कान्ति अस्पतालको बेहाल : ५ महिने शिशुलाई हचुवामा क्यान्सरको उपचार



हाम्रो इकोनोमि

 

रूपन्देहीकी कौशिल्यादेवी यादवको ५ महिनाका छोरा अभिशेज्ञ यादवको पेट अस्वभाविक रूपमा फुल्यो । बुवा अनुरोध यादव र आमा कौशिल्या भएर छोरालाई रूपन्देहीको अस्पतालमा लगे । अस्पतालले काठमाडौं रिफर गर्‍यो । यादव दम्पत्तिले छोरालाई तुरुन्त काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ल्याए ।

 

अभिशेज्ञलाई कान्ति बाल अस्पतालमा भर्ना गरेको एक साता पुगिसकेको छ । चिकित्सकहरूले अभिशेज्ञलाई क्यान्सर भएको आशंकामा आकस्मिक किमो मात्रै चलाइरहेका छन् । कान्ति बाल अस्पतालमा प्याथोलोजिस्ट चिकित्सक नहुँदा अस्पतालले अभिशेज्ञको रोग पत्ता लगाउन सकेको छैन ।

 

कान्ति अस्पतालमा प्याथोलोजिस्ट विशेषज्ञ चिकित्सक नभएकाले अभिशेज्ञको बोनम्यारो र बायोप्सी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल र भारतको अस्पतालमा रिपोर्ट पठाइएको उपचारमा संलग्न पेडियाट्रिक अंकोलोजिस्ट डा. विष्णुरथ गिरीले बताए ।

 

‘अस्पतालमा प्याथोलोजिस्ट चिकित्सक नहुँदा हामीलाई रोग पत्ता लगाउन गाह्रो भएको छ,’, डा. गिरीले लोकान्तरसँग भने, ‘लक्षणको आधारमा न्यरो ब्लास्टोमा वा विल्म्स ट्युमर हो कि भनेर आकस्मिक किमो मात्रै चढाएका छौं ।’

 

उनका अनुसार न्यरो ब्लास्टोमा भनेको मिर्गौलाको माथिल्लो भागमा हुने क्यान्सर हो भने विल्म्स ट्युमर मिर्गौलामा हुने क्यान्सर हो । दुवै क्यान्सरको उपचार विधि फरक भएको र कुन क्यान्सर हो भन्ने पत्ता नलागेकोले आकस्मिक किमो दिएर राखिएको गिरीको भनाइ छ ।

 

पाँच महिनाका अभिशेज्ञ एकसातादेखि कान्ति बाल अस्पतालको शय्यामा छट्पटाइरहेका छन् । उनको रिपोर्ट आउन दशदेखि बाह्र दिनसम्म लाग्ने भएकाले चिकित्सकले रोग अनुसारको उपचार शुरू गर्न सकेका छैनन् ।

 

कान्ति बाल अस्पतालमै प्याथोलोजिस्ट विशेषज्ञ चिकित्सक भएको भए अभिशेज्ञको रोग पत्ता लगाउन १२ दिनको समय कुर्नुपर्ने थिएन । तर प्याथोलोजिस्  नहुँदा अभिशेज्ञको रोग अझै पत्ता लागेको छैन ।

 

प्याथोलोजिस्टको दरबन्दी ५ वर्षदेखि खाली

कान्ति बाल अस्पतालमा प्याथोलोजिस्ट चिकित्सकमा ३ जनाको दरबन्दी रहेको छ । तर उक्त दरबन्दी ५ वर्ष अघिदेखि रिक्त छ ।

 

प्याथोलोजिष्ट विशेषज्ञ चिकित्सक नहुँदा कान्ति बाल अस्पतालको ल्याब ल्याव टेक्निसियनको भरमा सञ्चालित छ ।  ल्याब टेक्निसियनहरूको काम रगत, ट्युमर परीक्षण गरी रिपोर्ट प्रिन्टको काम गर्छन् ।

 

टेक्निसियनहरूले रिपोटअनुसार जटिल रोगहरू पत्ता लगाउन सक्दैनन् । प्याथोलोजिस्ट चिकित्सकले रिपोर्ट हेरेर रोग पत्ता लगाउँनछन् र सम्बन्धित रोगका चिकित्सकले रोग अनुसारको उपचार गर्छ । अस्पतालमा प्याथोलोजिस्ट विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालले सामान्य रोगको परीक्षणदेखि क्यान्सर ट्युमरजस्ता जटिल रोगको परीक्षणका लागि टिचिङ, टेकुलगायतका निजी अस्पतालमा पठाउने गरेको छ ।

 

बालबालिकाको मात्रै उपचार हुने केन्द्रीय अस्पतालमा नै प्याथोलोजिस्ट विशेषज्ञ चिकित्सक नहुँदा समयमै अस्पताल पुगेका बिरामीले समयमै उपचार सेवा पाउन सकेका छैनन् ।

 

कान्ति बाल अस्पतालका निर्देशक डा. गणेश राईले प्याथोलोजिस्ट विशेषज्ञ चिकित्सक नहँुदा समस्या भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटक–पटक ताकेता गर्दा पनि पदपूर्ति नभएको गुनासो गरे । बारम्बार आश्वासन मात्र पाएको उनको भनाइ छ ।

 

‘प्याथोलोजिस्ट चिकित्सक नहुँदा हामीलाई धेरै समस्या परेको छ, त्यसैले मैले स्वास्थ्य मन्त्रालयसँग पटक–पटक चिकित्सक माग गर्दै आएको छु, मन्त्रालयले छिट्टै प्याथोलोजिस्ट चिकित्सकको पदपूर्ति गरिदिने आश्वासवन दिएको छ,’ निर्देशक डा. राईले  भने, ‘मन्त्रालयबाट प्याथोलोजिस्ट चिकित्सक आउनेबित्तिकै हामीले ल्याबबाट हुने सेवा सहजरूपमा दिन सक्छौं ।’लोकान्तरबाट

प्रतिक्रिया दिनुहोस
३३ अंक घट्यो सेयर बजार

    अघिल्लो कारोबार दिन ७.९० अंक बढेको सेयर बजार सोमबार ३३.२८ अंक...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...