्यले प्रतिबन्ध लगाए पनि प्रहरी, प्रशासन र केही कारोबारीको मिलेमतोमा नेपालमा खुलेआम हुण्डी कारोबार चलिरहेको छ । अस्ट्रेलियाबाट मात्र हरेक दिन १० करोड भन्दा बढी रूपैया हुण्डीमार्फत् नेपाल आउने गरेको स्रोत वताउँछ ।
अस्ट्रेलियामा एउटा समूहले पैसा उठाउने गर्दछ भने अर्को समुहले त्यसलाई हङकङ पठाउने र तेस्रोे समूहले नेपालमा पैसा दिने गरेको पाइएको छ । खातावाल फरक–फरक देखिने गरेर गिरोहले कारोबार गर्दै आएको छ ।
नेपालमा कमाएको ‘कालो धन’ लाई सुरक्षित पार्ने एउटा माध्यम हुन्डी बनेको छ । हुण्डीमार्फत् पैसा पठाउने र छोरी छोरीका नाममा घर र ब्यवसाय किनेर आफ्नो भविष्य सुरक्षित पार्ने काममा पनि हुण्डीले साथ दिएको छ ।
नेपालबाट हुण्डीमार्फत् पठाएको पैसा बैंकमार्फत नेपाल फर्काएर छोराछोरीले कमाएको भन्दै बैध बनाउने अर्को धन्दा पनि चलेको छ । अवैध रुपमा नेपालबाट भारत, अष्ट्रेलिया, दक्षिण कोरिया र खाडी मुलुकमा बढी मात्रामा हुण्डीमार्फत कारोबार हुने गरेको प्रहरीको भनाइ छ ।
रेमिन्ट्यान्सले चलेको मुलुकमा करिब साठी प्रतिशत मात्र रकम राज्यको कानुनी निकायबाट स्वदेश भित्रिने गर्छ । बाँकी चालीस प्रतिशत हुण्डीबाट भित्रिने गरेको छ ।
उनले बयानमा नेपाल प्रहरीका उच्चपदस्थ अधिकारीसँग मिलेर हुन्डी र सुनको तस्करी गरेको बयानमा भनेका छन् । नेपाल प्रहरीका तत्कालीन एआइजीद्वय हेमन्त पाल र रमेशशेखर बज्राचार्यसँग सेटिङ गरी उनले सुनदेखि हुन्डीको कारोबार गरेको बयान दिएका छन् ।
सुनतस्करीभन्दा पनि विदेशी मुद्रा हुन्डीबाट बाहिरिंदा देशको अर्थतन्त्रलाई ठूलो नोक्सान पुग्छ । नेपालमा हुन्डी कारोबार प्रहरीकै संरक्षणमा हुने गरेको रहस्य त पोद्दारले नै खोलिदिएका छन् । हुन्डीको जालो हङकङ, खाडी मुलुक, दक्षिणकोरिया, मलेसिया, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा फैलिएको छ ।
यसैक्रममा अष्ट्रेलियाबाट हुन्डी कारोबार हुने गरेको एक तथ्य फेला परेको छ । भाइबर, फेसबुक, इमोजस्ता सामाजिक संजाल प्रयोग गरी अष्ट्रेलियाबाट हुन्डी कारोबार हुँदैआएको छ ।
अबैध हुण्डीको कारोबार गर्ने व्यापारी बिरुद्ध प्रहरीले अप्रेशन चलाए पनि ठुला कारोबारीसम्म भने प्रहरी पुग्न नसक्दा कारोबार मौलाउने क्रम बढेको छ । अस्ट्रेलियामा हुण्डीको नाममा फेसबुक, भाईबर र इमोमार्फत प्रचार गर्न गिरोहले अभियान नै चलाएको छ । यसरी प्रचार गर्ने गिरोहमा एजुकेशन कन्सल्टेन्सीहरु संलग्न रहेको तथ्य भेटिएको छ । उनीहरुले माथि हुन्डीको रेट राखेर तल कन्सल्टेन्सीको बिज्ञापन गर्ने गरेका छन् ।
तारा एजुकेशन कन्सल्टेन्सी ग्रुपको नामबाट दीपेन्द्र कार्कीले हुन्डीको रेट नै राखेर प्रचार गरेका छन् । उनले नेपालमा लोकराज निउरे, रामप्रसाद सापकोटा, सिता सापकोटा र भुपराज न्यौपानेलगायतबाट कारोबार गरेको स्रोतले बतायो ।
यो गिरोहले अपराध महाशाखाका प्रहरीलाई मिलाएर कारोबार गरेको हुँदा आफूहरुलाई कसैले पनि केही गर्न नसक्ने बताउने गरेको एक ट्राभल्सका संचालकले वताए ।
खुलमखुल्ला यसरी हुन्डीको कारोबार हुने क्रममा गत बर्ष दुई कारोबारीबीच विवाद हुँदा घटना अपराध महाशाखासम्म पुगेको थियो । तर त्यो समयदेखि महाशाखाले खुद्रे कारोबारीलाई समातेर प्रचार गरे पनी ठूला कारोबारीसम्म भने पुग्न सकेको छैन ।
अवैध हुण्डी नियन्त्रणका लागि राष्ट्र बैंकले मातहतका निकायमा पत्राचार गरेको पनि थियो तर त्यसको कार्यान्वयन हुन सकेको छैन । राज्यले प्रतिबन्ध लगाए पनि प्रहरी, प्रशासन र केही कारोबारीको मिलेमतोमा नेपालमा खुलेआम हुण्डी कारोबार चलिरहेको छ ।
अस्ट्रेलियाबाट मात्र हरेक दिन १० करोड भन्दा बढी रूपैया हुण्डीमार्फत् नेपाल आउने गरेको स्रोत वताउँछ । अस्ट्रेलियामा एउटा समूहले पैसा उठाउने गर्दछ भने अर्को समुहले त्यसलाई हङकङ पठाउने र तेस्रोे समूहले नेपालमा पैसा दिने गरेको पाइएको छ । खातावाल फरक–फरक देखिने गरेर गिरोहले कारोबार गर्दै आएको छ ।
नेपालमा कमाएको ‘कालो धन’ लाई सुरक्षित पार्ने एउटा माध्यम हुन्डी बनेको छ । हुण्डीमार्फत् पैसा पठाउने र छोरी छोरीका नाममा घर र ब्यवसाय किनेर आफ्नो भविष्य सुरक्षित पार्ने काममा पनि हुण्डीले साथ दिएको छ ।
नेपालबाट हुण्डीमार्फत् पठाएको पैसा बैंकमार्फत नेपाल फर्काएर छोराछोरीले कमाएको भन्दै बैध बनाउने अर्को धन्दा पनि चलेको छ । अवैध रुपमा नेपालबाट भारत, अष्ट्रेलिया, दक्षिण कोरिया र खाडी मुलुकमा बढी मात्रामा हुण्डीमार्फत कारोबार हुने गरेको प्रहरीको भनाइ छ ।
रेमिन्ट्यान्सले चलेको मुलुकमा करिब साठी प्रतिशत मात्र रकम राज्यको कानुनी निकायबाट स्वदेश भित्रिने गर्छ । बाँकी चालीस प्रतिशत हुण्डीबाट भित्रिने गरेको छ ।नयाँपेजबाट