ओली सरकारमा मन्त्रीभन्दा शक्तिशाली चार सचिव ! जो प्रधानमन्त्रीको बेडरुममा पुग्छन्
नेपाली कांग्रेसका नेता बलदेव शर्मा मजगैयाँ जलस्रोत तथा सिचाईमन्त्री भएको चार पहिलनापछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सुटुक्क सचिव परिवर्तन गरे । मन्त्रीहरुसँग सल्लाह नै नगरी सचिव परिर्वतन गर्दा मजगैयाँ समस्यामा परे ।
तत्कालै बालुवाटार पुगेर मजगैयाँले भने ‘प्रधानमन्त्रीज्यू तपाईले पठाएको सचिवसँग काम गर्न सक्ँिदन, कि सचिव परिर्वतन गरिदिनुहोस नभए मेरो राजीनामा स्वीकृत गरिदिनोस् ।’
२०५८ सालमा गिरिजाप्रसाद कोइरालाको ठाडो प्रस्तावमा जलस्रोत तथा सिचाई मन्त्रालयको सचिव हुन पुगेका थिए–चर्चित पात्र लोकमानसिंह कार्की । हो तिनै कार्कीसँग तत्कालिन मन्त्री मजगैयाँले काम काम गर्न मानेन् । तर, कोइरालाले फिर्ता बोलाउन पनि चाहेनन् । मजगैयाँले पनि ‘कि सचिव फेरिदेउ नभए मेरो राजीनामा स्वीकृत गरिदेउ’ भन्दै गृहजिल्ला दाङतिर लागे ।
जननिर्वाचित प्रतिनिधि मजगैया दाङबाट काठमाडौं फर्किदा मन्त्री रहेनन् । तर कार्की भने जलस्रोत तथा सिचाई मन्त्रालयको सचिव पदमा विराजमान भइरहे । कोइराला आफ्नै पार्टीका मन्त्रीलाई हटाउन तयार भए तर सचिव परिर्वतन गर्न तयार भएनन् । निकम्वा मन्त्री बन्नुभन्दा राजीनामा दिनु बेस ठानेर मजगैयाँले बालुवाटारमा राजीनामा बुझाएका थिए ।
को को छन नेकपामा वेरोजगार नेताहरु
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सत्ता हाँकेको ९ महिना नाघिसकेको छ । ९ महिना १ हप्ताको अवधिमा सरकारले सिन्कोसम्म भाँचेन । आश्वासनका खोला बगाएको छ । चन्द्रमामा भर्याङ हाल्ने योजना प्रधानमन्त्री केपी शर्मा ओलीले सुनाएका छन् ।
तर उनले विद्यमान समस्या समाधानका लागि दर्जनौं निर्देशन दिनानुदिन दिन्छन् तर काम हुन्न । उनी आफू नै सबै काम गर्छु भनेर अनुगमन गरिरहेका छन् एपमार्फत ।
तीतो यथार्थ के हो भने उनी आफू सकुन्जेल दैनिक १८ घण्टा भाषण गर्दै हिंडे । बाहिर जान नसक्ने भएपछि अब प्रधानमन्त्री निवासमै बसेर एप खोले ।
केटाकेटीको खेल जस्तै भइरहेछ अहिलेको सरकारको गतिविधि । यतिसम्मकी उनले आफ्नै पार्टीका नेताहरुलाई विश्वासमा लिन सकेका छैनन् । उनीहरुलाई पार्टीदेखि सत्ता सञ्चालनसम्मको कुनै पनि काम दिन सकेका छैनन् ।
वेरोगगार भएपछि अहिले विष्फोट भइरहेको छ । नेकपाका नेताहरु छट्पटाएका छन् । काम नपाएर विद्रोहको अवस्थामा पुगेका छन् ।
केही दिनअघि नेकपाका २१ केन्द्रीय सदस्यले काम नपाएको भन्दै ज्ञापन पत्र नै पार्टीलाई बुझाए । केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरे ।
त्यसपछि पनि केही भएको छैन । ओली र अर्का पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो मुद्दाप्रति वास्ता नै गरेनन् र वेरोजगारहरु झन् एक्लिने अवस्था पुगेको छ ।
वामदेवले थापे काँध
२१ जना सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले भने साथ दिएका छन् । बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय बैठकमा नेता गौतमले केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका हुन् ।
गत बुधबार २१ जना केन्द्रीय सदस्यले पार्टी र सरकारको आलोचना गर्दै केन्द्रीय कमिटीको बैठक बोलाउन र पोलिटब्यूरो गठनपछि मात्रै केन्द्रीय सदस्यहरुको जिम्मेवारी तथा कार्य विभाजन तोक्न महासचिव विष्णुप्रसाद पौडेलमार्फत अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए ।
सचिवालय बैठकमा ती केन्द्रीय सदस्यले उठाएका माग पन्छाउँदै पहिले पोलिटब्यूरो गठन कि केन्द्रीय सदस्यको कार्य विभाजन भन्नेमा शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
त्यस क्रममा नेता गौतमले केन्द्रीय सदस्यका माग जायज रहेकाले ती मागउपर सचिवालय बैठकमा छलफल हुनुपर्ने अडान राखेका थिए ।
विना काम के को अरिंगाल
कुनै पनि जीवलाई अस्तित्वमा रहन काम गर्नुपर्छ । प्रकृतिसंग घुलमिल हुनुपर्छ । तर कामविहीन र मेहनतविहीन भएपछि त्यो स्वत बिलाएर जान्छ । डाइनोसर जस्तो जीव त अस्तित्वमा रहन सकेन भने अरुको के कुरा ।
पार्टी एकीकरण केन्द्रमा भयो । जनप्रतिनिधि भागबण्डामा भयो । तर त्यसबाहेक नेकपामा केही हुन सकेन । भाका सरेको सर्यै छ । अस्तित्वमा रहनका लागि शीर्ष नेताहरु संघर्षरत छन् । शक्ति हत्याउने प्रयासमा छन् । त्यसैले त उनीहरु सजिलै एकीकरण गर्न मानिरहेका छैनन् ।
बस् अध्यक्ष ओली नेता तथा कार्यकर्तालाई अरिंगाल बन्न आग्रह गरिरहेका छन् । अरिंगाल अर्थात् कुनै विपक्षी आयो भने डसिहाल्ने । टोकिहाल्ने र त्यसलाई निस्तेज पार्ने ।
प्रश्न यहाँनेर छ – अरिंगाल पनि पहिले अस्तित्वमा रहनु पर्यो । उसले पनि उड्न पखेटा चलाउन पाउनु पर्यो । त्यस्तै भएका छन् नेकपाका नेताहरु । संघीय सांसद एवं केन्द्रीय सदस्यहरुले त बिजनेस काम पाएका छैनन् भने अरुको हालत के होला ।
अरिंगाल अब विपक्षीतिर हैन स्थायित्व र अस्तित्वमा रहनका लागि आफ्नै नेतातिर खनिएका छन् । अहिले त सचेतमात्र गरिरहेका छन् । भोलिका दिनमा नटोक्लान् भन्न सकिन्न ।
यसको सुरुवात वरिष्ठ नेता माधवकुमार नेपालले गरेका थिए । तिनै नेपाल निकटहरुको बाहुल्य २१ जनाभित्र छ । यो सुरुवात मात्र हो ।
तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली उस्ताउस्तै देखिएको छ । गत बुधवार र विहीबार आफ्नै सरकारकामन्त्रीहरुलाई निकम्वा सावित गर्दै सचिवबाट ब्रिफिङ लिने चलनको ओलीले सुरुवात गरेका छन् । प्रत्यक्ष प्रधानमन्त्रीसँग ब्रिफिङ गर्न सचिवहरुले आफ्ना मन्त्रीहरुलाई टेर्न छोडेका छन् । सचिवले नै टेर्न छोडेपछि मन्त्रीहरु निरह बनेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया, गृहसचिव प्रेमकुमार राई ओली सरकारका शक्तिशाली सचिव बनेका छन् ।
उनीहरु प्रधानमन्त्री ओलीको बेडरुमसम्म पुग्ने औकात राख्छन् । मन्त्रालायको व्रिफिङ प्रधानमन्त्रीले मन्त्रीबाट सुन्दैनन्, सचिवबाट सुन्ने गरेका छन् । गिरिजाप्रसाद कोइराला जस्तै ओलीले पनि जननिर्वाचित प्रतिनिधिहरुलाई निकम्वा बनाउँदै छन् ।
प्रधानमन्त्री ओली कम्यूनिष्ट पार्टीका इतिहाँस हुन् । तरपनि कहिले काँही उनीको रुचि जातिय मोर्चामा पर्ने गर्दछ । त्यही मोर्चा मध्येको एक हो ‘ओली समाज’ । ओली समाजको कार्यक्रम सरकारी बजेटमै बालुवाटारमा सम्पन्न पनि गरिसकेका छन् । ओली समाजका महासचिव हुन्–वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली ।
ओली बंशावलीका सचिव विश्वनाथका अगाडी मन्त्री शक्तिबहादुर बस्नेत निकम्वा सावित भएका छन् । ‘मन्त्रीज्यूले जे काम गर्न खोज्नुहुन्छ, सचिवले प्रधानमन्त्रीको निर्देशन भन्दै रोक्नुहुन्छ’ मन्त्री बस्नेतका एक स्वकीय सचिवले भने ‘मन्त्रीभन्दा सचिव शक्तिशाली बनेका छन् ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीलाई थाहा नै नदिई कतिपय निर्णय प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदबाट गराउने गरेका छन् । बायुसेवा निगमको कार्यकारी निर्देशकमा मदन खरेललाई नियुक्त गर्दा विभागीयमन्त्री अधिकारी भने बेखवर थिए । सचिवसँगको मरामर्समा प्रधानमन्त्री ओलीले खरेललाई नियुक्त गरेका हुन् ।